Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, भदौ ११, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

जन-नेता

गगन सिंह थापा

गगन सिंह थापा

गगन सिंह थापा।
गगन सिंह थापा।

प्राचिनकालमा पाटलीपुत्र भन्ने अलकापुरी जस्तो एक देश थियो। यो देशका राजा अति नैतिकवान भई विधि-विधान सम्मत देशको राजपाठ चलाउथे। विदुर, कौटिल्या जस्ता परम विधान नैतिकज्ञ, यी राजाका राज्य सञ्चालक सल्लाहाकार थिए। राज्य रामराज्य अनुसार चलेको थियो। रामराजा प्रजा सुखको नीती थियो।

'दियो आफू बलेर अरुलाई उज्यालो दिन्छ, राजाले आफू बलेर प्रजालाई उज्यालो दिनुपर्छ।' रित्तो माटो राष्ट्र हुँदैन। राष्ट्र भन्नु नै जन-जनार्दनले भरिएको भूमि हो। जनताले दुख पाए राष्ट्रले दुख पाउँछ। जनता दुखी भए राष्ट्र दुखी हुन्छ। जनता जर्जर अथवा दुखी भए राष्ट्र दुखी हुन्छ। राजाको सम्पति भनेको राष्ट्र हो। राजाको अरु सम्पति हुँदैन, हुनु हुँदैन पनि।

राष्ट्र, राष्ट्रबासी नै सम्पति हुन्। जुन राष्ट्रका जनताले नगरको नागरिक अधिकार पाउदैन, त्यो नागरिक होइन। मानव अधिकार अथवा जन अधिकार बिनाको नागरिक हुँदैन। मानव हिन रित्तो भूमि राष्ट्र हुँदैन। अधिकार विहीन जनताको राष्ट्र प्रति माया हुँदैन। जनताको उदर र आङ पूर्ति गरेर मात्र राजाले आफ्नो उदर र आङ पूर्ति गर्नुपर्छ।

जनताको सुख नै राजाको सुख हो। जनता सुखी भए राजा सुखी हुन्छ। राज्यको सबै नरनारी राजाका कविला हुन्। यी कविलाका सबै परिवारजन राजाका पनि कविला हुन्छ। राज्यका अभिभावकका यी सबै आफ्नै परिवार हुन्। यिनमाथि कुदृष्टिले हेर्न हुँदैन। यिनमा कुदृष्टिले हेर्नु भनेको आफ्नै छोरी, बैनीमाथि कुदृष्टिले हेर्नु हो। त्यो अपराध हो। वैवाहिक सम्बन्ध आफ्नो राज्य क्षेत्रभन्दा बाहिर हुनुपर्छ।

राजाको यो राज्यप्रतिको नीतिले, रामराज्यको रुप लियो। राज्य अति सुखी र समृद्ध भयो। राज्यका कुनै पनि प्रजाले भोको, नाङ्गा र अभावमा बस्नु परेन। यहाँको समृद्धि देश विदेशमा फैलियो। यो सुनेर एक पटक चीनको बादशाहले आफ्नो दूतलाई पठाए। ती दूत धेरै दिनपछि पैदलयात्रा गरेर यहाँ पुगे। सिधै यहाँका राजालाई भेट्न गए। राजासँगको भेटमा आफूलाई आफ्नो बादशाहले पठाउनाको कारण सबै भन्यो।

'यो देशको यति छिट्टै विकास कसरी भयो? बुझ्न पठाउनुभएको...।’

'हो अतिथि देव! म हजुरको सौहार्द नमन हृदयदेखि नै स्वागत गर्छु। तर यो विकास कसरी भयो भन्ने कुरा मलाई थाहा छैन। सहरको पूर्वि छेउ मेरो सावन्तको घर छ। उहाँलाई गएर सोध्नु होस्। उहाँबाट सबै कुरा थाहा पाउनु हुनेछ।'

चिनियाँ बादशाहको दूतः सावन्तको घर खोज्दै गए। सहरको सीमा सकियो। नदीको किनार आयो। रिमझिम अँध्यारो हुँदै थियो। दूत सावन्तको घर सोध्न एक नर्कटको झाडले बनाएको घरमा गए। घर नर्कटको भित्ता, नर्कटकै पातको पाताले छाएको थियो। उनले बाहिरपट्टि बसेकी एक रक्षिकालाई सोधे- 'कल्याणी, यो राज्यका सावन्तको घर कहाँ होला?'

उनले त्यही घरलाई औल्याउदै भनिन्- 'यहि हो।'

दूत आकाशबाट खसे झै भए। उनले दैलोबाट झुलुक्क भित्र हेरे टाउको दैलो भित्र पुग्ने गरी। घरको भित्र नर्कट बारेर दुई कोठा छुट्टाएका थिए। एक कोठाबाट अर्को कोठा जाने भाग खुला थियो। सावन्त पूर्वतिरको कोठामा बसेर लेख्न हुने बेञ्च, त्यहाँ मसिको डिब्बा र कलम राखेका थिए। मकैको प्वाँखले बुनेका मान्द्रामा बसेका थिए। त्यो बेञ्चमा यी पुरानो हाथबुना कागजको डायरीमा दिनभरको राज्यको हिसाब गर्दै थिए। छेउमा पित्तलको बुट्टदार पानसमा तेलको बत्ति बलेको थियो।

चिनियाँ दूतले भने- 'म एक चिनियाँ बादशाहले पठाएको दूत, हजुरलाई भेट्न आएको।'

यो सुनेर सावन्त त्यो कोठाको पानसको बत्ति निभाएर वल्लो पट्टिको कोठामा आए। हुबहु उस्तै कोठा, उस्तै बेञ्च, उस्तै मकैको प्वाँखद्धारा बनेको मान्द्रो, उस्तै पानस, पानसको तेल बत्ति, कोठाको आकार प्रकार पनि उस्तै। सलाई कोरेर बत्ति बाले।

मकैको प्वाँखले बनेको मान्द्रा अलि वर ओछ्याउदै भने- 'अतिथि देव! बस्नुहोस्। म हजुरको हृदयदेखि नै स्वागत गर्दछु। कोटी कोटी नमन!'

दूत बसे।

'अतिथि देव, किन पाल्नु भएको यो राज्यको कुटिमा?'

'मैले म किन आएको भन्नुभन्दा पहिले सावन्त महाराज एउटै किसिमका कोठा, पानस, बेञ्चबाट त्यो कोठाको पानसको बत्ति निभाएर यो कोठाको हुबहु उस्तै पानस किन बाल्नु भयो?'

'अतिथि, म त्यो कोठामा राज्यको काम गर्थेँ। त्यो पानस, त्यो तेल, त्यो बेञ्च राज्यको थियो। त्यो कोठा, त्यो बेञ्च, यो पानस राज्यको सम्पति थियो। अब म हजुरसँग निजी कुरा गर्दै छु। यो मेरो निजी कोठा, निजी पानस, तेल बत्ति हो। निजी काममा राज्यको सम्पति खर्च गर्नु भएन भनेर…।

'अतिथि देव! हजुरको चीनका बादशाहले के सन्देश दिनु भएको छ मर्जिहोस्।'

'केबल शुभकामनाको सन्देश! पाटलीपुत्र अझै प्रगतिको शिखर चुमोस् भन्ने। अरु सन्देशको उत्तर मैले पाईसकेँ। अब सोधीराख्नु पर्ने कुरा केही छैन। मैले मनग्य उत्तर पाएँ। अब म बिदा पाउँ।'

सावन्त महाराजसँग बिदा माग्दै गर्विलो मानसपटलका साथ चिनियाँ दूत त्यहाँबाट हिँडे…।’

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  ११:२०
सिफारिस
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

प्रेम प्रस्ताव स्वीकार गर्लिन् त?
शुभकामना!
तिमी जस्तो पो जीवनसाथी!
वाह! पत्थर तिमी महान् छौ
ओ अनुभूतिहरू!
हे युवा हो!

विचार

सम्पादकीय
बालेन शाहको अराजकता सम्पादकीय
जीवन क्षेत्री
भरतपुरले फेरि यसरी छक्यायो गैंडाकोटलाई जीवन क्षेत्री
जीवन क्षेत्री
नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात! जीवन क्षेत्री
नवराज पराजुली
ओशो! नवराज पराजुली

ब्लग

बलराम तिमल्सिना
ताल्चा लागेका दुई कोठा! बलराम तिमल्सिना
दिपक घिमिरे
सरकारको नुन खाने रहर! दिपक घिमिरे
केशवकुमार मलाशी
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?' केशवकुमार मलाशी
विष्णु ज्ञवाली
प्राइभेट जागिर भर्सेस लाेक सेवा विष्णु ज्ञवाली

साहित्यपाटी

सुबास भण्डारी
प्रेम प्रस्ताव स्वीकार गर्लिन् त? सुबास भण्डारी
Hamropatro inner
Hamropatro inner
नारायण खड्का
शुभकामना! नारायण खड्का
आशिष खनिया
तिमी जस्तो पो जीवनसाथी! आशिष खनिया
जीवनदास सुनार
वाह! पत्थर तिमी महान् छौ जीवनदास सुनार

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP