सरकारले लकडाउन आह्वान गरेदेखि एक हप्ता पनि धित मर्नेगरी सुत्न पाइएको छैन्। बिहान साढे ६ बजे नै '७ बजेबाट फलानो अनलाइन क्लास' भनेर नोटिफिकेसन आउँछ।
सरले पनि बदमासी पत्ता लाएर होला आजकल क्लासमा क्यामरा खोलेर बस्न लाउँछन्। अनि त झन उठ्नै पर्यो। दिउँसो अफिसको काम पनि लगभग उस्तै। फेसबुकमा कामै छैन भनेर पोस्टयाउने दिन अझै आएको छैन मेरो। साँच्चै भन्दा लकडाउनमा घर बसेर नि आनन्दले आराम गर्न पाइया छैन।
आज शनिबार धन्न क्लास छैन। वैशाखका दिनमा बिहानदेखि आँखै नचिम्ली पानी दर्केको दर्कै छ। ११ बजेसम्म ओछ्यानमा बसेर होला ज्यान पनि साह्रै अल्छी भएको छ। दिउँसै कोठाको पर्दा लाएर, साइडमा चिप्सको प्याकेटसँग फिल्म नहेरेको पनि धेरै दिन भएछ।
आज फिल्म हेर्न पर्यो भनेर नेटफ्लिकस खोले। धन्न एक जना दाइले एकाउन्ट सेयर गरे। नत्र यतिका दिन राम्रो फिल्म पनि हेर्न नपाइनेथ्यो। गुनै लाग्छ ति दाइलाई पनि।
किप्याड खुइले पनि साउन्ड गज्जब छ मेरो ल्यापटपको। चार्जमा राखेको ल्यापटपमा झिकेर नेटफ्लिकस खोलिहाले। सर्फ गर्ने बित्तिकै सुरुमै उसले हरिरहेको फिल्मको नाम देखियो- 'कबिर सिंह'। खुब चलेको फिल्म हो। मेरो लागि पनि यो फिल्म विशेष छ। फिल्मभन्दा पनि फिल्मसँगको मेरो कहानी मलाई खुब मनपर्छ।
मेरो प्रेम कहानीको फिल्म बन्छ बन्दैन, त्यो त म जान्दिन तर लेखेँ आलेख गज्जब बन्छ जस्तो लाग्यो। अनि त फिल्म हेर्न बसेको मान्छे कथा लेख्न थालेछु। कबिर सिंहः उनको र मेरो कथा।
उसलाई भर्खर-भर्खर चिनेको। फेसबुक म्यासेन्जरमा च्याट बाहेक प्रत्यक्ष भेटेको भनेको जम्मा जम्मी दुई पटक होला, त्यही पनि मुस्किलले। हुन त साहरूखको फिल्मी डाइलग जस्तो सुनिएला तर प्रत्येक पटक उसले अब जानु पर्लाभन्दा अझैँ एकछिन बस न भनेको छु, मनमनै।
मलाई यो भेट लामो बनाउन थियो। भेटको समय पनि लम्बियोस् अनि डेस्पेरेट पनि नसुनियोस् भनेर म उपाय सोच्दै थिए। त्यसताका कबिर सिंहको ट्रेलरले बजारमा धमाका मच्चाइसकेको थियो। बहुप्रतिक्षित फिल्म जो थियो।
आफू परियो साउथ इन्डियन मुभीको फ्यान। मैले अर्जुन रेड्डी करिब दुई वर्ष अगाडि नै हेरेको भएर होला मलाई खासै त्यस्तो कौतुहलता थिएन। उनले बोल्दाबोल्दै एक दिन कबिर सिंहको ट्रेलर पठाइन। यसो सोचे मलाई चाहिएको उपाय पनि उनैले दिइन्।
अनि त के चाहियो, उनलाई फिल्म हर्न जाने प्रस्ताव राखे। उनले पनि हुन्छ भनि हालिन। प्रस्ताव पारित भयो। प्रस्ताव पारित भएपछि ढुक्क हुने संसदमा मात्रै रैछ जस्तो लाग्यो। मलाई त त्यसपछि झन् छटपटी हुन थाल्यो। मेरो पहिलो मुभि डेट, एक मनले फुरूङ्ग परेको थिएँ अनि अर्को मनमा नर्भस।
मेरो अफिस नागपोखरी भएकाले मलाई क्युएफेक्स जय नेपाल नजिक पर्दथ्यो। अनलाइनबाट दिउँसो ३ बजेको सो को टिकट लिएको थिए। प्रायः पुग्नु पर्ने ठाउँमा अलि ढिलो पुग्ने म, त्यो दिन उनी आउनु अघि नै म पुगसकेको थिए !
