कथाको सुरुआत भइसकेको थियो, उनको र मेरो प्रेमको। हामी दुवै जना एसइई परीक्षाको तयारीमा घरमै बसेका थियौँ। आफूले सजाएका उज्वल भविष्यका सपना साकारका लागि दुवै जना फोनको स्विच अफ गरेर पढाईमा मात्र ध्यान दिने वाचा गरेका थियौँ।
तर अचानक कोरोनाको माहमारी फैलिने डरले एइई परीक्षा स्थगित भएको समाचार सुन्दा मैले पुनः आफ्नो मोबाइल फोन अन गरेँ। धेरै दिनपछि उनको आवाज फोनमा सुन्दा कता-कता मन थाम्न सकेन। उनलाई भेट्ने तृष्णा तीव्र भयो।
परीक्षापूर्व हामीले भेट नगर्ने वाचालाई तोड्दै एक पटकको लागि मात्र भएपनि उनलाई भेट्न गएँ। सेतो सुरुवाल कुर्तामा सजिएर आएकी उनी हरियो जंगलको बीचमा साच्चिकै परीभन्दा कम थिइनन्। फेरि केही दिनको लागि फोनमा भेट गरिराख्ने बाचा गर्दै घर फर्किएँ।
सुनसान जंगलमा ढुकुरले कराएको आवाजले फेरि उनीतिर फर्केर जाउ भन्ने सन्देश दिइरहेको महशुस हुन्थ्यो। टन्टलापुर गर्मीको कारण पातमुनि बसिरहेका चराहरुलाई कुरा गरेको देख्दा ती चराहरु झैँ उनका काखमा रमाइ-रमाइ दिन बिताउन कल्पना गर्दै घर गएँ।
घर पुग्दा उनकै यादमा तड्पेको थिए। तर उनीसित देखेको उज्वल भविष्यको सपनाले मलाई उही सेता पानामा लेखिएका अक्षरहरु तिर आँखा दौडाउन प्रोत्साहित गरिरहन्थ्यो। यद्यपी मेरा आँखाहरु किताबभन्दा पनि घरि-घरि फोन तिरै दौडिन्थ्ये। मनलाई कठोर बनाउन फेरि उनीसित देखेको सपनालाई याद गर्थे।
उनीसितको अन्तिम भेट भएको दुई दिनमात्र बितेको थियो। अचानक कोरोना माहामारीको कारण सरकारले एक हप्ताको लागि लकडाउनको घोषणा गर्यो। अब उनीसित प्रत्यक्ष भेट हुनसक्ने कुनै मौकानै थिएन।
कर्णाली नदिमा प्रहरीको गस्ती तैनाथ भइसकेका थिए भने घाटको डुङ्गा समेत बन्द भइसकेका थिए। उनलाई भेट्न यही फोनकै साहारा। आफू लगायत सम्पूर्ण परिवार सन्चै भएको सुनाइन्, मनमा चलेका आँधिबेहरी शिथिल भए।
लकडाउनको कारणले आफ्नै कोठामा थुनिएर उनीसित बिताएका पलहरुको तस्बिर नियाल्दै मनलाई खुसी बनाउन थालेँ। उनको यादमा दिनहरु बितेको थाहै पाइदैन्थ्यो। आज कति गते? के बार? भन्ने कुरा मनबाट टाढा भइसकेका थिए।
आमा-बुबा वा अरु कोही कोठामा आउदा कोरोनाको कारणले उहाँहरुलाई भगाउने बाहना मिलेको थियो। एक/दुई दिन त फोन भयो। एक हप्तापछि लकडाउन खुलेमा हामी फेरि भेट गर्ने योजना बनाइसकेका थियो। तर लकडाउनको समय फेरि आठ दिनको लागि थप भएको समाचारले मनमा कता कता अत्यास लाग्यो।
उनलाई फोन गरुभन्दा फोनमा ब्यालेन्स सकिसकेको थियो। परिस्थिति प्रतिकुल भएको कारणले गर्दा गाँउमा पाइने रिचार्जकार्ड पनि सकिसकेका थिए। अर्कै गाँउमा जाँउ भने गाँउका सीमाहरुमा लगाएका काठ तथा बाँसका पर्खालहरुले जान अनुमति दिएका थिएनन्।
अन्य साथी तथा मेरा छिमेकीका फोनहरुको हालत पनि मेरै फोन जस्तै थियो। रातपछि दिन र दिनपछि रातको क्रम जारी नै थियो तर मेरा मनका छट्पटाहट कहिले कम भएन। सायद मेरो जस्तो हालत उनको पनि थियो होला।
संसारभरी फैलिएको कोरोना माहामारीको रुप लिदै थियो। लकडाउन खुल्नुभन्दा झनझन् लम्बिने संकेत देखिन्थ्यो। कहिलेकाँही त लाग्थ्यो लकडाउन तोडेर कर्णालीमा हाम फालेर पनि उनलाई भेट्न जाँउ तर उनलाई खुसी राख्ने भविष्यको उज्वल सपनाले मलाई धैर्य गर्न रोकिरहेको थियो।
फेरि उही सुनौलो भविष्यको कल्पनाले आफ्नो मनलाई सम्झाउँदै पुनः हामीले बिताएका पलहरुको तस्विर मोबाइलमा हेर्दै मनलाई खुसी बनाउँथे।
लगभग एक महिनापछि मात्र सरकारले लकडाउन स्थगित गरेपछि सबैभन्दा पहिले बजारमा गएर रिचार्ज किने। उनलाई तत्काल फोन लगाए तर उनको फोन स्विचअफ गरिएको थियो। पुनः मेरा औँलाहरु बारम्बार उही मोबाइल स्क्रिनका नम्बरमा छुन थाले।
मेरो लाखौँ प्रयासमा पनि उही एउटै वाक्य 'तपाईले सम्पर्क गर्नु भएको मोबाइल फोन स्विच अफ गरिएको छ...' मात्र आवाज आउन्थ्यो। मन घबराउन थाल्यो। मनमा उब्जेका नराम्रा सोचहरूले रातभरी निदाउन दिएन।
धेरै दिनपछि संसारको लागि उदाएको सूर्यको सुनौलो किरणमा पनि सुन्दरता देखिदैनथ्यो। कोरोनाको कारणले बन्द भएको बाहिरी संसार अझै मन्द नै देखिन्थ्यो। मानिसहरू अझै पनि डराए झैँ। मेरो उही चौबिस इन्चको थोत्रो एटलस साइलक लिएर उनको गाँउमा गए।
मनको ढुकढुकी बढ्दै थियो जब उनको घर नजिक पुग्दै थिए। टाढाबाट उनको घर सुनसान देखिन्थ्यो। एक जना बुढी हजुरआमा मात्र घरको दैलामा बसिरहेकी थिइन्। उहाँलाई हाम्रो प्रेमको बारेमा केही थाहा थिएन।
उहाँको लागि म बिल्कुलै अपरिचित थिए। सायद कोरोनाको त्रासले गर्दा उहाँले मलाई त्यहाँबाट गइहाल्ने आग्रह गर्नुभयो। तर म उहाँलाई आफ्नो परिचय दिदै उनको बारे सोधिहाले। बुढी आमाको ति निला झिल्ली परेका आँखा रसाउन थाले।
मन थाम्न सकिन जब उहाँले उनी कोरोनाको संक्रमणले एक हप्ता पहिले नै अस्पतालमा आफ्नो अन्तिम सास लिएको कुरा सुनाउनु भयो। सोही रोगले आफ्नो छोरा तथा बुहारीलाई समेत नछोडेको र हाल उहाँहरू अस्पतालको बेडमा जीवन र मृत्यु सित लडिरहेको काहली लाग्दो अवस्था, नातिनीको बदलामा यो रोगले आफूलाई लगिदिएको भए हुन्थ्यो भन्दै उनको अन्तिम साससम्म पनि उनलाई भेट्न नपाएको,
उनको छातीमा आफ्नो टाउको राखेर रुन नपाएको, उनलाई कुन ठाँउमा गाडिएको वा फालेको थाहा नभएको कुराले…। मैले उनको चिहान समेत हेर्न पाइन। त्यस दिनदेखि यो मेरो अमूल्य जीवन मुल्यहीन शुन्य झैँ भयो।
एकअर्कालाई प्रेम गरिराख्ने तर आत्मनिर्भर पश्चात मात्र हामीले आफ्नो सुन्दर संसार निर्माण गर्ने हाम्रो सपना उही कोरोनाले अन्त्य गरिदियो। मेरो जीवनको लक्ष्य उनीसित सुरु हुन्थ्यो तर आज उनी हराएझैँ हराएर गयो।
यो काहनी जस्तै हाम्रो जीवन नहोस्, हाम्रा मिठा सपना तथा उज्यालो भविष्य कोरोनाको कारणले अन्त्य नहोस्। त्यसैले हामी सबै जना घरमै सुरुक्षित बसौँ। यसको पक्कैपनि अन्तय हुन्छ, आशावादी बनौँ। पशुपतिनाथले सबको रक्षा गरुन्।