कविता
के पूर्व, के पश्चिम,यस देश भित्र कै हुँ।
सुदूरको सुन्दरपश्चिम हुँ म ।।
नौ जिल्ला,चौतिस नगर,चौउन्न गाउँ।
अनेकौं छन् यहाँ पर्यटकीय ठाउँ।।
ठाउँपिच्छे आफ्नै छ मौलिकता।
अद्भुत छ प्रकृति र संस्कृतिको विविधता।।
अनेकतामा एकता मेरो हो पहिचान।
सुदूरपश्चिमले देश मा राखेको छ आफ्नो शान।।
हाम्रा सुख दुःख का कथा व्यथा साझा छन्।
देवी देवता त हुने नै भए, हाम्रा नेता नि साझा छन्।
देवभूमि पवित्र भूमि हो सुदूरपश्चिम।
स्कन्द पुराणमा पनि भनिएको यो क्षेत्र मानष खण्ड पो रहेछ।
सिरमा छन् अपि र साइपाल हिमाल।
तराईमा छन् शुक्ला र चूरे भावर तलका घाँसे मैदान।
त्यहीँ छन् बाह्रसिंगेका बथान र चराचुरुङ्गीको झुन्ड तमाम।।
मध्य पहाड बीच बगि रहेछ कर्णाली।
पूर्व तिर सेती र पश्चिममा महाकाली।।
कर्णाली पुल देखि दोधाराको झोलुङ्गे पुल सम्म,
अनेकौं छन् प्राकृतिक, मानव निर्मित आकर्षण।।
यतै छिन् भगवती माताका सात दिदी बहिनीहरूको बासस्थान।
बडिमालिका,मेलौली, डिलाशैनी,निंगलाशैनी,उर्गतारा,
त्रिपुरा र शैलेश्वरीका छन् यहाँ तीर्थस्थान।।
आराध्य देव शिव,विष्णुका अनेकौं छन् मठमन्दिर र धाम।
सिद्धनाथ,वैजनाथ,सहश्रलिङ श्रीबेताल,अषिग्राम धटाल, भागेश्वर,
मालिकार्जुन आदि का मन्दिरसँगै रहेका छन्
भमकेनी, रामेश्वर,साकेत, वैद्यनाथ र परशुराम धाम।।
खप्तड को छ आफ्नै पौराणिक महिमा।
अतुलनीय जौविक वनस्पति को हो यो खजाना।।
अलौकिक आध्यात्मिक योगको हो यो ठाउँ।
खप्तड बाबाले दिव्य शक्ति प्राप्त गरेको स्थान।।
१२ कुन्ड, १८ बन्डले ढाँकेको छ रामारोशन वरिपरि।
अद्वितीय छ भागेश्वर धुरा र रानीखर्कको प्राकृतिक छटा।
तालैताल ले भरिएको चुरे र तराईको फाँट।
झिलमिला, वेदकोट, बन्दा,आदि सँगै छ घोडाघोडी ताल।
गौरवशाली थियो डोटी राज्यको ऐतिहासिक पृष्ठभूमि।
साक्षी झैं देख्न पाइन्छ,पञ्चदेवल,अजैमेरू कोट र विभिन्न किल्ला गढी।।
तराईमा थारू र पहाडमा व्यासीहरू का छन् साँस्कृतिक पहिचानका गाउँ।
हेर्न सकिन्छ, घरवासका सफल नमूना, कैलालीको भादा र कञ्चनपुरको नयाँबस्ती कटान।
यहाँ को खानाको आफ्नौ छ मौलिकता र स्वाद।
गतेनी डुप्का र माडा, ढिकरी र घुँगी सँगै फापर र माछा का अनेकौं छन् स्वादिला परिकार।।
ताजै छन् कर्णालीका माछा, ऐंसेलु पहाडका।
कैलाली कञ्चनपुरका केरा, भन्दा के कम छन् सुन्तला जोराइलका।।
यहाँ पाइन्छ अनेकौं जातिहरूका रितिरिवाजका गाथा।
वर्षौंदेखि जोडिएका छन् थारु र पहाडी बीच मितेरी को नाता।
गौरा र माघीमा डेउडा र सखिया ले बाँधेको साथ।
सदैव बनी रहोस् मेरो अखण्ड सुदूरपश्चिमको यो साख।।