भन्दा कसैले विश्वास गर्दैन होला तर मरो मनमा भने मुभि हेरुम कि आज भ्याइएन घर फर्किउँ भन्ने चलिरहेको थियो। मलाई सायद थाहा थियो, अर्जुन रेड्डीको चमक कबिर सिंहमा छैन भनेर। त्यतिबेलै उनको गोल्डेन कलरको स्कुटर गेट बाट छिरेको देखे , म नर्भस भइहाले।
म जब नर्भस हुन्छु मोबाइल निकालेर केही न केही चलाएर कुरा इग्नोर गर्न खोज्छु। उ आएको देखे पनि म उसलाई मैले बोलाउनु नपारोस् भन्नेमा थिए। पछि उनी आइन बोलाइन्। आफू सम्हालिन खोजेर रेस्पोन्स गरे। अनि हामी यतिक्कै भित्र छिर्यौँ।
साँच्चै भन्दा त्यो दिन म पहिलो पटक कोही केटीसँग फिल्म हेर्न आएको थिएँ। मलाई कसरी रियाक्ट गर्नुपर्छ भनेर थाहा नभएर होला अकमक्क परेको थिएँ। फुडस्टलमा स्नाक्स किनेर भित्र छिर्यौं। एक त सँगै बसेर मुभि हरेरिरहेको भएर उनले के सोचिरा होलिन् भन्नेमा कन्सर्न थिए अनि फेरि स्टोरी सबै थहा पाएर फिल्ममा कत्ति पनि चाख लागिरहेको थिएन।
वास्तवमा मलाई फ्लिम हेर्नुभन्दा पनि उनीसँग लामो समय बिताउनमा ध्यान थियो। त्यतिकै लागि मुभी हेर्ने प्रस्ताव गरेको थिए। लगभग ३ घन्टाको फ्लिमा म एक शब्द बोलिन। मैले आफ्नो नर्भसनेस लुकाउन अध्यारो हलमा समेत मोबाइल चलाउन थालेको थिए। मलाई उकुसमुकुस भइसकेको थियो। कहिले सक्किएला र म यो चक्करबाट बाहिर बसुला भनेर।
फिल्म सकियो, उनले सँगै खाजा खाने प्रस्ताव राखिन्। म त्यो सिचुएसनबाट उम्कन प्रयासरत भएकाले होला बहाना बनाएर आजलाई छुट्टिने कुरा मिलाए। फर्कदै गर्दा मनमा अनेकौं प्रश्न खेलेका थिए- म किन खुल्न सकिन?
यति समयदेखि कुरेको मोमेन्टमा पनि म किन रमाउन सकिन? म अहिले पनि अलमल्ल परेर सोच्दै छु मैले के गरे किन गरे भनेर।
यति लेखि भ्याएर कबिर सिंह हेर्नु अघि उनलाई मेसेज गरे 'बेबी, कबिर सिंह याद छ?' रिसाएको इमोजीसँगै उनले तुरुन्तै भनिन्- किन याद नहुनु नि तिमिले बिगारेको मुमेन्ट… एलओएलl