मानव बस्तीको आडमा
घना जंगलबीच ठूलो वृक्षको
सानो खिरिलो हाँगाको कापमा
मेरा कठोर मेहनतले
यी साना चुच्चाको सहायताले
खटिएर महिनौं महिनौं
तन्द्र्याङ तुन्द्रुङ बटुलेर
बनाई गुँड, कोरले बचेरा
महिना श्रावणको गते ३
चिरबिर चिरबिर चिरबिराउँदै
लाग्यो भोक भनी छटपटाए तिनी
छोडी गुणमा एक्लै साँझपख
गए वनमा चारो खोज्न भनी
नफकर्दै बेगले आयो हावा हुन्नरी
आकास गडगडाउँदै पर्यो ठूलो झरी
आयो बाढी, खस्यो पहिरो पनि
बगायो सारा बस्ती, पहाडै बगायो
बगायो घर, मान्छे बगायो
जंगलसँगै रुख बगायो
लाछिए हाँगा, गुँड भत्कियो
बचेराको न्यानो बास खोसियो
जुटी उद्धारमा मानवको
राहत स्वरुप चामल बाँडियो
बस्ती ठड्याई पैसा बाँडियो
घाइतेको गरियो उपचार,
मृतकको दाहसंस्कार
छटपटाउँदै आधा पहिरोमा च्यापिएर
च्याँच्याँ चुँचुँ गरी भोको पेट
आउलिन आमा कसै सोची आशले
चिसो जमिनमा कठयांग्रिएका तिनी
कलिला प्वाखबिनाका बचेरा
सकेनन उड्न प्वाँख फिँजाई
नसकि गर्न उद्धार,
हेरिरहे रुखको हाँगाामा बसी
देखेन कसैले सकिन बोल्न पनि
भएन मेरा बचेराको उद्धार भनी
सन्तान मेरा, आमा म,
नियालिरहे ममताले
बेदना मेरो कसलाई सुनाउ
माया यो मनको कसरी देखाउ
चाहना मेरो प्वाख फटफटाई
विश्व घुमाउने, संसार चिनाउनलाई
सपना मेरो चकानाचुर बनाई
आँखै अगाडि तड्पी, तड्पी
गरे मृत्युवरण, छटपटाई
आए कुकुरहरू रमाउँदै लुछीलुछी
चपाई दाँतले भोक मेटाए
चुच्चोमा चारो च्यापी, हेरिहे निरीह भई।