कविता
कयौं वर्ष सम्हालिएर जमिएकी म, आज दुनियाँसामु पोखिन मन लागेको छ।
मै ठूलोे भन्नेहरूको तराजुमा खुब जोखिन मन लागेको छ ।।
अन्धो यस समाजमा औंसीमा पनि चन्द्रमा भई उदाउन मन लागेको छ।
कयौं वर्ष सम्हालिएर जमिएकी म, आज दुनियाँसामु पोखिन मन लागेको छ।।
मै ठूलोे भन्नेहरूको तराजुमा खुब जोखिन मन लागेको छ ।।।
अपमान र तिरस्कारमा मस्किने यो समाजमा रोएर पखालिन मन लागेको छ।
कयौं वर्ष सम्हालिएर जमिएकी म, आज दुनियाँसामु पोखिन मन लागेको छ।।
मै ठूलोे भन्नेहरूको तराजुमा खुब जोखिन मन लागेको छ ।।।
विछिप्त मनलाई सफा गर्न भित्रभित्रै लोटिन मन लागेको छ
कयौं वर्ष सम्हालिएर जमिएकी म, आज दुनियाँसामु पोखिन मन लागेको छ।।।
मै ठूलोे भन्नेहरूको तराजुमा खुब जोखिन मन लागेको छ ।।।।
जति गरें अरूकै लागि, अब आफ्नै लागि गर्न मन लागेको छ।
धेरै धेरै सपनाहरू देखेंमात्र, अब पूरा गर्न मन लागेको छ ।
कयौं वर्ष सम्हालिएर जमिएकी म, आज दुनियाँसामु पोखिन मन लागेको छ ।।
मै ठूलो भन्नेहरूको तराजुमा खुब जोखिन मन लागेको छ ।।।
जति पाएँ अपजस मात्र, अब आफैंलाई जस दिन मन लागेको छ।।
एकोहोरो थिचाई अति भयो अब कोल्टे फेर्न मन लागेको छ ।
कयौं वर्ष सम्हालिएर जमिएकी म, आज दुनियाँसामु पोखिन मन लागेको छ ।।।
मै ठूलो भन्नेहरूको तराजुमा खुब जोखिन मन लागेको छ ।।।।
सीमा र बन्धनले अपूर्ण यो छोरी, पूर्ण भई फेरि जन्मिन मन लागेको छ ।
महिला हुनुको विवशता र बाध्यतालाई सदाको लागि निम्टाइदिन मन लागेको छ ।।
कयौं वर्ष सम्हालिएर जमिएकी म, आज दुनियाँसामु पोखिन मन लागेको छ।।।
मै ठूलोे भन्नेहरूको तराजुमा खुब जोखिन मन लागेको छ ।।