कविता
रमिते झैं तिमी दुरदराज देखि दुनियाँ निहाल्दै
कत्रो योजना बुनि सुटुक्क निस्केछौ यात्रा गर्न नै
एक दुई तीन होइन लाखौ मानवमा राज गर्दै
डढेलो सरी फैलँदै छौ सारा विश्व भयो अचम्मै ।
अदृश्य छ रूप तिम्रो फेरिँदै छ लक्षण पनि दिनकै
रुघा,मर्की,ज्वरो लगाई सास नै अठ्याउने कतै
झाडा,बान्ता,अचेत बनाउँदै लक्षण विहीन कतै
जमायौ रगत खोस्यौ प्राण चिन्नु पर्ने दुर्विनले नै ।
जहाज बिना नै यात्रा गर्यौ युरोप अमेरिका सबै
ठप्प बनाई सारा विश्व नै विश्राम दियौ सबलाई
छैन थकान अलि पनि तिमीमा अझै बढ्दै बढ्दै
त्राही त्राही गरायौ मानवमा कुनै हतियार बिना नै ।
लाश माथि लाश थोपरी आजित बनायौ डाक्टर नै
व्यस्त भए वैज्ञानिक आज परास्त गर्न तिमीलाई नै
कोर्यौ इतिहास नौलो जगतमा नमेटिने गरी कहिल्यै
कोरोनाभाइरस रहन गयो कोभिड १९ नाम तिम्रो नै ।