Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, भदौ १०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

मनमती

पारु भण्डारी

पारु भण्डारी

बरान्डामा बसेर बत्ती कात्दै गरेकी मनमतीलाई भुसुक्कै निन्द्रा लागेर कति बेला पल्टिइन् थाहै भएन। नातिनी रोएको आवाजले उनी बिउझिन्। उता सिमा कराउँदै आइन्।

'हैन, काम नभएपछि बसिबसि एउटा नातिनी हेर्न पनि कति मुस्किल हो, कहीँ नभाकी काम चोर!'

ऐना फुट्दा डराएकी काब्यालाई उसकी आमाले लतार्दै आफ्नो कोठामा लगिन्। मनमती केही बोलिनन् तर भित्रबाट डाको फुट्ने गरी रोइन्। बुढेसकाल लागेको शरीरले आराम खोज्यो, आराम खोज्दा नातिनीलाई धन्न सिसाले नकाटेको। नातिनीलाई त केही भएन तर मनमतीको मनमा भने काम चोर भन्ने शब्दले ठूलो चोट पार्यो।

मनमती रुदैरुदै फुटेका सिसा समेट्दै थिइन्, फुटेका सिसामा उनले आफ्नो आकृति देखिन्। उनी आत्तिइन, फेरि आँसु पुछेर आफ्नो अनुहार हेरिन्। अब भने आफै नै रहिछु भन्ने विश्वास भयो मनमतीलाई। वास्तवमा उनले ऐनामा आफ्नो रुप नहेरेको थुप्रै दशक भइसकेको रहेछ। उनी आफूलाई ऐनामा कुरुप देखेर फेरि रोइन्।

उनी आफूलाई अझै पनि पन्ध्र/सोह्र वर्षकी कल्कलाउँदी सुन्दर मनमती सोच्थिन्। दुख, पीडाले झन् चाउरी भएको त्यो छाला मनमतीको कष्टपूर्ण जीवनका साक्षी थिए। फुटेका हात, खुट्टा, सुकेको शरीरले त झन् काम चोर भन्ने शब्दको बेइज्जत नै गरेका थिए।

भर्खर १५ वर्ष टेकेकी मनमती घाँस काटेर घर आउदै गर्दा आँगनभरि मान्छेको लस्कर थियो। मान्छेहरु कसैले उनको रुप हेर्दै थिए भने कसैले उनले बोकेको भारीको बयान गर्दै थिए। मनमतीले गोठमा लगेर भारी बिसाइन अनि कोठामा छिर्न नपाउँदै उताबाट आमाले 'ए मने बाहिर पाहुनालाई चिया लगिदे भनेर कराइन्।'

भारी बोकेको थकान मेट्न नपाउँदै आमाले थालमा राखिदिएका चियाका गिलास उठाइन् र पाहुनालाई लगिदिइन्। उताबाट आएका लमिले ‘टाढा छ, ढिला नगरौँ, केटी आजै लाने’ भनेर बासँग सल्लाह गर्दै गरेको सुनिन् मनमतीले।

बा-आमाको सल्लाह अनुसार मनमतीको विवाहको रीति पूरा भएपछि श्रीमानको पछि पछि कर्म घर लागिन्। ६ घन्टाको हिँडाइपछि बल्ल घर आइपुग्यो। घरमा स्वागत गर्न बसेका आफन्त र छरछिमेकीले मनमतीको रुपको चर्चा गर्दै थिए, हुन पनि मनमती जुन जस्ती बलेकी स्वर्गकी अप्सारा जस्ति नै थिइन् जवानीमा।

घरमा सासु र लोग्ने थिए। सानो परिवार त थियो तर मनमतीलाई कहिले सुखको साँस र कामको चापबाट मुक्ति मिलेन। सासु जति काम गर्दा पनि जस नदिने र लोग्ने भएको नभएको केही अर्थ थिएन मनमतीलाई।

मनमतीले लगालग ३ वटा बच्चा जन्माइन्। नातिनातिनाहरु भएपछि सासुको व्यावहार नरम हुन थाल्यो, तर लोग्नेको व्यवहारमा कहिले परिवर्तन आएन। सञ्चो बिसञ्चो केही कुराको वास्ता नै थिएन उनका लोग्नेलाई। लोग्नेको माया कस्तो हुन्छ भन्नेसम्म उनले कहिल्यै थाहा पाइनन्।

आफ्ना बाआमा माइती सबै छाडेर जस्को लागि उनी त्याहाँ थिइन्, उसले कहिले पनि जीवनसाथी हुनुको भूमिका नै खेलेन। घरमा स्वास्नी हुँदाहुँदै पनि मनमतीका लोग्ने बाहिर आँखा डुलाउँदै हिड्थे। दुई वटी त स्वास्नी नै बनाएर ल्याए उनका लोग्नेले, अहिले जस्तो जमाना काहाँ थियो र! लोग्नेले जे गरे नि सहनु पर्थ्यो।

लोग्नेबाट त उनको आश भरोसा नै उडिसकेको थियो तर सासु पनि बितेपछि मनमती झन् एक्ली भइन्। घर, गाईगोठ, खेतीपाती, बच्चाबच्ची मनमतीलाई भ्याइ नभ्याइ भयो। छोराछोरी बोकेरै उनले काम धन्दा भ्याउनु पर्थ्यो।

मनमती दिनभरिको थकानले अ्इया अइया भन्दै रातभरि कराउँथिन्। शरीर दुख्छ, निन्द्रा लाग्दैन, तागतिलो खान केही छैन, शरीर सुकेर लौरी भैसक्यो, साना-साना छोराहरु छन्, लोग्नेलाई केही वास्तै छैन। कहिलेकाहीँ मनमतीलाई विष खाएर मरौँ की झुण्डिएर मरौँ भन्ने मनमा आइराख्थ्यो तर छोराहरुको बिचल्ली होला भनेर कहिले त्यस्तो कदम चालिनन्। अब केबल मनमतीलाई छोराहरुको लागि बाच्नु थियो।

विस्तारै छोराहरु हुर्किदै गए, बिहेवारी भयो, सबै छोराहरु परदेश पसे। छोराहरुले बाको मोबाइलमा फोन गरीराख्थे, मनमतीलाई भने कसैले नि फोनमा कुरा गर्न दिदैँनथे। सबैका आ-आफ्ना मोबाइल थिए, मनमतीलाई नि मोबाइल भए त छोराहरुसँग बोल्न पाउथेँ की भन्ने आश थियो।

एकदिन छिमेकीको मोबाइलबाट छोराहरुलाई मोबाइलको रहर लागेको कुरा बताइन् तर छोराहरुले तिम्ले कुरा गर्न जान्दिनौ, त्यही नि यो बुढेसकालमा किन मोबाइल चाहियो र भनेर उल्टै थर्काए। तेत्रो जिन्दगीभर दुख गरेर हुर्काएका छोराहरुले आमालाई नजान्ने देखे, बासँग घन्टौँ कुराकानी गर्दा एकचोटी आमासँग बोल्छु भन्दैनथे।

आफूले हुर्काएका छोराहरु पनि मनमतीलाई टाढा हुँदै गएको जस्तो लाग्यो। कहिले हात समाएर नडोहोर्याएका बालाई जान्ने सुन्ने देखे तर त्यत्रो दुख कष्ट उठाएर सक्षम बनाएकी आमालाई पाखे देखे। हुन पनि मनमतीको जिन्दगी त्यही पाखोबारीमा दुख गरेरै बित्यो। जे-जस्तो भएनि मनमतीलाई मन भुलाउने बाटो थिइ सानी नातिनी काब्या, जतिखेर नि आमा भन्दै पछि लाग्थी।

तर आजको घटनाले मनमतीलाई कहीँबाट पनि मन भुलाउने बाटो दिएन। जिन्दगीभर थकान, दुख कष्ट र पीडाबाट गुज्रिरहेकी मनमतीलाई आराम गर्ने बेलामा यत्रो वचन सहनु परेको थियो। जिन्दगी नै अरुका लागि समर्पण गरिन्, संघर्षले भरिएको जिन्दगीमा एकदिन सुखको साँस फेर्न पाइनन्।

मनमतीले जिन्दगीको अर्थ खोज्न थालिन, अर्थ त केबल समर्पण, अपमान, दुख, कष्ट मात्रै भेटिन्। संघर्ष आफ्नो ठाउँमा थियो तर जिन्दगीको वास्तविक सुख उनले कहिले नि प्राप्त गरिनन्।

फुटेका सिसा उठाउँदै गरेकी मनमती केही समयपछि त्यहाँबाट हराइन्, साँझसम्म सिमा, काब्या र मनमतीका लोग्नेले खोज्दै थिए तर मनमती कहाँ गइन्, कसैलाई पत्तो भएन।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १४:१९
सिफारिस
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

प्रेम प्रस्ताव स्वीकार गर्लिन् त?
शुभकामना!
तिमी जस्तो पो जीवनसाथी!
वाह! पत्थर तिमी महान् छौ
ओ अनुभूतिहरू!
हे युवा हो!

विचार

सम्पादकीय
बालेन शाहको अराजकता सम्पादकीय
जीवन क्षेत्री
भरतपुरले फेरि यसरी छक्यायो गैंडाकोटलाई जीवन क्षेत्री
जीवन क्षेत्री
नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात! जीवन क्षेत्री
नवराज पराजुली
ओशो! नवराज पराजुली

ब्लग

बलराम तिमल्सिना
ताल्चा लागेका दुई कोठा! बलराम तिमल्सिना
दिपक घिमिरे
सरकारको नुन खाने रहर! दिपक घिमिरे
केशवकुमार मलाशी
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?' केशवकुमार मलाशी
विष्णु ज्ञवाली
प्राइभेट जागिर भर्सेस लाेक सेवा विष्णु ज्ञवाली

साहित्यपाटी

सुबास भण्डारी
प्रेम प्रस्ताव स्वीकार गर्लिन् त? सुबास भण्डारी
Hamropatro inner
Hamropatro inner
नारायण खड्का
शुभकामना! नारायण खड्का
आशिष खनिया
तिमी जस्तो पो जीवनसाथी! आशिष खनिया
जीवनदास सुनार
वाह! पत्थर तिमी महान् छौ जीवनदास सुनार

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP