कविता
बिहान उठ्न बित्तिकै चिया बेड मा आउँछ,
मन्जन र ब्रस मनतातो पानी हात मा पुग्छ,
बालबच्चा कसैको लागि केही गर्नु पर्दैन ,
अफिस जान ढिलो भयो खाना ले त भने पुग्छ,
त्यसैले त मलाई पनि काम गर्न मन छ!
नानी बाबु लाई दिसा पिसाब गराउनु पर्दैन,
न त झाडु पोछा र ट्वाइलेट सफा गर्नु पर्छ,
२ घण्टा लगाएर खाना खुवाउनु पनि पर्दैन,
बस टाइ र सुट लगाएर अफिस हिँडे पुग्छ ,
त्यसैले त मलाई पनि काम गर्न मन छ!
बिहान भरि का जुठा भाडा, लुगा धुन पर्दैन,
दिउँसो घर मा हुने लाई चिया नास्ता दिनु पर्दैन,
न त खाजा खुवाउनु पर्छ स्कुलबाट फर्केका लाई,
आफैं गर्न थाल्छन् गृहकार्य गराउनु पर्दैन,
त्यसैले त मलाई पनि काम गर्न मन छ!
छ बज्न आट्यो बेलुकी को तयारी खाना को गर्नु पर्दैन,
ढिलो भयो बुढाबुढी बच्चा निदाउलान् की भन्नु पर्दैन,
अबेर भयो आएनन् जगिरे भनी सधैं जसो,
ढोका र गेट बाटो हेर्नु पर्दैन,
त्यसैले त मलाई पनि काम गर्न मन छ!
ढिला भयो कुर्दा कुर्दा आज न आउने रे ,
हप्ता मा ५ दिन घर न आए पनि हुन्छ ,
टुटा फुटा कोदालीले बारी हरियो बनाएको छु,
घर खर्च दिएको पैसा को हिसाब राख्नु पर्दैन,
त्यसैले त मलाई पनि काम गर्न मन छ!
बारीको लौका नमीठो,तरकारी मा नून पुग्दैन,
बाहिर मासु पुलाउ पाक्छ अरू पनि के-के पाउँछ ,
पाइन्ट मा आइरन लगाउँदै दूध उम्लियो कि हेर्नु पर्दैन,
बाआमा छोराछोरी बिरामी छन् कुर्नु पर्दैन,
त्यसैले त मलाई पनि काम गर्न मन छ!
११ बजे सुतेर ४ बजेको आलर्म लगाउनु पर्दैन,
मैले पनि काम गरे रूँनु पर्दैन ,
सबै को प्यारो , तलब खन् खनी आउँछ,
एकान्त मा एक्लै कथा बुन्नु पर्दैन,
त्यसैले त मलाई पनि काम गर्न मन छ!
तेरो के नै काम छ र दिन भरि भन्न पाइन्छ,
पाहुना-पासा साथी आउँदा उज्यालो मुख चाहिन्छ ,
किन आत्तिन्छौ काम गर भनेर ,
तिमीलाई भन्दा मलाई हतार छ ,
र त भन्छु मलाई पनि काम गर्न मन छ,
त्यसैले मलाई पनि जागिर गर्न मन छ!!!