कविता
लग्यौ कहिले जमिन हल्लाई,
कहिले अनायासमै
कहिले बाढीपहिरो सँगै,
कहिले आकाशमै
कति लान्छौ यसैगरी सारा,
धर्ती साम्य गरी
फेरि डाक्यौ गए कति,
भूमरीमा परि
रोगको यो प्रकोप बन्दै
आयौ, संसार हल्लाई
के धनी के गरिब सबै
छोड्छौ भन कल्लाइ
किन यस्तो कठोर भई
लान्छौ तानि तानि
किन दियौ भन जन्म
जबरजस्ती भए लानि
अब रोक यो प्रकोप ,
रोक खेल सारा
फेरि ल्याऊ चन्द्रज्योति
गगनभरि जुनतारा
अब रोक यो प्रकोप ,
रोक खेल सारा
फेरि ल्याऊ चन्द्रज्योति
गगनभरि जुनतारा ।।