कोही छैन जेठो यहाँ छैन माइलो कान्छो
सबै हामी मजदूर ज्यामी चिसै छ भान्सो ।।
तप तप पानी चुहिन्छ अँगेनामा हाम्रो
आवाज कसले सुनिदिन्छ भन साथी हाम्रो ।।
बास छैन गाँस छैन ढुंगा सिरानीमा
उदाउला नयाँ सूर्य हाम्रो बिहानीमा ।।
मजदूर मुक्ति गर्छु भन्ने अनेक थरी रूप
मजदूरलाई लडाउँछ छुट्टाछुट्टै गुट ।।
भाषण र दस्तावेजमा इतिहासका गाथा
समाधान किन हुन्न वर्तमानका व्यथा ।।
समानताको गीत गाउन दब्ने हामी किन
सचेत भई अघि बढौं आफ्नो हक लिन ।।