भित्ते घडीले टक्...टक्... ध्वनी प्रवाह गरेपछि मेरो आँखा घडीमा पुग्यो। राति १ बजेर पाँच मिनेट भएको थियो। किन-किन, आजको आधा रात ओछ्यानको छेउसम्म पुग्दै, कोल्टे फेर्दै घडीले रातिको १ बजेको काँटा काटीसकेको थियो।
म ओछ्यानमा निदाउनका लागि बाहना खोज्दै थिएँ। तर यो रात पनि मेरो लागि दिन सरह व्यवहार गर्दै थियो। बाहिर कुकुर भुकिरहँदा झन् निद्रा लागेन्। आज म मेरो अतितलाई सम्झिदै थिए। मसँग १ वर्षदेखि भइरहेको घटनालाई स्मरण गर्न थालेँ।
म मेरो परिवारमा कान्छी छोरी, आमाबुवाले धेरै माया गर्ने। बुवा वैदेशीक रोजगारमा गएको कारण आमासँग म घरमा बस्थेँ। मेरो दाइ पढाइको लागि घर बाहिर बस्नु हुन्थ्यो। म पढ्नमा अब्बल भएको कारण आमाबुवाको प्रेरणा बनेकी थिएँ। मेरो पढाइलाई अझ राम्रो बनाउनको लागि होम ट्युसन राखिदिनु भयो।
म ठूलो भएर डाक्टर बन्छु भन्थेँ। यसरी नै मेरो सपना साकार पार्नको लागि म कक्षा आठमा पुगिसकेको थिएँ। मेरो उमेर १४ वर्ष भएको थियो। म बिहान आफै पढ्थेँ। त्यसपछि विद्यालयबाट ४ बजे घर फर्केपछि मेरो शिक्षक घरमै आउनु हुन्थ्यो। खाजा खाएर दुई घण्टा होम ट्युसन पढ्थेँ। म पढ्न थालेपछि आमा आफ्नो काममा व्यस्त रहनु हुन्थ्यो। यसरी नै मेरो दैनिकी बित्दै गयो।
केही दिनपछि सरले मलाई फरक व्यवहार गर्न थाल्नु भयो। पढाउँदै गर्दा गाला छुन थाल्नु भयो। त्यो व्यवहार मलाई मन परेको थिएन र पनि म मौन भएर पढ्न थाले। सधैँ झैँ उहाँले पढाउने बेलामा आफ्नो हातलाई मेरो गालामा लानु भो। धेरै राम्रोसँग पढ्दै छौ भन्दै गालामा किस गर्नुभयो। मैले यस्तो गर्दा नकार्न नसक्दा पनि त्यो व्यवहार मलाई मन परेको थिएन। किनकी मेरो लागि ममा बोल्ने आँट थिएन। म कसैलाई केही भन्न पनि सकेको थिइनँ।
उहाँले मलाई समय समयमा धम्की दिनु हुन्थ्यो की हामी बीचको कुरा कसैलाई सेयर नगर्नु भनेर। सरको यस्तो व्यवहारको कारण अब मलाई सरसँग पढ्न मन लाग्न छोडेको थियो। सहनु पनि कति? एक दिन, आमालाई यो कुरा सुनाउछु भनेर आँट गरेँ तर त्यो आँट पूरा हुन नपाउँदै मेरो जीवनमा नसोचेको घटना घट्यो।
जब म विद्यालयबाट फर्केर खाजा खाइसकेको थिएँ, आमा तरकारी किन्न बजार जाँदै छु भन्दै झोला बोकेर बजार जानु भयो। म घरमा एक्लै थिएँ। त्यो दिन मलाई ट्युसन पढ्न पनि डर लाग्दै थियो। घरमा एक्लै भएको र सरले मलाई गरेको व्यवहार सम्झिदै थिएँ। त्यतिकैमा ढोकाबाट ढक्... ढक्... ढक्... आवाज आयो।
म डराएको थिएँ। ढोका खोल्नको लागि मेरो मनले अनुमति दिरहेको थिएन। त्यतिकैमा बाहिरबाट आवाज आयो, ढोका खोल्नु भनेर। सरले ढोका खोल्नको लागि मेरो आमालाई बोलाउनु भयो। आमा बजार जानु भएको कारण म डराउँदै केही बेर ढिला गरेर ढोका खोल्न गएँ।
ढोका खोल्न किन ढिलो भयो? भन्दै सरले प्रश्न गर्नु भयो। प्रतिउत्तर दिदैँ म भित्र टिभी हेर्दै थिएँ, त्यहीँ भएर सुनिनँ भनेँ।
अनि आमा खै त? हत्तपत्त मेरो मुखबाट जवाफ निस्कियो– आमा त तरकारी किन्न बजार जानु भयो।
सरले खुसी हुँदै भन्नुभयो- जाउँ, ढिलो भयो ट्युसनको लागि।
मुख्य ढोकाबाट नै मलाई समातेर भित्र पढ्ने कोठामा लग्नुभयो। म पनि डराउँदै किताब निकालेर पढ्न बसेँ। आज घरमा आमा नभएको कारण मेरो मनमा डर उत्पन्न भइसकेको थियो। जीउ पूरै तातिसकेको थियो र काम्न सुरु भइसकेको थियो। म एकदमै डराएको थिएँ। बोल्दा पनि कामी रहेको थिएँ।
सरले त्यतिकैमा भन्नु भयो- तिमीलाई धेरै राम्रोसँग पढाउँछु। त्यो कुरा सुन्ना साथ म झन् काम्न थालेँ। योभन्दा अगाडिको दिनमा सरले देखाउने व्यवहारले गर्दा म झन् डराएँ। मेरो नजिक गएर दुइटै हातले कसेर मलाई समात्नु भयो र आफ्नो हातले मेरो शरीरलाई सुम्सुमाउन थाल्न भयो।
मलाई धेरै अप्ठ्यारो महशुस भइरहेको थियो। तर मुखबाट आवाज निस्कीरहेको थिएन। हिम्मत गरेर मलाई तपाईसँग ट्युसन पढ्नु छैन, छोढ्नु मलाई भन्दै बेस्सरी कराएँ। र उसको अँगालोबाट निस्किनको लागि मेरो शरीरमा भएको सबै बल प्रयोग गरेँ।
तर म १४ वर्षकी बालिका र ऊ ३५ कटेको पुरुष। मेरो बल उसको अगाडि हात्तीको अगाडि कमिलाको तुलना जस्तै भयो। म जोरले कराउन थालेँ, उसले मेरो मुख आफ्नो हातको बलले बन्द गरिदियो र धेरै कराइस् भने मारिदिन्छु भन्यो। म डराएर रुन थालेँ।
उसले एकचोटि पनि आवाज निकालिस् भने तलाई मारिदिन्छु र त्यति मात्रै हैन, विद्यालयमा मेरो विषयको परीक्षामा फेल गरिदिन्छु पनि भन्यो। ममाथि मेरो बुवाआमाले धेरै विश्वास गरेको कारण मौन भएँ। म केही बोलिनँ, खाली आँखाबाट आँसु मात्रै झारिरहे। मेरो मौनताको उसले भरपूर्ण फाइदा उठायो।
विस्तारै उसले मेरो ओठमा गएर किस गर्यो। मेरो लुगा फुकाल्न थाल्यो। मेरो लुगालाई उसले माथि सार्दै गर्दा मैले फेरि रोक्न प्रयास गरेँ। उसले फेरि मलाई त्यहीँ कुराको धम्की दियो जुन कुरा अगाडि पनि भनिसकेको थियो। फेरि चुप लागेँ। उसले मेरो लुगा फुकाल्न थाल्यो। म केही नबोलीकन उसको इशारामा नाच्न थालेँ।
उसले मसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्यो। मलाई सहनै नसक्ने पीडा दियो। गुरु भनिने शिक्षकको नामलाई बदनाम गर्दै मलाई लुटिरह्यो। आफ्नो हवस पूरा गर्नको लागि मलाई भएको पीडाले उसलाई कुनै फरक परेन। मेरो कलिलो अङ्गलाई विक्षप्त पारिदियो।
त्यो समय मेरो लागि निकै पीडादायीक थियो। मलाई धेरै पीडा भयो। मेरो शरीरलाई कसैले नदिएको पीडा उसले मलाई दियो। मेरो आँखाबाट आँसु बगिरह्यो। उसले आफ्नो प्यास मेट्नको लागि आफ्नो तर्फबाट मेरो मुर्दा जस्तै केही नबोल्ने शरीरसँग खेलीरहयो।
आज मेरो घरमा आमा भएको भए यस्तो हुने थिएन। म मेरो इज्जतसँग यसरी खेलवाड गर्न दिने थिइनँ भन्ने कुरा खेल्दै थियो। मलाई पीडा भएपनि उसले आफ्नो यौन तृष्णा मेटायो र आफ्नो लुगा लगाउँदै मलाई पनि लुगा लगाउन भन्यो।
त्यतिकैमा ढोकाबाट ढक्... ढक्... आवाज आयो। आमाले ढोका खोल्नको लागि भन्नु भयो। म आफ्नो पीडा आमालाई सुनाउँछु भन्दै दौडिदै ढोकातिर दौडेँ। उसले मेरो हात समात्यो र फेरि मुख बन्द राख्नको लागि धम्की दियो। फेरि ढोकाबाट आवाज आयो। कुद्दै गएर ढोका खोल्नको लागि गयो।
आमाले ढोका खोल्न किन ढिला भयो सोध्नै लाग्दा मेरो शिक्षकलाई देखेरे पढाइ कस्तो हुँदैछ भनेर सोध्नु भयो। हतारमा जवाफ दिदैँ धेरै राम्रो, एकदम राम्रोसँग पढ्दै छिन्। उनी आफ्नो कक्षामा पनि सबैभन्दा राम्रो रहेको बतायो। मेरो शरीरसँग खेल्ने शिक्षकले आमाको अगाडि सत्य प्रशंसा गर्न अक्मकाएन। छोरीको प्रशंसा सुन्दै चिया बनाएर आउँछु भन्दै आमा भान्सामा जानु भयो।
म डराउँदै त्याहाँबाट जान खोजेँ। उसले मेरो हात समातेर हामी बीच भएको कुरा बारे कसैलाई सुनायौ भने तिमीलाई परीक्षामा फेल मात्रै गर्दिनँ, त्यो भन्दा पनि नराम्रो गर्छु। त्यहीँ भएर आफ्नो मुख बन्द राख भन्दै धम्की दियो।
यो कुरा सम्झिदै म ओछ्यानमा पल्टिरहँदा मेरो सिरानी चिसो भएसकेको मैले थाहा नै पाइनँ। करिब १ वर्ष भयो, उसले मेरो शरीरसँग खेलवाड गरेको। आजको रात यो कुराहरु सोच्दा निन्द्रा लागि रहेको छैन। म सोच्दै छु, मेरो शरीरमा उसले अधिकार जमाउँदा म मौन किन बसेँ?
एक वर्षमा उसले मसँग कैयौँ पटक यौन सम्बन्ध राख्यो। मेरो आमाको अगाडि मेरो विवशतालाई नतोडेको कारण म आफै माथि अन्याय गरिरहेको मेरो मनले मलाई भनीरहेको छ। आमासँग सबै कुरा सेयर गर्नेु आँट आएको छ। आज मेरो मौनतालाई तोडी आफ्नो अधिकारको लागि लड्ने हिम्मत गरिसकेको छु।
आमालाई सबै कुरा भनी आफ्नो शिक्षकलाई सजाय दिलाउने र आफू न्याय पाउनका लागि मौनता तोड्ने निधो गरिसकेँ। 'मेरो शरीरमा तिम्रो गिद्धे नजर कहिलेसम्म? सहन्छु म जहिलेसम्म।' अब मलाई मेरो परीक्षामा फेल गरिदिने डर हटाउनु पर्छ। आफ्नो लागि आफै लड्नुपर्छ।
बलात्कारलाई इज्जतसँग जोडेर हेर्दा यो पापीले मजस्तै अरुलाई पनि यस्तै गर्दो होला भन्ने कुरा सम्झेँ। आज मैले सहँदा, उसको पनि मन बढीरहेको छ। त्यसैले मौनता तोड्दै न्यायको खोजीमा हिड्ने आँट गरिसकेँ।
यति सोच्दै गर्दा घडीले बिहान ३ बजेको सुईलाई पनि काटिसकेको रैछ। अब निदाउनका लागि सिरानीलाई कसेर समाउँदै निदाउने प्रयास गर्न थालेँ।
(यो कथा काल्पनिक भए पनि, समुदायमा भइरहेका यस्ता घटनालाई चित्रण गरी देखाउन खोजेको हो।)