Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, भदौ १२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

भूकम्प

हरि देवकोटा

हरि देवकोटा

सन्तोष र ईश्वर मलाई भेट्न आए। सन्तोषसँग गत वर्ष अमेरिकामा पनि भेट हुन सकेको थिएन। उनको एन्फ्लुएन्जामा राम्रो विशेषज्ञता छ।

गत वर्ष पनि उनले नयाँ खोपको विकास गरेका थिए। मेसेन्जरमा लामो कुराकानी भएपछि उनलाई पनि नेपालमा केही गरौं भन्ने भएको रहेछ।

त्यो सपना हामीले सँगै कृषि फार्ममा लगानी गरेर पूरा गर्यौ। सन्तोष बाल्यकालदेखि नै कक्षामा अरुलाई पहिलो हुन दिदैँन थे।

हाल उनी जोह्न्स हप्किन्स विश्वविद्यालयमा वैज्ञानिक भएका छन्। ईश्वर पत्रकारिता गर्दागर्दै जापानमा भाइको मृत्यु भयो।

उनी दु:खको सागरमा डुबे। पछि ऋणधन व्यवस्थापनको लागि उनी पनि जापानतिर भासिए।

करिव ५/६ वर्ष जापान वस्दा बस्दै उनको पहलमा गाँउमा एम्वुलेन्स आयो। विद्यालयमा पढाई सहज होस् भन्ने हेतुले उनले इलाइब्रेरीको लागि काम गरेका छन्।

उनकै पहलमा मन्दिर बनेको छ। व्रेन ट्युमर र क्यान्सर लागेका मानिसहरुलाई उनले फेसबुकवाट चन्दा अभियान सञ्चालन गरि धेरै मानिसको जीवन बचाउन उनले निरन्तर योगदान गरेका छन्।

उमेरले केही वर्ष सानो भएता पनि उनको पब्लिक रिलेशन एकदमै राम्रो छ। क्रान्तिकारी स्वभावको ईश्वरलाई खै किन हो कुनी आजकल प्रचण्ड पनि बनावटी लागेको थियो।

भट्टराई पनि मन परेको छैन। त्यही भएर उनी फेसबुकमा तथानाम लेखिरहेका हुन्थे। जे होस् उनी सच्चा नेपाली हुन् भन्ने कुरामा कसैले शंका गर्ने ठाँउ थिएन।

बिहान संगै खाना खाएपछि केहीवेर सन्तोषको अमेरिका र इश्वरको जापानको अनुभव सुन्यौ। सन्तोषको अनुसार अमेरिकामा करिव २ प्रतिशत मानिसले मात्र खेतीपाती गरेका छन् रे।

त्यत्ति मानिसले काम गरेको खेतीपातीले लगभग आधा क्यानाडामा समेत खाद्यान्न सप्लाई गर्दो रहेछ। उसो त मेक्सिकोवाट केही टन चामल पनि अमेरिका आउँदो रहेछ।

केही नेपालीहरुले पनि त्यहाँ कृषिमा चमत्कारिक काम गरेका रहेछन्। नेप्लिज कृषि रिसर्चरहरुको समूहले अमेरिकाको कृषि अनुसन्धानमा पनि ठूलै प्रभाव पार्दो रहेछ।

नेपालको भन्दा धेरै गुणा विज्ञहरुको सुझाव लिई काम गर्छन् रे त्यहाँको प्रशासकहरु। न्युयोर्क, वासिङ्गटन, फिलाडाल्फिया, लस एञ्जल्स् वाहेक अन्य ठूलो भू-भाग कृषि वनले ओगट्दो रहेछ।

त्यसो त जापान, कोरियामा गएर पनि नेपालीले कृषि क्षेत्रमा अत्यन्तै राम्रो काम गरेका कुरा ईश्वरले वतायो।

हामीले स्थापना गरेको फार्ममा दुवै भाइले पहिलो पटक खुट्टा टेकेका थिए। हामी फार्मको अवलोकन गर्दै गर्दा वोकापाठाहरुले नजिकै आएर म्याँ म्याँ गरेर कराउँदा सन्तोषले तिमीलाई त पाठाहरुले निकै मन पराउँदो रहेछ भन्यो।

मैले भने मान्छे जस्तै हो यो पाठाहरु पनि जसले माया गर्यो उसैको नजिक जान्छन् यिनीहरु। गाईहरु बाँ बाँ गर्दे थिए। मौरीहरु आफ्नै सुरमा भुनभुनाउदै स्वागत गरिरहेका थिए।

भान्साबाट भाउजुले दूध ल्याएर स्वागत गर्नु भयो। त्यसपछि हामीले खोर व्यवस्थापन, तरकारीको वजारिकरण, माछा पालन लोकल कुखुरा पालनको केही वैज्ञानिक कुरा सन्तोषवाट सिकेर गोरखा आई खाना खायौं।

हामीहरु खाना खाई मेरो काम गर्ने अफिसमा गयौ। मैले विगत ४ वर्ष देखि गोरखा भूकम्प प्रतिकार्यमा गरेका पुर्ननिर्माणको कामको बारेमा केही प्रतिवेदन, भिडियो डकुमेन्टी र केही फोटो देखेपछि दुइभाइले मन थाम्ल सकेनन्।

समुदायको लागि जे गर्नु पर्ने हो त्यो काम गर्न सकेकोमा सन्तोषले म प्रति खुशी व्यक्त गर्यो। सन्तोषले मरो कामलाई कसरी अन्तर्राष्ट्रिय स्तरमा जोड्न सकिन्छ त्यसको लागि मलाई सोच्न देउ भन्यो।

हामी सँगै छौं सँगै हातेमालो गरि अगाडि बढ्ने उसले प्रतिवद्धता व्यक्त गर्यो। म अलि राहत महसुस गर्दै थिए। 

ईश्वरले खासमा दाइको सहयोगले नै मैले ठूलाठूला सामाजिक काम गर्न सफल भएको भनि मेरो प्रशंसा गर्यो। हजुरको नाम देखेपछि अरु धेरै मानिसहरुले सहयोग गरे र मेरो परदेशको अभियान सफल भयो भनि खुशी व्यक्त गरे।

केहीवेर पछि हामीहरु गोरखा गई संग्राहलयको अवलोकन गर्यो। पृथ्वीनारायण शाहले निर्माण गरेको त्यो संग्रहालयमा केही मस्जिद आकारको मन्दिरहरु पनि छन्।

नेपाल एकीकरण पूर्वको नेपालको राजधानी भएकाले पनि धेरै धार्मिक तथा पुरातात्विक वस्तुहरु देख्न सकिन्छ। लडाईंमा प्रयोग हुने तोपदेखि राजारानीहरुको खाने वस्ने सुत्ने ठाउँ र त्यस वेलाको विभिन्न रीतिरीवाज, चालचलन, परम्परा गोरखा दरवारका देख्न सकिन्छ।

केही क्षणमा हामी कालिका मन्दिरमा गयौं। भूकम्पले थिलोथिलो पारेको मन्दिर भर्खरै वौरिने प्रयास गर्दै थियो। केही क्षण गोरखाको शुन्दर दृश्यहरु अवलोकन गरे पछि हामी फर्कियौं।

करिब ४ वजे तिर शतिपिपल डाँडाको एक रेष्टुरेन्टवाट गोरखाको दृश्यालोकन गरी बस्यौ। वत्तिको झिलीमिली, सानो धरहरा, छेउमा अत्यन्तै एड्भेन्चरस् पिङ्ग, डाडामा सरर् हावाले गर्दा पनि ठाउँको सुन्दरता थपिएको थियो।

मीठा खाने परिकार र केही वोटल वियरमा हामीले रात परेको पत्तै पाएनौं। लहै लहैमा सन्तोष र ईश्वरले वारपाक जाने इच्छा व्यक्त गरे। हामीहरु अर्कोदिन वारपाक जाने निधो गरि सुत्यौ।

बिहान उठ्दा ८ वजेर ३० मिनेट गएको थियो। मलाई वेलुकीको ह्याङ्गले छोडेको थिएन भने सन्तोषलाई नेपाल र अमेरिकाको समय ठीक उल्टो।

सायदै ऊ अहिलेपनि सपनीमा कुस्ती खेल्दै थिए होला। सायद ईश्वरको पनि जापानमा १८ घण्टा खटेको ज्यान यसरी सुत्दा खुव सञ्चो हुँदो हो। मैले गाडी स्टार्ट गरी केही वेर गाडीको इञ्जिन तताएँ। केही वोतल खानेपानी, २ जोर कपडा र चार्जर गाडीको डिक्कीमा राखे। गाडीको मोविल र हावा चेक गरी हामी वारपाक तिर लाग्यौ।

बाटोमा मेरै पहलमा बनेका खानेपानी आयोजनाहरु, गोरेटो बाटो, भूकम्प पुर्ननिर्माणको लागि वनाइएका नमुना घर, श्रोत केन्द्र, प्रकोप व्यवस्थापनको काम, जीविकोपार्जनको पहल देखाउँदै हामीहरु बालुवा बजारमा खाना खान पुग्यौं।

बालुवाको खाना असाध्यै मीठो थियो। दरौंदीको आलो माछा, लोकल चामलको भात, दाल तरकारी, अचारसंग हामीले खाना खायौ। केहीवेर आराम पछि मनु भाइले निबुवा साँधेर हामीलाई दिनुभयो।

त्यो सबै गतिविधिले म र साथीहरुलाई घरको याद आयो। हामीहरुको घर त्यहाँबाट १० किमी जति कच्चीवाटोमा हुँदो हो। सानोमा यसरी कति दिन खाइयो, अहिले सवै पराई र परदेशी। केही रोमाञ्चित कुरापछि हामी वारपाक लाग्यौ।

वारपाक २०७२ को भूकम्पको केन्द्रविन्दु हो। इतिहासदेखि नै बहादुर र साहसी घलेहरु कोही कसैसँग डगमगाएको थिएनन्।

तर यो भूकम्पले वारपाकी पनि स्वाहा भए। धेरै मानिसहरु भूकम्पको कारण मरे। धेरैको अंगभंग भएका छन्। सबैको घरहरु ध्वस्त भए। अन्तपात माटोमा मिल्यो। चराचुरुङ्गी विरत्तिएर वन छाडे। भीरमा पहिरो गए।

केही हुनेखाने मानिसहरु गाँउछाडी सदाको लागि वाहिरिए। वाँकी भएका मानिस आफ्नो क्षमता अनुसारको घर बनाउदै थिए।

हामी वारपाकको कोट डाँडामा गएर केही वेर बस्यौ। भूकम्प अघि एकनास देखिने घर अहिले कुनै राता, कुनै हरिया, कुनै पहेँला, त कुनै सामान्य खालका भएका थिए।

अलि कति कमाइ भएकाहरुले पक्की घरनै वनाएका थिए। यसले वारपाक साम्यवादवाट पूँजीवादतिर हिडेँको प्रष्टै देखिन्थ्यो।

झुरुप्प घलेहरुको वस्ती, वरीपरी पडाडै पहाड, दक्षिणतिर दरौंदी नदी बगिरहेको, उत्तरमा मनमोहक हिमालको दृश्य, जो कोहीलाई पनि लोभ्याई हाल्थ्यो वारपाकले।

केहीवेरको गफपछि हामी सेभेन सिस्टर होम स्टेमा वास बस्न पुग्यौ। दिदीहरुको स्वागतपछि झोला विसाई हामी चिया पियौं।

लेकाली चियामा केही जडीवुटी मिसाएको, ल्वाङ्ग, सुकमेलको पनि वास्ना मिसिएको चिया अन्यन्तै मीठो र वास्नादार थियो।

त्यसैसंगै भुटेको मकै, भटमास र सिलामको अचार खाई भुकम्प पार्कमा गई केही थान फोटो खिच्यौ।

त्यो वारपाक र यो वारपाक तुलना गर्न मिल्ने खालको थिएन। ढुङ्गा माटोको घरहरुलाई विस्थापित गर्दै जस्ताले अड्डा जमाएको थियो। टोलमा सबैतिर मोटरेवल वाटो थियो।

विद्यालयले मुहार फेरेको थियो। गरिब निमुखाहरु कति जनालाई मेरै पहलमा पनि घर निर्माणको कामहरु अगाडी वढेको थियो जसमा सुकबहादुर दाईले एक नम्वरमै घर निर्माण गरि सकेका थिए। एकजना वुवाआमाले भूकम्पको वेला घर त गुमाए नै एक मात्र साहारा उनको छोरा पनि गुमाए।

उनको अवस्था एकदमै कमजोर थियो। मेरै पहलमा उहाँको पनि घर वनाउन सुरु भएको थियो। अहिले उहाँहरु नयाँ घरमा बसेको देख्दा मेरो मनमा हर्षले चैन गरेको थियो।

हामी स्मृती पार्क, विद्यालय हुँदै लाप्राक जाने वाटोतिर लाग्यौ जहाँ मेरै पहलमा गोरेटो बाटो वनेको थियो चिहानडाँडा जाने।

गाँउको युवाहरु जति भारतीय र वेलायती सेनामा थिए। बचेखुचेका नेपाली सेना वा दुवाई कतारको गाउँतिर।

गाँउमा युवाहरु पाउन अत्यन्तै गाह्रो भएपछि मलामी जानसमेत गाह्रो भएर त्यहाँ सिँढीवाटो बनाइएको थियो।

डाँडामा उभिँदै गर्दा मन एक तमासले भारी भयो। केही वर्ष देखि वारपाकको स्वरुपमा परिवर्तन आएको थियो। अनि केही महिनादेखि गोल्लुको रुपमा रुपमा परिवर्तन आएको थियो।

केही वर्षअघि वनाईको बाटोहरु जस्ताको त्यस्तै थिए तर केही महिना अघि लगाएको मायामा फाटो आएको थियो। संयोग यो वाटो अव उनी कहिल्यै हिड्नै छैनन्।

ईश्वरले तुरुन्तै प्रश्न गरे किन?

यो बाटो स्वर्ग जाने हो।

अनि के उनी चाहि नर्क जान्छिन् त?

होइन।

अनि त्यसो भए कहाँ जान्छिन् त?

पराइको घर!

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ११:२०
सिफारिस
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

प्रेम प्रस्ताव स्वीकार गर्लिन् त?
शुभकामना!
तिमी जस्तो पो जीवनसाथी!
वाह! पत्थर तिमी महान् छौ
ओ अनुभूतिहरू!
हे युवा हो!

विचार

सम्पादकीय
बालेन शाहको अराजकता सम्पादकीय
जीवन क्षेत्री
भरतपुरले फेरि यसरी छक्यायो गैंडाकोटलाई जीवन क्षेत्री
जीवन क्षेत्री
नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात! जीवन क्षेत्री
नवराज पराजुली
ओशो! नवराज पराजुली

ब्लग

बलराम तिमल्सिना
ताल्चा लागेका दुई कोठा! बलराम तिमल्सिना
दिपक घिमिरे
सरकारको नुन खाने रहर! दिपक घिमिरे
केशवकुमार मलाशी
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?' केशवकुमार मलाशी
विष्णु ज्ञवाली
प्राइभेट जागिर भर्सेस लाेक सेवा विष्णु ज्ञवाली

साहित्यपाटी

सुबास भण्डारी
प्रेम प्रस्ताव स्वीकार गर्लिन् त? सुबास भण्डारी
Hamropatro inner
Hamropatro inner
नारायण खड्का
शुभकामना! नारायण खड्का
आशिष खनिया
तिमी जस्तो पो जीवनसाथी! आशिष खनिया
जीवनदास सुनार
वाह! पत्थर तिमी महान् छौ जीवनदास सुनार

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP