एकजना युवक स्याउ टिप्ने काम पाइन्छ कि भनी कामको खोजीमा भौतारिदैँ वाटो विराउँदै रातको समयमा कुनै एउटा पहाडको गाउँमा पुग्दछ । वाटो विराएकोले जुन गाउँमा पुग्नु पर्ने भनि हिडेको अर्कै गाउँमा उ पुगेको हुन्छ। युवकले भोको थियो । वाटो विराएकोले रात पनि छिप्पिदै थियो।
उसले गाउँको झुप्पबस्ती को पहिलो घरको ढोका ढकढकायो ।
मध्यरात भइसकेको थियो तै पनि ढोका खुल्यो तर त्यस गाँउका वासिन्दा अन्य जात धर्मका थिए । युवकको पहिरन अर्कै थियो । त्यस घरका घरमुलीले ढोका बन्द गर्दै भने तिम्रो लागि यो गाउँमा ढोका खुल्दैनन् तिमी अन्यन्त्र कतै जाउ हामी विधर्मिलाई पाउना राख्दैनौ। हाम्रो तिमीहरु सँग जातीय शत्रुता छ । तिमीलाई त थाहा छ नि एउटा गाउँको धर्म एउटा छ, अर्को गाउँको अर्को, एउटा जाति र अर्को जातिको शत्रुता छ, जहाँ अन्य विचार मान्यतालाई कुनै ठाउँ छैन, कुनै आशा छैन, कुनै प्रेम छैन ।
तैपनि दुई चारवटा दैलो ढकढकाउँछ तर कसैले उसलाई बस्नका लागि ठाँउ दिदैनन् । आधि रात त्यो पनि पुष महिनाको अन्त्यतिर विचरा युवक कता जाने निकै अन्योलमा पर्छ । तर मानवले मानवताको विषयमा कहिल्यै सोच्दैन । उसले यो फलानो जा , सम्प्रदाय, धर्म, लिंग, वर्ग, तथा विचारधारा, गुट, उपगुटको वारेमा धारणा वनाई ब्यवहार चलाउँछ । मानव मूल्य उसको दृष्टिकोणमा कहिल्यै आउँदैन ।
त्यस युवकले गाउँको प्रवेश पाएन, उ नजिकैका वृक्षको चौपरीमा टुसुक्क वस्यो । थकानको कारण आँखा चिम्लियो । निदायो । दुई घण्टा पछि चिसोले गर्दा निद्रा परेन जाग्यो ।
आँखा खोलेर आकाश तिर हेर्दा आकाशमा कुनै वादल थिएन ताराहरु चम्किरहेका थिए । रुखमा फूलहरु फुलि रहेका थिए, राति फुल्ने फूलको बासना चारैतिर फैलिरहेको थियो । रुखका फूलहरु नाची नाची संगितमय तरिकाले फुल्दै थिए । त्यो क्षण उ मौन त्यस रुखको फुल फूलहरु हेर्दै आकाशका ताराहरु हेरिरह्यो । उसको ह्दयको तारमा संगीत वज्न लाग्यो । सारा थकान मेटियो ।
उ फेरी गाउँतिर दौडन पुग्यो र पुनः उनै ढोकाहरु ढकढकाउन थाल्यो जसका घरमुलीहरुले उसको लागि ढोकाहरु वन्द गरेका थिए । यो आधि रातमा को आयो ? उनिहरुले ढोका खोले । अगाडि त्यहि यूवक थियो ।
हाम्रा गाउँका ढोका तिम्रा लागि बन्द छ भन्दा भन्दै फेरी यो मध्य रातमा किन निद्रा विगार्न आएको भन्दै ढोका खोलेर कराउन लागे । तर युवकको आँखामा कृतज्ञताको आशस वगिरहेको थियो । उसले भन्यो यो पटक म वास माग्न आएको होइन ।
निद्रा भंग गर्ने उदेश्य मात्र पनि होइन । केवल धन्यवाद दिनको लागि आएको हुँ । यदि हजुरहरुले वास दिएको भए राती आकाशका तारा र फूलको लयवद्ध फुलाईको आनन्दवाट बन्चित हुन्थे । म त खाली धन्यवाद दिनको लागी मात्र आएको हु ।
तपाईँको ठुलो गुन छ कि ढोका बन्द गर्नु भो र म खुला आकाश मुनी गएर सुत्न पाएँ। हजुरको कृपाले घरको भित्ताहरुको घेरावन्दी वाट वचेँ र खुला आकाशमा मलाई पठाउनु भो । जब हजुरहरु ले खुला आकाशमा मलाइ पठाउदाँ खेरी लागिरहेको थियो – कस्ता खराव मान्छेको गाउँमा आइएछ तर म अहिले कति असल गाउँंलेहरु भनी धन्यवाद दिन आएको हुँ । भगवानले हजुरहरुको कल्याण गरुन ।
जस्तो तिमीहरुले मलाई एउटा अनुभवको रात्री दिएका छौ, जुन आनन्द मैले आज थाहा पाएँ, जुन मेरो मनमा फुल फुल्यो, मनको तारमा जुन संगित गुन्जीयो र
अध्याँरोमा म प्रकाशित भए । जस्तो आज एउटै रातमा आकाशका तारा देखे, । कल्याणकारी छौँ तिम्रा गाँउका मानवहरु ।
परिस्थिति कस्तो छ यसमा केही पनि निर्भर गर्दैन । हामी परिस्थितिलाई कसरी लिन्छौ यसमा सवैकुरा निर्भर गर्दछ । जव जीवनको कोण वदलिन्छ, तव वाटाका ढुङ्गा पनि सिँढी जस्ता लाग्दछन् । जव हामी परिस्थितिलाई गलत तरिककावाट लिने बानी पर्छ मन्दिर पनि माटो र ढुङ्गा वाहेक केही खास लाग्दैन ।
जतिपटक रोकिन्छ जीवनका पाईला पत्थर पनि सिँढि बन्दछ,
अवसर पनि दुर्भाग्य हुन सक्दछ सिँढीकै पत्थरमा ठोकिए पनि
आशा भरेर जीवनलाई हे्, निराशाले गति रोक्दछ ,
धैर्यताले जीवन हेर, अधैर्यले लक्ष्य खोस्दछ ।
सुन्दर पन्थी नेपाल बैंक लिमिटेड बागमती प्रदेशका प्रमुख हुनुहुन्छ।