कविता
उनी जोखिममा छन्, एक स्वास्थकर्मी,
आठ-आठ घन्टासम्म, डाइपर लगाउँदा पनि,
श्वासनै निसास्सीने गरी, स्वास्थ समाग्री लगाउँदा पनि,
शरीरलाई पसिनासँगै, आसिलो बनाउँदा पनि,
आरामका लागि रातमा एकछिन, ननिदाउँदा पनि,
उनी जोखिममा छन्, एक स्वास्थकर्मी।
न खाजा खाएका छन्,
न आराम पाएका छन्,
न पानी पिएका छन्,
न जीवन जिएका छन्,
एकोहोरो सेवामा जुट्दा जुट्दै,
आफै सङ्क्रमित भएका छन्,
उनी जोखिममा छन्, एक स्वास्थकर्मी।
जसका निम्ति रातदिन एक गर्दै छन् उनी,
जानाजान आफै मर्दैछन् उनी,
उनको त्यागको खिल्लि उडाएको हो कि जस्तो लाग्छ,
नीति र नियमका कुरा गर्दै,
मुस्कानले ओठमा लाली भर्दै,
एउटा मास्क पनि चिउँडोमा सार्दै,
जन्मदिन र बैवाहिक समारोहमा, मिसीएको देख्छु,
सामाजिक दूरी बिना, हुस्किसँगै चिसीएको देख्छु,
उनी जोखिममा छन् एक स्वास्थकर्मी,
उनका त्यागहरु सबै, पिसीएको देख्छु।
सेवा लिन पाउनु पर्छ अवश्य,
तर कर्तब्य पनि त निभाउनु पर्छ,
अधिकार खोज्नु पर्छ अवश्य,
तर अनुशासित पनि त हुनु पर्छ,
दोष खोज्दै गर्दा, आफ्ना गल्ति पनि त देख्नु पर्छ,
उनी जोखिममा छन्, एक स्वास्थकर्मी,
उनले दिएको बलिदानको अवमूल्यन भयो भने,
सुधारिएन हाम्रो बानी अब भने,
मास्क चिउँडोमै सुहायो भने,
सामाजिक दूरीले भीड नै समायो भने,
सेनिटाइजर बोतलमै रमायो भने,
उपचार बिना नै निको हुन सकिएन भने,
आजको लापरबाही भारी पर्ने छ,
शक्तिशाली राज्य सुस्ताउँदै छन् आज,
मै हुँ भन्ने पनि अस्ताउँदैछन् आज्,
उनी जोखिममा छन्, एक स्वास्थकर्मी।