कविता
बिना भिडन्त जित्नुपर्ने, कस्तो हो यो युद्ध,
जवानहरू भन्दा पनि, अशक्तहरू मानिएको योद्धा,
१ र २ भन्दा भन्दै हजारौं संक्रमित भए ।
मरिँदैन भन्दा भन्दै सयौं, मरि त गए ।
नतोकिएको युद्ध, थाहा छैन भिड्नु अझै कति छ ।
फेरि यसपटक ,
बिना हतियार,
अदृश्य यो युद्धलाई, जसरी पनि जित्नु छ !
त्रास नै त्रासले ज्ञान र शिक्षा बन्द कोठा भयो ।
बा-आमाका मन्दिर पनि कौंसी-आँगन बन्यो ।
अत्यावश्यक सेवा भन्दै, घर, बस्नुपाको हैन,
जता हेर्यो हतास मात्र, चैन कतै छैन।
नतोकिएको युद्ध, थाहा छैन भिड्नु अझै कति छ।
फेरि यसपटक,
बिना हतियार,
अदृश्य यो युद्धलाइ जसरी पनि जित्नु छ !
सुरक्षाकर्मी अनि स्वास्थ्यकर्मी
ज्यानकै बाजी थापेर,
खटिरहेछन् रातोदिन देश र जनता भनेर,
सलाम गर्दै, होस्टेमा हैंसे गर्नु छ,
नतोकिएको युद्ध, थाहा छैन भिड्नु अझै कति छ ।
फेरि यसपटक,
बिना हतियार,
अदृश्य यो युद्धलाई जसरी पनि जित्नु छ !
सतर्क रही सुरक्षित भई, घर भित्रै बसौं।
आत्मबल र धैर्यताले तन सफा राखौं।
नगुमाऊँ है संयमता, फेरिएको संसार हेर्नु छ।
नतोकिएको युद्ध, थाहा छैन, भिड्नु अझै कति छ।
फेरि यसपटक,
बिना हतियार ,
अदृश्य यो युद्धलाइ, जसरी पनि जित्नु छ !
जताजतै विपत, डर अनि शंका
नआत्तिनु धैर्य राखौं, डर किन मान्ने,
मुक्ति पाउन हिजो पनि त, विपद् भोगेकै हो।
दुःख सहेकै हो,
नतोकिएको युद्ध, थाहा छैन भिड्नु अझै कति छ।
फेरि यसपटक,
बिना हतियार ,
अदृश्य यो युद्धलाई, जसरी पनि जित्नु छ !
कायम गरौं दूरी, अनि तातोपानी खानी,
सरसफाइ योगा ध्यान गरौं सबै गरौं।
घरभित्रै बसेर जीवनलाई रोजौं,
परिवारको भविष्य नि, हाम्रै हातमा छ नि।
नतोकिएको युद्ध, थाहा छैन भिड्नु अझै कति छ।
हामीले फेरि एकपटक,
बिना हतियार,
अदृश्य यो युद्धलाइ, जसरी पनि जित्नु छ !