Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, असार २१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

पश्चताप!

लक्ष्मी देवी गौंडेल

लक्ष्मी देवी गौंडेल

लक्ष्मी देवी गौँडेल।
लक्ष्मी देवी गौँडेल।

चिटिक्क मिलेको शरीर। रुपको मोहनी। सारै राम्री थिइँ मेरी साथी। बिए पढ्दा ताका मलाई उस्का एकतर्फी प्रेमीले हैरान पार्थे। बिएको अन्तिम वर्ष उस्को बिहे भयो। म पढ्न काठमाडौँ आएँ। अहिले जस्तो सामाजिक संजाल थिएन। हाम्रो भेटघाट थुप्रै वर्ष भएन।

एक दिन म असनतिर काम विशेषले टहल्दै थिएँ, कसैले मेरो नाम लिएर जोड-जोडले बोलाएको सुनेँ। असनको बाटो मलाई नै कसैले बोलाएको होला जस्तो लागेन, त्यसैले सुनेको नसुने जस्तै गरी हिडेँ। बोलाउने क्रम रोकिएन। मलाई नै हो कि बोलाएको भनेर रोकिएँ र यताउति हेरेँ। चिने जस्तो कोही लागेन।

एउटी महिला हस्याङफस्याङ गर्दै म छेउ आइन्। ‘ओइ लक्ष्मी, कति बोलाएँ, चिनिनस् कि क्या हो?’

यसरी त नै भन्ने त पक्कै नजिकको मान्छे हुनु पर्छ। तर को? मैले चिनिनँ। चिनिनँ भन्न पनि सकिनँ। म अक्कबक्क परेको देखेर उसले दुखी हुँदै आफूलाई चिनाइ 'म निलम।' म तीन छ्क्क परेँ।

उ मेरी त्यही निलम थिइ जस्को कुनै बेला रवाफै अर्को थियो। रुपरंग अर्कै थियो। मैले उस्लाई उत्तिखेर सोध्न सकिनँ कसरी यस्तो भो? उस्ले मलाई फुर्सद भए कफी खान जाउ न भनी। ६-७ वर्ष पछि अचानक भेटिएकी साथी, त्यसमाथि म पनि व्यस्त थिइनँ। ह्नुमान ढोका नजिकै क्याफेमा छिर्यौँ। कफीको चुस्कीसँगै आफ्नो कथा खोल्न थाली उसले।

‘बिहे भएको अर्को वर्ष छोरा जन्मियो। उहाँको जागिर पोखरामा, म स्याङ्जा सासु-ससुरा र नन्दसँग। पेटमा बच्चा आएदेखि स्याङ्जा बस्न मन थिएन। बाघको आहारा दैवले पुयाउछ्न भने झै सासु-आमाले छोरालाई ‘अब त बस्ने ठेगान भयो, बुहारीलाई पनि सँगै लैजा र लोकसेवा पढा बाबै। हाम्रो जस्तो हैन तिमीहरुको दुवैको जागिर नभए त बाच्न गाहो हुन्छ’ भने पछि उहाँले मलाई सँगै ल्याउनु भो।

अफिसको तीन कोठे क्वाटर थियो। मलाई उहाँले पढ्दा किनेका पुराना किताब यसरी पढ भनेर अफिस जानु हुन्थ्यो। अफिस र कोठा टाढा नभएकाले खाजा खान पनि आउनु हुन्थ्यो धेरैजसो। के-कसरी पढ्ने सिकाइदिनु हुन्थ्यो। बच्चा पेटमा हुर्कदै थियो। बेलाबेलामा जचाउन जान्थ्यौँ। सबै राम्रो थियो। सात महिना लागेपछि एक्लै बस्न हुँदैन।

महिना लागेपछि तल माथि केही हुँदा साथी हुन्छ भनेर नन्दलाई पोखरा पठाइदिनु भो आमाले। एसएलसी दिएर बस्नु भएको थियो। नन्द आएपछि झनै सजिलो भो मलाई। फुर्सदमा खाली बस्न हुन्न, तँ पनि खरिदारको तयारी गर् भनेर किताब थमाइदिनु भएको थियो दाजुले। दुइ नन्द-भाउजू एक-अर्कालाई सामान्य ज्ञानका प्रश्न सोध्थ्यौँ।

दिन कति चाडो बिते पतै भएन। डाक्टरले दिएको भन्दा तीन दिन अगाडि नै मलाई ब्यथा लाग्न थाल्यो। हामी हस्पिट्ल गयौँ। जाँच पर्तालपछि नर्मल डेलिभरी हुन्छ, आत्तिन पर्दैन भन्दै डाक्टर गए। मलाई भने त्यो पीडा सहन नसक्नु थियो। व्यथा लागेको ८-९ घण्टा हुँदा पनि बच्चा जन्मेको थिएन। मैले अब आफू पीडा खप्न नसक्ने भनेर जिद्दी गरेपछि डाक्टरले कति गर्दा पनि म मानिनँ।

