कोरोनाले त्रास मात्रै होइन, अब त हरेक पाइला पाइलामा लुकीलुकी हिड्नु पर्ने अवस्था आएको छ। अर्को मानिस छेउमा आउँदा पनि आफै परपर सर्नु पर्ने परिस्थितिको सृजान भएको छ। हिजोसम्म धेरै मानिसहरूले बेसार, मसला प्रयोग गर्ने हामीहरूलाई कोरोना लाग्दैन भनी अहमका साथ दिएको आफ्ना अभिव्यक्तिमा कुनै कम आएन।
सोच र विचारको सिमिततामा जीवनलाई चलाई रहँदा परिणाम बेग्लै हुन आएको छ। सायद खुलेर यो तर्कालाई कसैले व्यक्त नगर्ला तर हाम्रो अचारणको परिणाम आज हामीले देखीरहेका छौँ, भोगीरहेका छौँ। 'बेसार, अदुवा, कागतीले कोरोना भाग्छ रे' भन्ने काल्पनिक तर्कहरूले सिधै फाइदा त पुगेन नै, सित्तैमा पाएको सोच, विचार र चेतानाको दुरुपयोग पनि भयो।
त्यसलाई व्यवस्थित रूपमा सदुपयोग गर्ने क्षमता राख्न सक्दैनौँ। विचार र प्रभावमा आएका कुरालाई बस यत्तिकै भन्दी हाल्ने, बोल्दी हाल्ने। कस्तो कमजोर निर्णय गर्ने क्षमता छ। कस्तो दुर्बल चेतानको विकास भएको छ। दया लागेर आउँछ।
व्यवस्था बढे, फरक काल खण्डमा लिडरहरू बढे, धर्मका लिडरहरू पनि बढे। नैतिकताका लिडरहरुलाई हामीले अझै भेट्न सकेका छैनौँ। अनि त्यसै पनि संस्कार विकासमा किन कडा ब्रेक लागि रहेछ? हामी के चाहन्छौँ भन्ने निचोडलाई नै बुझ्न नसकेको हो त? आफू धनी र खुसी भएर अन्य गरिबी र दुखीलाई दैनिक जीवनमा देख्दा, त्यसको कुनै प्रभाव पर्दैन र?
के त्यसलाई ज्ञानीमानी र चेतानशील मानिसले स्वार्थ रहित दृष्टिकोणले टुलुटुलु हेरिरहन सक्ने क्षमता हामीमा कहाँबाट आयो? हामी दृष्टिविहीन मानिस जस्तो गरी जीवनभरि नाटक खेल्न सक्ने क्षमता राख्छौँ? मैले समाजलाई बुझ्ने कोशिस मात्रै गरेँ तर सब खेर गए जस्तो भान हुन्छ मलाई।
आफै निर्णय गर्न सक्षम छ भनी राख्दा, सबै अरुमै भर पर्नु पर्ने यथार्थबाट हामी टाढा बस्न सक्दैनौँ। भनिन्छ, 'एउटा सलाईको काँटीले अँध्यारो कोठालाई उजेलो पार्न सक्छ।' महामारीको दुखद परिस्थितिहरूमा हामी आफैले के गर्ने प्रयास गरेका छौँ त! हुन सक्छ त्यस्ता व्यक्तिहरू हाम्रो समाजमा पनि छन् होला। तर अवसरहरूको कमिले उत्पत्ति हुन सकेको छैन।
कोही-कोहीले मैले कोरोनाको खोप बनाए भनेर प्रमाणीत नभईकान हल्ला फिजाउन आए। प्रचारमा आउन कै लागि गरिएको हो भने त केही भन्नु छैन। तर यस्तो कठिन परिस्थितिको अवस्थामा मानिसहरूलाई आशाको सत्तामा आफू चिनिनु दुष्प्रयास गर्नु मूर्खताभन्दा अरु केही होइन।
यतिबेला त मानिसहरूलाई आशा चाहिएको छ, आश्वासन होइन। सामाजिक संस्कारको विकासले सिकाएको तथ्य के हो भने अरुको कम्मजोरीमा हामीलाई रमाउन मनपर्छ। सायद यो मानवीय स्वभाव पनि होला। त्यसमाथि पनि गरिवी र असहायलाई सहयोगको नाममा, मजाकमा बदल्न सक्ने 'बाठो' मानिसका रूपमा हामी परिचित छौँ।
बाठो हुनु पर्छ, चलाख हुनु पर्छ, अरूलाई थिचोमिचो गरेर भए पनि म नै पहिलो हुनुपर्छ। मै ठिक हुनु पर्छ। मैले आफ्नो पालो पर्खिनु पर्दैन। लाइनमा बस्न पर्दैन। किनकी भित्र मैले चिनेको मान्छे छ। आफ्नो मान्छे भएपछि सबैथोक आफै हुन्छ। सायद कोरोना पनि आफ्नो मान्छेले गर्दा निको हुन्छ। आफ्नो मान्छेले गर्दा पनि लाग्छ होला।
मेरेँ भने पनि के भो त, चिनेको मान्छै छदैछ नी ठाउँमा। ३ पृष्ठ विवरण निकाल्न खासै ठूलो कुरा होइन। सबै मिलाएर भै हाल्छ। मिलाएर गरुँला नी। मिलेरै बनेको समाज छ। मिलेरै बन्छ भविष्य। मिलेकाहरू जतिले नै मिलाएर लैजान्छ। बाँकी सबै मिलाएर नै हेर्ने हो।
व्यक्ति आफै गैरजिम्मेवारी भैदिदाँ संक्रमणको अवस्था झन् नाजुक हुँदै जाने अवस्था निश्चित छ। दैनिक जीवनयापन गर्न पर्नेहरूलाई भिजेको कपडा निचोरेको जस्तो सुख्खा पारी निचोरी सकेको त छदै छ। बाँकी दैनिकी चलाउनु पर्ने र सामाजिक (भौतिक) दूरी कामय गर्न नसक्नेहरूको आफ्नै जीवन गाथा छ होला।
आफूले पालना गर्नु पर्ने साधारणभन्दा साधारण नियम र सावधानी पनि अप्नाउन नसक्नेहरूका हुल भएका छौँ। मेरो कारणले गर्दा अरूलाई पनि हानी हुन्छ भन्ने सोच्न नसक्नु मानसिक चेतानको कमजोर पक्ष हुन् या बेपर्वाही गरिएको पक्ष हो। यो बुझ्न हाम्रो जस्तो अविकसित देशहरूका मानिसहरूलाई निकै कठिन छ।
हामीले जस्तो कुरा फेर्न र बोल्न जान्ने सायद यो संसारमा अरू कोही छैन भन्ने मलाई लाग्छ। तुरुन्तका तुरुन्त कुरा बनाउन सक्ने हामी बाठो मानिसहरू हौं। तर के हामीलाई बाठो मान्छे मात्रै चाहिएको होकी बुद्धिमानी मानिस पनि?
जहाँ भेला हुनु हुन्न त्यही भोज गर्नुपर्छ। जहाँ भीडभाड गर्नु हुन्न त्यही हारालुस गर्नुपर्छ। व्यवस्था हामीलाई मन पर्दैन। नियम कानुन अरूको लागि बन्दिएको मन पर्छ। आफैलाई होइन। भित्र लुकेर आफूले जे मन लागे गर्न पाइने छुट छ। बाध्यताले हामीलाई बलियो बनाएको छ की बलियोले हामीलाई चेतनहीन?
के हाम्रो बाध्यताले सोच्न नस्कनेहरू जस्ता कमजोर मानिस बनिएका छौँ? थाहा छैन भनु भने सबै जान्ने भै सकेका छौँ। थाहा छ भनूँ भने जे गर्न हुन्न भनेको छ, त्यही गर्न मनपर्छ। जसरी दिन र रातले पनि आफ्नो साधारण नियम पालना गर्छ भन्ने हामी बझ्न सक्दैनौँ। ऋतुहरूको पनि आफ्नो नियम छ भन्ने समेत हामीले सोचेर स्वीकार गर्न नस्कने कठोर मनका छौँ।
यी तर्कहरूमा म आफै कुनै सटिक जवाफ पाउन सक्दिनँ। सबै कुराको सल्लाह दिन सक्छौं तर आफैलाई पर्दा ती दिएका सल्लाहहरूले कामै गर्दैन। बिरामी पनि आफै, विज्ञ पनि आफै। त्यसैले पनि हामीले बाठो उपनाम हाम्रो समाजमा व्यापकरूमा प्रयोग गर्न हिचकिचाउँदैनौँ होला। त्यो हाम्रो लागि गौरबको शब्द बनेको छ। अंग्रजी शब्द भित्र पाइने 'इन्टरग्रेटी' खासै चाहिदैन र प्रयोग पनि हुन्न। मेरो एउटै मात्र जिज्ञासा छ। कुन तत्वले चेतानाको प्रयोग गर्न हामी समर्थ हुन सकेका छैनौँ?
आज यो माहामारी भनु या लुकामारीको खेल खेलेको छ महिना भैसक्दा सबैतिर कठिन परिस्थितिको उच्चतम बिन्दुमा पुगिसकेको छ। यो अवधि भित्र धेरैले आफ्नो जीवन गुमाईसके। कतिले आफैले जीवन लिए। भोक, प्यास, डर, चिन्ता आदिले मानसिक विचलनले आत्महत्या गर्ने संख्यामा वृद्धि हुँदैछ।
संयन्त्रहरूको कमजोर पक्षलाई मात्र केलाएर हेर्दा निरासापन त छदै छ, केही थोरै व्यक्तिहरूले मानसिक अवस्थाका बारेमा चर्चा गरेको सुनेको छु। हेरेको छु। ती आफैमा आदर र सरहाना गर्न योग्यका छन्। मनोविश्लेषकहरूको आवश्यक छ। मनको कुरा भन्ने ठाउँहरूको खाँचो छ। मानिसहरूका पीडा सुन्नेहरू चाहिएको छ, न की खाली सल्लाह दिनेहरू।
मानिस आफैले म बलियो छु भन्दै गर्दा जब परिस्थितिहरू व्यक्तिको नियन्त्रणमा हुँदैन वा त्यो नियन्त्रणभन्दा बाहिर हुन्छ भने उक्त व्यक्तिलाई दोस्रो व्यक्ति वा मनोचिकित्सकको खाँचो पर्छ। चिन्ता फिक्री, तनाव मानिसमा केही प्रतिशत हुनुपर्छ। त्यसले मानिसलाई अघि बढाएर लैजाने गर्छ। तर त्यसको मात्रा वृद्धि हुँदा व्यक्तिलाई साहायता चाहिन्छ।
बुझ्नु पर्ने कुरा के छ भने, मानिसको मस्तिष्कमा रसायनको असन्तुलन हुँदा मनमा विभिन्न प्रकारका सोच, विचार, भावहरू उत्पन्न हुने गर्दछ। जसले गर्दा मानिस, उदासिनता र निरासामा पुग्छ। त्यसले बिचलन गर्छ। तर मानसिक चिकित्सहरूको सहयोगले व्यक्तिले सहायता पाउन सक्छ। यसलाई अन्यथा लिन आवश्यक छैन।
उदासिनतालाई कम गराउने साधन प्रयोग गरी हाल्का हुन्छ भने प्रयोग गर्न बुद्धिमानी हुन्छ। संकुचित सोचले हेर्नु र बुझ्नु भनेको समस्यालाई प्रोत्साहान गर्नु सर हो। हामीले त्यस्ता व्यक्ति र मानिसलाई साहायाता दिनलाई प्रेरणा दिन आवश्यक छ र एउटा आत्महत्या हुनबाट जोगिन सकिने अवस्था सृजना गर्न सकिन्छ।
धेरै अवस्थामा मानिसलाई शारीरिक आवश्यकताभन्दा पनि, मानसिक अवस्था मजबुत छ भने उस्ले आफ्नो लागि केहीगरी जीवन चलाउन सक्छ। तर हाम्रो जस्तो विकासका निम्न स्तर भएकाहरूका लागि यी दुवै पक्षमा निकै कठिन छ। मानसिक पक्षबाट मात्रै एकले अर्कोलाई सहायता गरीदिँदा पनि व्यक्तिको आत्माबलमा आँट र भरोसा पुग्छ।
शरीरको लागि सबथोक भएपनि मनको अवस्था कमजोर छ भने त्यो व्यक्ति स्वस्थ्य हुन सक्दैन। आफ्नो वरिपरी त्यस्ता व्यक्ति छन् भने उत्साहका दुई शब्द बोलेर हामीमा केही घाटा हुन्न। त्यसले पनि हामीलाई उर्जा दिन्छ। आफ्नो लागि त एउटा पशु पनि जिउछ नि। हामी त त्योभन्दा बढी होइनौँ र?
हामीले आफ्नो मनको कुरा भन्ने ठाउँ बनाउनु जरुरी छ। त्यो त्यस्तो ठाउँ होस् जहाँ तपाईंले भरोसा गरेका व्यक्तिले तपाईको कुरा अन्त नखुलाओस्। त्यसलाई जीवनभर नै गोप्य राखोस्। व्यक्तिको गोपनियता भंग गर्नु भनेको ठूलो भुल र अपरिपक्क मानिस हुनु हो।
आज हाम्रो जस्तो समाज जहाँ बाठो छु, हुँ भन्नेहरूको हुल छ। हामीले केही होसियारी हुन आवश्यक छ। हामीले नै समाज बनाउने हो। तपाई र हामीले गर्ने हरेक निर्णयहरूको परिणाम आफैले र आउने पुस्ताले भोग्नु नै पर्छ। यसमा हामीलाई कुनै छुट छैन। छ भने त्यो केवल बाहाना मात्रै छ अनि अल्छी मात्रै छ।
आज हामी जुन अवस्था भएर जीवन गुजारिन परिरहेको छ, हामी योभन्दा असल र समृद्धीको बाटो बनाउन सक्ने हुनेछौँ। केही सोच र विचारहरूलाई परिवर्तन अनि परिमार्जन गर्न आवश्यक छ। आफू र आफनोलाई मात्र होइन पूरा समाजलाई अघि लिएर जान हामीले थोरै त्याग गर्न जरुरी छ। हामीले सिक्नु पर्ने कुराहरू धेरै छन्।
आफै पनि केही गर्न र सिक्न चाहना राख्नु आवश्यक छ। कुनै पनि कुराहरू त्यतिकै हुन आउँदैन र हुँदैन पनि। हामी जति नै धर्ममा आस्था राख्नेहरू भए पनि, सित्तैमा पाएको कुराको मूल्य हुन्न। यो सरल कुरा बुझ्न जरुरी छ। हामी जस्तोसुकै अवस्थामा भएपनि सिक्ने र सिकाउने कुराहरूलाई निरन्तरता दिन सके मात्रै जीवनको सार्थकता र अर्थ भेट्न सकिन्छ।
बाठो हुनाले मात्रै जीवनलाई पूर्णता दिन सकिंदैन। तपाई र मेरो अस्तित्व कायम गर्नलाई भलाई बाहेक अर्को उपाए छ भने मेरो बधाई छ तपाईलाई। विरासतको पछि कुद्नुभन्दा पहिले मूल्य चुकाउन तयार हुनुपर्छ।
कठिन परिस्थितिमा पनि एकले अर्कोलाई साथ दिएर सहयोग गर्न सक्नु नै मानिस हुनुको पहिचान हो। मानिसले सारा संसार हात पारेर पनि उसले जीवन गुमाउँछ भने उसलाई के लाभ? हामीसँग भएका थोकहरूले हामीलाई खुसी तुल्याउन सक्दैन भने के ती बेकारमा भण्डार गरिएका थोकहरू मात्रै हुन जान्न र? थोरै दया र करुणा राखेर सुन्दर संसार बन्छ भने के हामी त्यती गर्न पनि तयार नहुने?
भलाई गर्नलाई हामीलाई केले रोकेको छ? समृद्धिको बाटो अथावा दुध र मह बग्ने देश बनाउन हामीलाई केले रोकेको छ?