कविता
तिमीले ९ महिना कष्ट सहेर मलाई हेरी कोखमा
मुस्कुराएको कुरा बिर्सिएको छैन आमा!
म जन्मदा तिम्राे झरेका खुसीका ढिक्काहरू
कहाँ बिर्सन सक्छु र आमा!
एक चम्चा आफू खाई १० चम्चा मेराे मुखमा
लगाएकी गुन कुनै कम छैन आमा!
हाहा हाहा लैलै लैलै गाउँदै कहिले तिम्राे काख
कहिले छातीमा निदाएकाे अझै याद
छ आमा !!!!
दिन र रात छोडी मेरै लागि रमाइ रमाइ काम
गर्यौ त्यसमा माया छैन र आमा!
म हाँस्दा या रूँदा सधैं साथ हुन्छौ: माया
के हाे तिमीले नै सिकायौ हैन र आमा ?
कसैले दिएको एक पोका चाउचाउ पनि मेरै मुखमा
पार्न खोज्थ्यौ तिमी जस्तो अरू कहाँ हुन्थ्यो
र आमा !
त्यसैले त तिमी रहने ठाउँ मन्दिर सरह छ;तिमी
जस्ती प्यारी अरू को हुन्थ्यो र आमा!!!!
तिम्रो मुटुको धड्कन थिए म;कसैले सानो गाली
दिए पनि चस्स तिमीलाई घोच्थ्यो हैन र आमा!
आफूले लगाएकी सिंगार पनि बेचेर मेरो लक्ष्य
पूरा गर्छु भन्ने यति हिम्मत कसको हुन्थ्यो
र आमा!
तिमीले खुवाएकी नुन र तेलको पैंचोमा नि
अत: सत्यता ; संसार किन्न नसकुला म!
त्यसैले वचन भयो अब मेरो हात र मेरो साथ
सदैव तिम्रा लागि हुनेछ!! जहाँ जहाँ
तिमी हुन्छौ मेरी आमा !!!