सरकारी अस्पतालमा म बच्चा पाउन्न भनेर अति जिद्दी गरेपछि प्राइभेट हस्पिटलमा लगेर अप्रेशन गरेर बच्चा जन्म्यो। ७ दिनपछि हस्पिटलले डिस्चार्ज गर्यो। त्यती बेलासम्म मैले बाबुलाई दुध चुसाएकी थिइनँ। सासुआमा आउनु भएको थियो। माइतबाट भाउजू आउनु भएको थियो। हस्पिट्लमा नर्सहरु दुध चुसाउनु है बच्चालाई भन्थे, जान्थे। आमाले दुध चुसाउने कोशिस गर्नु हुन्थ्यो, दुध आउन्थ्यो।

‘केही खुराक छैन, कसरी आवोस् दुध?’ आमा मलाई सान्त्वना दिनु हुन्थ्यो। म भने ‘ह्या नआए नआवोस्’ भन्थेँ। दुध खुवाउदा आफ्नो फिगर बिग्रिन्छ भन्ने कता-कता सुनेकी थिएँ। भाउजू ‘दुध त खुवाउनु पर्छ नानी। दुध नखुवाए शरीर स्वास्थ्य बिग्रिन्छ, बच्चाको पनि आमाको पनि’ भन्नु हुन्थ्यो।

म कानमा तेल हालेर सुनेको नसुनै गर्थेँ। घर आएपछि आमाको स्याहार सुसारले खानपानको पथ परेजले अलि-अलि दुध आउन थाल्यो तर मैले खुवाउने चासो राखिनँ। आमा अगाडि पर्दा खुवाउन खोजे झै गर्थेँ। तर मनबाटै मैले छोरालाई दुध खुवाउन खोजिनँ।

मैले खुवाउन नखोजेपछि उस्ले पनि मेरा दुध देख्दा अर्कै तिर फर्कने भयो। म खुसी थिएँ। छोरालाई दुध खुवाउन नपर्दा। छोरो खुसी थियो कि थिएन कुन्नी। मेरो आमा मन भने दुध खुवाउने विषयमा ढुंगा नै भयो। त्यसपछि मैले छोरालाई दुध चुसाइनँ कहिल्यै पनि। अहिले पछुतो लाग्छ। तर बगेको खोला फर्किन्न।

छोरो अहिले पाँच वर्षको पुगिसक्यो। छोरो जन्मेको ३-४ महिनापछि म मोटाउदै गएँ। सासुले आफ्नै आमाले भन्दा बढी सुसार गर्नु हुन्थ्यो। नातिले दुध नचुसेको भन्दै मायालु पाराले उस्लाई गाली गर्नु हुन्थ्यो। आमालाई मेरो मनको चोरका बारेमा थाहा थिएन।

मेरो मोटाइ अस्वाभाविक देखिन थाल्यो। म भित्र-भित्र आफैसित तर्सिन थालेँ आफ्नो जीउ देखेर। तर त्यो मेरो आफ्नै कर्मको सजाए रै छ। पछि थाहा भयो डाक्टरसँग जाँच्दा। धेरै अस्वाभाविक देखिन थालेपछि हामी पोखरा आएर डाक्टर कहाँ जचायौँ।

धेरै थरिका जाँच र धेरै समय लगाएर जाँच गरेपछि बच्चाले दुध नचुसेका कारण हर्मोनमा भएको गडबडीले लाग्ने रोगले गर्दा त्यस्तो भएको रैछ। र यस रोगको उपचार अझैसम्म पत्ता लागेको रैनछ। स्तन पान गराएको भए सायद यस्तो हुन्थेन होला।

फिगर बिग्रिन्छ भनेर बुझेको अल्प ज्ञानले म त दीर्घ रोगको शिकार भएँ। अरुले हुन नपरोस् लक्ष्मी।' उस्का आँखाबाट खसेका आँसुका ढिक्काले मलाई स्तब्ध बनायो। म केही बोल्न सकिनँ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १२:११
सिफारिस
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

प्रेम प्रस्ताव स्वीकार गर्लिन् त?
शुभकामना!
तिमी जस्तो पो जीवनसाथी!
वाह! पत्थर तिमी महान् छौ
ओ अनुभूतिहरू!
हे युवा हो!

विचार

सम्पादकीय
बालेन शाहको अराजकता सम्पादकीय
जीवन क्षेत्री
भरतपुरले फेरि यसरी छक्यायो गैंडाकोटलाई जीवन क्षेत्री
जीवन क्षेत्री
नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात! जीवन क्षेत्री
नवराज पराजुली
ओशो! नवराज पराजुली

ब्लग

बलराम तिमल्सिना
ताल्चा लागेका दुई कोठा! बलराम तिमल्सिना
दिपक घिमिरे
सरकारको नुन खाने रहर! दिपक घिमिरे
केशवकुमार मलाशी
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?' केशवकुमार मलाशी
विष्णु ज्ञवाली
प्राइभेट जागिर भर्सेस लाेक सेवा विष्णु ज्ञवाली

साहित्यपाटी

सुबास भण्डारी
प्रेम प्रस्ताव स्वीकार गर्लिन् त? सुबास भण्डारी
Hamropatro inner
Hamropatro inner
नारायण खड्का
शुभकामना! नारायण खड्का
आशिष खनिया
तिमी जस्तो पो जीवनसाथी! आशिष खनिया
जीवनदास सुनार
वाह! पत्थर तिमी महान् छौ जीवनदास सुनार

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP