Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, भदौ १०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

तृप्त सपना

अस्मिता हुमागाईं

अस्मिता हुमागाईं

अस्मिता हुमागाई।
अस्मिता हुमागाई।

हरेक रात त्यही समय बौद्धनाथ स्तुपाको गेट छेउमा उभिएर प्रतिक्षा गर्नु प्रेमको पार्ट टाइम जागिर झै भएको थियो। नीतालाई धेरै मनपर्ने ठाउँ भएकाले होला सायद प्रेमको पनि पहिलो रोजाई त्यहि ठाउँ पर्थ्यो। नीता तोकेको समयभन्दा ढिला आईपुगेकोमा क्षमा माग्दै प्रेमलाई अंकमाल गरी।

सायद नीताको अंकमालको कमालले गर्दा होला प्रतिक्षा गर्दा उठेका रीसका आवेगहरु शान्त समुन्द्र झै स्थिर देखिन्थे। प्रेमले क्षमा यचनालाई सहर्ष स्वीकार गर्छ सधैको शनिबार झै बौद्धनाथको छेवैको एक कफि सपमा कफि खाँदै गफ सुरु हुन्छ। गफै गफमा प्रेमले झोलाबाट एउटा सुन्दर फूलको गुच्छा हातमा दिन्छ, उन्मुक्त हाँसो सहित नीताले फूलको गुच्छालाई आफ्नो नाकमा लगी फूलको सुगन्धलाई सुघ्दै फूल उपहार दिएकोमा भन्दा पनि फूलको मिठो सुगन्ध उपहार दिएकोमा कृतज्ञता व्यक्त गर्छे। प्रेम खुब हाँस्छ घत परेझैँ।

नीतालाई प्रेमको पक्ष्मल नसालु आँखा देख्दा सम्पूर्ण संसार नै प्रतिबिम्बित भएको भान हुन्छ, विस्तारै प्रेमको उन्मुक्त हाँसोको हाँस्य रसले मत्याउन थाल्छ। प्रेम नेपालीमा गहुँ गोरो वर्णको भने झै हिन्दीमा सावला रंगको थियो। प्रेम कहिले काँही आफ्नो नाडी नीताको नाडीसँग जोडेर तुलना गर्ने गर्दथ्यो र आफू नीताभन्दा गहुँ गोरो वर्णको भएकोमा खेद प्रकट गर्दथ्यो।

नीता प्रेमलाई खुशी पार्न सृष्टिका बहुमुल्य वस्तुहरुसँग तुलना गर्ने गर्थी। त्यसदिन पनि अरु दिन झै प्रेमलाई मयुरसँग तुलना गर्दै भन्छे, ‘प्रेम म तिमीलाई मयुरसँग तुलना गर्न मन पराउँछु किन थाहा छ? मयुरले आफ्नो सुन्दरता चिनेकै हुदैँन। पंख फिजाएर सबैलाई मोहित पार्ने त्यो मयुरले सुन्दरता आफ्नी प्यारी मयुरी तिर खोजी रहेको छ। मयुरीलाई जस्तो सुन्दारताको आखाँले नियालेर उसले आफैलाई पनि हेरेको छैन, त्यही भ्रममा त मयुर मयुरीको अघि-पछि घुमि हिँडेको हुन्छ।’

नीताको कुराले प्रेम फेरि पनि त्यही उन्मुक्त हाँसो सहित हाँस्दै भन्छ- 'कति प्रिय, मिठा साहित्यीक कुरा गर्छौ तिमी। मैले भेटेको केटी साथीहरुभन्दा फरक छौँ। त्यही भएर होला तिमीसँग समय बिताउन मलाई औधी मन पर्छ। तिमीसँग बस्दा समय कतिखेर गयो पत्तै पाउँदिनँ।' प्रेम र नीताको भेट्मा प्राय यस्तै खाले कुराकानी हुन्थे।

प्रेममा भएको सकरात्मक पक्षहरु र बौद्धिक विचारहरुले गर्दा प्रेम झन् सुन्दर देखिन्थ्यो। प्रेमको बौद्धिक विचारबाट नीता निकै प्रभावित भईसकेकी थिई। एक दिन नीता साँझपख छतमा टहलिदै बसिरहेकी थिई, त्यति नै बेला प्रेमको भाइबरमा कल आँउछ नीताले हतपत फोन रीसिभ गर्छे। प्रेम मलिनो स्वरमा बोल्दै भन्छ, नीतु बौद्ध आउन है कस्तो भेट्न मन लागेको छ, कफि खादै गफ गरौँला। नीताले घडि हेरी झम्के साँझ परिसकेको छ।

प्रेमको आग्रह टार्न खोज्छे, साँझको बहाना बनाउदै भटे्न केही अफ्ठ्यारो हुने कुरा व्यक्त गर्छे। प्रेमका जबरजस्त आग्रहको अगाडि नीताको केही लाग्दैन। घरसम्म छोडिदिने वाचा सहित बौद्धनाथ स्तुपासँगै जोडिएको हिमालयन जावामा भेट गर्छन। प्रेमले लगाएको नयाँ हाप पाइन्टलाई न्यू पिन्च भन्दै नीताले प्रेमको हातमा जोडले चिमोटी दिन्छे, दुबै खुब हाँस्छन। नयाँ हाप पायन्टले आर्कषक व्यतित्वको प्रसँग जोडिदिन्छ क्यापचिनोको सुर्कीसँगै गफ सुरु हुन्छ।

दिनैजसो भाइबरमा हुने कुरा कानिले कति खेर अधेरीलाई चिरी मिर्मिरे बिहानीलाई स्वागत गरी सकेको हुन्थ्यो पत्तै हुँदैन थियो। आत्मियताले सिमाना मिच्दै गईरहेको थियो, प्रत्येक हप्ता दिनमा भेट्घाट गर्ने वाचा तोडिदै जाँदै थियो। बौद्धको प्रत्येक लाफिङ पसलदेखि कफि सपसम्म अड्डा राम्रै जम्न थालि सकेको थियो।

पिरो लाफिङले छट्पटिदै चकलेट टोक्दै पानी मुखमा फुलाई प्रेम नीतासँग जिस्किन्थो, नीता प्रेमलाई देखेर खुब हाँस्ने गर्थी। स्तुपाको परिक्रमा गरि छेउको लस्करै राखेको बेन्च मध्ये कुन बेन्चमा बस्ने भनेर छान्न लागेको समय होस् वा बेलुकी पख स्कुटरमा हिलाम्मे बाटोमा बैद्धको वरिपरि परिक्रमा गर्दा बिताएको समय होस्, ती सबै प्रिय भएर सदैव नीताको मानसपटलमा बसि रहेको थियो।

एकदिन भाइबरमा प्रेमले बेलोडोना भन्ने प्रजातिको फूल पठाउँदै नीता तिमीलाई आजबाट बेलोडोना भन्छु है भन्दै म्यासेज गर्छ। नीताले किन भनेर प्रति उत्तर दिन्छे म्यासेज सिन थियो उत्तर आउन ढिला भईरहेको थियो। म्यासेज फेरि चेक गर्छे टाईपिङ देखाई रहेको थियो। नीतालाई धैर्य गर्न हम्मे-हम्मे भैरहेको अवस्थामा धेरैबेरपछि लामो म्यासेज आउँछ।

म्यासेजमा लेखिएको थियो- ‘तिमी बेलोडोना फूल जस्तै सुन्दर, प्रकृतिको एक उपमा हौँ, बोली हाल्ने, हाँसी हाल्ने, रीसाई हाल्ने तिम्रो चञ्चले स्वभाव नियालेर हेर्दा मैले बेलोडोना फूल झै जिवन्त पाएँ। बेलोडोना तिमी फूल झै रंगीन छौँ।’ नी

ताले म्यासेज धेरै चोटी पढि, आफ्नो लवजबाट शब्द खेलाई रहेकी थिइ बेलोडोना। नीतालाई बेलोडोना फूल जस्तै आर्कषक मनमोहक र फूल जस्तै पृथ्वीसँग घनिष्ट सम्बन्ध भएको महशुस हुन्छ। छतका गमलाहरुमा ढकमक फुलिरहेका फूलहरुलाई स्पर्श गर्छे, फूलहरुसँग कुरा गर्छे। फूलहरुले पनि नीताको भाषा बुझेर मुस्कुरायको जस्तो भान हुन्छ।

प्रशंसामा खुशी हुने आलोचनामा दुखी हुने मानवीय कमजोरी हो। नीताले त्यस कमजोरीलाई ढाकछोप गर्न नखोजेकी भने अवश्य होइन तर सकेकी थिइन। नीता प्रेमको म्यासेजले असाध्यै खुशी हुन्छे। नीतालाई लाग्छ मित्रता भनेको प्राकृतिक प्रेमलिला हो। प्रेमलिलामा खेलिने सबै प्रकारका खेलहरु सही हुन्छन, गलत त ती आँखाहरु हुन्छन् जसले आफू भित्रको खुशी मारेर, अरुका प्रेमील खुशीहरुलाई दफन गर्न खोज्छन्।

प्रेमको सम्बन्धबाट जुन पाठ सिक्ने मौका पाइन नीताले, त्यो पाठ संसाारका कुनै पनि विश्वविद्यालयहरुले सिकाउन सक्दैन होला। नीताले प्रेम प्रतिको मायालाई हृदयको भकारीमा अन्न सञ्चय गरे जसरी सञ्चित गरेर राखेकी थिई। प्रेमका राम्रा पक्ष मात्र हैन, नराम्रा पक्षहरुलाई पनि उत्तिकै प्रेम गर्ने गर्थी सायद हुन सक्छ प्रेम नीताको नजरमा खास थियो।

सपनीमा बर्बराइ रहेकी थिई नीता, श्रिमान जी कुइनोले धकेल्दै के भो, नीता किन बर्बराएको सपना नराम्रो देख्यौ कि क्या हो? भनेर झक्झक्याउदा झल्यास आँखा खुल्छ। मधुर भाषी, उही उन्मुक्त हाँसो, पक्ष्मल आँखाका लामो-लामो परेला, सूर्यमुखी फूल जस्तै फक्रिएका ओठ, नीताले सपनाको प्रेम, श्रिमान आफ्नै अगाडि देख्छेँ, सन्तोषले लामो स्वास फेर्छे अनि भावनाको कन्दरा भित्रबाट प्रेम मिश्रत आँखाले चियाएर हेर्छे।

श्रीमानको हृदयभरी ममताका भवसागरहरु उर्लिरहेका थिए। परिवारीक जिम्मेवारीहरुले महासागर तर्न तछाडमछाड गर्दै थिए। बेलोडोना फूलहरु भविष्यका बगैचालाई सप्तरंगी बनाउन केही कोपिला, फक्रिने अवस्थामा थिए। घडी हेर्छे बिहानको सात बजिसकेको हुन्छ, आफ्नो काम तिर लाग्छे।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १४:१२
सिफारिस
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

प्रेम प्रस्ताव स्वीकार गर्लिन् त?
शुभकामना!
तिमी जस्तो पो जीवनसाथी!
वाह! पत्थर तिमी महान् छौ
ओ अनुभूतिहरू!
हे युवा हो!

विचार

सम्पादकीय
बालेन शाहको अराजकता सम्पादकीय
जीवन क्षेत्री
भरतपुरले फेरि यसरी छक्यायो गैंडाकोटलाई जीवन क्षेत्री
जीवन क्षेत्री
नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात! जीवन क्षेत्री
नवराज पराजुली
ओशो! नवराज पराजुली

ब्लग

बलराम तिमल्सिना
ताल्चा लागेका दुई कोठा! बलराम तिमल्सिना
दिपक घिमिरे
सरकारको नुन खाने रहर! दिपक घिमिरे
केशवकुमार मलाशी
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?' केशवकुमार मलाशी
विष्णु ज्ञवाली
प्राइभेट जागिर भर्सेस लाेक सेवा विष्णु ज्ञवाली

साहित्यपाटी

सुबास भण्डारी
प्रेम प्रस्ताव स्वीकार गर्लिन् त? सुबास भण्डारी
Hamropatro inner
Hamropatro inner
नारायण खड्का
शुभकामना! नारायण खड्का
आशिष खनिया
तिमी जस्तो पो जीवनसाथी! आशिष खनिया
जीवनदास सुनार
वाह! पत्थर तिमी महान् छौ जीवनदास सुनार

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP