बलात्कार! बलात्कार! बलात्कार!
शब्द सुन्दा पनि अत्तालिन्छ यो मन
छटपटाहट हुन्छ अनि दिमाग घुम्छ फन फन
दिनदहाडै हुन्छ किन नारी अस्मितामाथि खेलवाड
न त छोडे सात वर्षकालाई नत सत्तरीकालाई
गिद्धे नजर लगाउनेहरू
छैनन् र कतै तिनका छोरी आमा र दिदीहरू?
छोरी मात्रै संस्कारी खोज्ने पुरूष प्रधान मेरो समाज
छोरीको पहिरन बदल्ने तिम्रो सोंच र मानसिकतालाई धिक्कार छ
खोट छोरीको पहिरनमा होइन, छ तिम्रो छोराको दृष्टिकोणमा
सिकाऊ छोरालाई नारीको इज्जत गर्न
कोशिश गर समाजको मानसिकता र दृष्टिकोण बदल्न
किन बढ्दैछ जताततै नारी हिंसा
कहिले एसिड काण्ड त कहिले बलात्कार
घरमा छ त्रास त्यस्तै भो बाटाघाटा
सुन्दैन चित्कार देख्दैन आँसु बगेको
भगवान भएछ बहिरा अनि कानुन अन्धा
थाहा छैन किन मौन छ सरकार
नारी चित्कार सुन्दैनन् दिनदहाडै भाको छ बलात्कार
रगतको आँसु बगाउॅदा पनि नारी अस्मितासँग खेल्दैछन् नर पिचाश
बनाउ कठोर कानुन, झुन्ड्याउ बलात्कारीलाई
बेथिती हटाउ नछाड अपराधीलाई बिन्ती छ,
ठोक गोली छानीछानी बलात्कारीलाई
ठोक गोली छानीछानी बलात्कारीलाई!