किन निर्मला हत्याकाण्डमा कसले कुन अग्रज व्यक्तिको आशिर्वाद र संरक्षण पाएका छन् यहाँ
किन जातिको नाममा नवराज विक सहित कुटेर मार्ने काम हुन्छ यहाँ
किन पवित्रा र मुस्कान माथि एक पछि अर्को गर्दै एसिड प्रहार हुन्छ यहाँ
किन सुस्मिता जस्तो निर्दोष चेलीलाई एकाएक मारिन्छ यहाँ
किन न्यायलाई अन्याय बनाउन उज्यालोमा बत्ती निभाइन्छ यहाँ
किन हरेक चोटि एउटै क्रियाकलाप दोहोर्याइन्छ यहाँ
किन अन्तर जातीय प्रेमविवाह गर्न खोज्दा खबरदारी गरिन्छ यहाँ
किन छोरी सरह नसम्झेर आफ्नै बुहारीलाई लोभमा सिध्याइन्छ यहाँ
किन खुसीका साथ दुई शब्द बोल्दा मेरो हुनुपर्छ अर्थ लगाइन्छ यहाँ
आखिर जे गरे पनि पैसा र प्रभावले गर्छ यहाँ
प्रमाणको कुरा त हात्तीको खाने दाँत र देखाउने दाँत झैं हुन्छ यहाँ
अनि भोलिको दिनहरूमा छोरी बुहारी श्रीमती अनि आमाको भविष्य झन् असुरक्षित हुने अवस्था निश्चित छ यहाँ
अपराधीले सजाय भोग्नुको साटो कानुनलाई कमजोर बनाइन्छ यहाँ
अनि अन्तमा सधैं सक्नेले जे मन लाग्यो त्यही गरिरहन्छ र पीडित सधैं फगत निरिह पीडित नै भई चुपचाप बाँचिरहन्छ यहाँ
त्यसैले त होला
यस्ता घटनाहरू बारम्बार दोहोरी रहन्छ यहाँ
अनि बोल्न बहस गर्न र अन्यायको प्रतिवाद गर्न सबै डराउँछन् हिच्किचाउँछन् यहाँ
त्यसैले त अपराधीलाई सजाय दिलाउनु पर्छ जसरी भए पनि यहाँ
अपराधीले गरेको अपराधको पाप भोगाउनुपर्छ उसको दुष्कर्मको र
न्यायपूर्ण समाजको निर्माणमा अँध्यारोविरूद्ध बोल्नुपर्छ लड्नुपर्छ भन्दै कोही कोही आवाज उठाउँछन् यहाँ
तै पनि किन कानूनको व्याख्या मनपरी गरेको देख्दा छक्क पर्न जरूरी छैन यहाँ
अनि आखिरमा न्यायको हत्या हुन्छ
र न्यायाधीशको चित्त पनि कमिलाको पित्तझैं सानो रहेको बुझ्न गाह्रो छैन यहाँ।