सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
देशले असह्य पीडा भोगिरहँदा
म आफ्नै घरमा लेटिरहेछु
संसारै बन्दाबन्दीमा परेपछि
मनमनै म आफन्तहरू भेटिरहेछु
समानुभूतिका दु:ख स्वीकार्दै
भोलिको खुसी म सोचिरहेछु
यो बिघ्नबाट छुट्कारा पाउन
म एउटा बुद्ध खोजिरहेछु
चलेन जोर यहाँ विज्ञानको पनि
आ-आफूमा सन्त्रास खेपिरहेछु
थियो यो कहाँ र? फैलियो कसरी र?
अन्त्य म यसकाे पर्खिरहेछु
दैनिकी पुरानो म दोहोराउनलाई
अकाटय सत्य बेहोरिरहेछु
किनारा पाउन यो प्रलयबाट
म एउटा बुद्ध खोजिरहेछु।।
(प्रणव कोइराला ललितपुर, जावलाखेलस्थित डिएभि स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com