कविता
हजुर उता म छु यता कोरोनाको कहर बाबा
साथमा बसी पाउ परी मुख हेर्ने रहर बाबा
भेट हुन नमिल्ने भो यतै छुटिएरै बस्नु पर्यो
कारागार नै बनिरहे गाउँ अनि सहर बाबा
अमृत खोजी हिँडेको छु भेटिएन कतै पनि
यत्रतत्र सर्वत्र पाइँदो रहेछ जहर बाबा
मुहान हजुर बन्नुभयो नदी बनी बग्दै थियौं
विचार मिल्न नसकेर भयौं कुलो नहर बाबा
जमघट भए सर्न सक्ने टाढा भई बस्नुपर्ने
जहाँको त्यहीँ हुनुपर्ने सरकारी ठहर बाबा