अभावले लखेटिएर विदेश आएँ
आज रोगले लखेटिएर स्वदेश आउँदैछु।
घरको छानो फेर्ने सुर्ता लिन छाडिसकेको छु,
राम्रो स्कुलमा नानीबाबु पढाउने रहर मारिसकेको छु।
श्रीमतीको सहर बस्ने रहर निमोठी सकेको छु।
ऋण तिर्न नसक्दा साहुले गर्ने बेइज्जती खप्न सक्ने थेत्तरो मन लिएर आउँदैछु।
आधा पेट बाच्न, दुख सहेर हास्न सक्ने फरक मान्छे बनेर आउदैछु।
आमा...
सुर्ता त मलाई हजुरलाई लागेको रोगको छ।
पेटभरी खाना खाएर औषधी खानु पर्ने व्यथासँगको प्रतिरक्षाको छ...
आमा,
अभावले लखेटिएर विदेश आएँ
आज रोगले लखेटिएर स्वदेश आउँदैछु...