रो छातीमा श्रमको धार राखेर,
सम्झौता अनि कागजमा पोको पारेर।
फालेका छौ मलाई जहाजमा उडाएर,
बन्जर मरुभूमिमा धूलो झैँ मानेर।
मेरा सपनाहरु रेमिटेन्स बनाइ,
हैकम चल्यार खाएका छौ।
कसैको ध्यान पुग्दैन यहाँ के छ भनेर,
म मरिरहेछु तिमीहरू चुसी राख्।
ठूला ठूला स्रष्टा अनि मिडिया पनि,
कुर्चीको गुन गान गरेर हिड्ने गर।
म मरुभूमिमा जलीरहन्छु, तिमीहरु जलाईराख,
अनि आफ्ना झोलेहरुलाई मेरो पसिना चुसाईराख।
मेरो चित्कार जति भए पनि,
कानमा कपास अनि छातीमा पत्थर राख।
जबसम्म मेरो लास बाकसमा बन्द हुँदैन,
तिमीहरू मस्त सुत अनि नांगो नाच नाची राख।
तिमीहरू सक्छौ भने बाकस भएपनि,
मेरो आँगन डिलसम्म पुराईदिनु।
त्यो पनि सक्दैनौ भने म बाकसमा सड्छु,
तिमीहरू बहाना बनाउँदै मेरो देश लुटी रहनु।।