Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, भदौ १०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

विश्वासघात

दीपबहादुर बडुवाल 'दीपक'

दीपक बडुवाल।
दीपक बडुवाल।

डा. कोइरालाको  नर्सिङहोमको आइसियूमा आधा खुलेको आँखामा रोकिएको आँसूको थोपा। आज संवेदनहीन छ निर्मला।

उनको जीवन गम्भीर समस्यामा छ। जो जसलाई थाहा हुन्छ दगुर्दै आउँछन् उनलाई भेट्न। 

कति मानिसहरू वरिपरि जम्मा भएका छन्, जो आइसियू भित्र आउँदैछन् उनलाई एक पछि अर्को हेर्न, तर उनी कसैलाई देखिरहेकी छैनन्, केही भनिरहेकी छैनन्। कहिले कसैको निन्दा त कहिले कसैको प्रशंसामा पंचमुख हुने, कहिले चुप लागेर नबस्ने, झगडा गर्ने, हाँसो ठट्टा गर्ने निर्मला आज मुश्किलले सास फेरिरहेकी छन्। 

जनक बाहिर छ, बुढेसकालमा पनि उसको सुन्दरतामा कुनै कमी आएको देखिन्न। आज त अझ ह्याण्डसम देखिएको छ, यस्तो विचलित अवस्थामा समेत। 

आमा भन्नुहुन्थ्यो कि यदि सुन्दरता यस्तो समयमा उदाउँदछ भने जीवन साथीलाई लगेरै नै जान्छ रे। त्यसो भए के निर्मला बाँच्ने छैन? 

सृजनाको मन धक्क भयो र एक्कासि त्यो दिनको सम्झना आयो जब निर्मला र जनकले बिहे गरेका थिए। 

आजभन्दा ठिक दश वर्ष, दुई महिना र चार दिन अगाडि। तर तिनीहरूको प्रेम कहानी त यो भन्दा पनि धेरै वर्ष पुरानो थियो।

पहिलो पटक दुबैको भेट पोखरामा भएको थियो, एउटा अन्तर्वार्ताको दौरान। 

संयोगवश, दुबैको नियुक्ति पनि  समान कार्यालयमा हुन गएको थियो, साथै प्रशिक्षण पनि थियो र पोष्टिङ पनि एउटै शाखामा भयो। 

अनि के, अब त उनीहरू सँगै खाजा खाने, जता गए सँगै जाने। निर्मला त जनकलाई देख्ने बित्तिकै मोहित भएकी थिई।

त्यतिबेला नै उसले त्यो गोरो, सुन्दर, बलिष्ठ जिउडाल भएको र गुलाबझैं फुलेको व्यक्तित्वको मालिकलाई आफ्नो बनाउने निर्णय गरिसकेकी थिई। 

‘कहाँ त्यो र कहाँ तँ ? त्यसमाथि ऊ अर्कै जाति धर्मको! तँ कसरी उसलाई आफ्नो बनाउन सक्छस् ?’ 

आफ्ना साथीहरूको यस्तो प्रश्नमा निर्मलाले भन्ने गर्थी, ‘हेरौं न, प्रयास गर्नमा के नै जान्छ र ?’ 

तिनीहरू दुबै बेमेल जोडीका रूपमा चिनिन्थे, कुनै समानता थिएन। जनक धेरै सुन्दर र आकर्षक थियो भने निर्मलाको रूप सामान्य नै थियो। जनकको छाँटबाट टिपटप रहने थियो भने निर्मलाको त्यति थिएन। 

उनले श्रृंगार गरे पनि जनकको सामु त्यति सुन्दर देखिन्न थिई।

निर्मलाको अँध्यारो रंग, कडा अनुहार, ठूलो आँखा, खुला ओठबाट बाहिर उँचाएका दाँतहरू देखेर, मान्छे तिनीहरूलाई काग र हंसको जोडा भनेर गिज्याउने गर्थे। बाटोमा उसको निन्दा हुन्थ्यो, गीतहरू गाइन्थ्यो तर यस्ता कुराहरूको निर्मलामाथि कुनै प्रभाव हुँदैन थियो। 

सम्पन्न घरको जनक, जसले आफ्नो नाकमा माखो बस्न दिँदैन त्यसले निर्मलालाई आफ्नो जीवन साथी बनाउला त ? भनेर साथीहरूमा चर्चा हुने गर्थ्यो। 

तर भनिन्छ नि, संसारमा असम्भव भन्ने केही छैन रे। भित्री मनबाट चाहेको कुरा पूरा हुन्छ यदि त्यसमा शक्ति र विश्वास छ भने। 
सृष्टिले नै त्यो कुरा पूरा गर्नमा मद्दत गर्छ। त्यै भयो निर्मलाको साथमा पनि। 

निरन्तर जनकको अगाडि पछाडि घुम्दै, आफ्नो पागलपनसँग लडेर आखिर उसलाई आफ्नो बनाएर छाडी। जनकको लागि कहिले कुखुराको मासु त कहिले अरू स्वादिष्ट खाना ल्याएर आउने गर्थिन्। 

उसलाई उपहार दिनको लागि रंगीन सर्ट वा बहुमूल्य परफ्यूम आदि ल्याउने गर्थिन्। जनकलाई पन्छाउन ऊ जे पनि गर्न तयार हुन्थिन्।

निर्मलाको उच्च मनोबल, प्रेममा उनको बलियो विश्वास र जनकको पछाडि लागि रहनाले रंग ल्यायो। बिस्तारै, तिनीहरूबीच निकटता  बढ्दै गयो। 

जनकले निर्मलालाई माया त गर्थ्यो तर कुटाई पनि राम्ररी गर्थ्यो। छक्कलाग्दो कुरा के छ भने विवाहअघि नै जनकले धेरैचोटि चिच्याउने र हात उठाउनेसम्म गरिसकेको थियो। 

तर, निर्मला आफ्नो दृढ संकल्पबाट बाधित थिइनन्। यो सबै देखेर उसकी प्रिय सखी सृजनाले भनिन् पनि, ‘तेरो बुवाले भनेको केटासँग बिहे गर खुसी रहनेछस्’, तर निर्मलालाई त जनकको कुटाइमा पनि माया न देखिन्थ्यो। 

परिणाम, सृजनालाई स्वीकार गर्नुको सट्टा ऊ उनीसँगै  रिसाएर गइन्।

जनककी आमाले ठूलो सपना देखेकी थिइन् कि उनले आफ्नो राजा छोराको लागि एक परी राजकुमारी ल्याउने छिन्।

आफ्नो कुलदीपकको विवाहको सम्मानको कल्पना गरेर र उपलब्ध सामानहरू गणना गरेर बुवाले दिमागलाई उज्यालो पार्नु हुन्थ्यो। तर तिनीहरूको सबै सपना माटोमा मिसिए।

बाबुआमाले जनकलाई सबै तरिकाले मनाउने कोशिस गरे तर जनक निर्मलाबाहेक अरू कसैसँग विवाह गर्न तयार भएन।

आमाबुवा, कुल, परम्परा, आफन्तहरू, सम्बन्धहरू कसैको चिन्ता नगरी अन्तर्जातीय विवाह गरेर जनकले निर्मलालाई भित्र्यायो। 

अन्ततः बाबुआमाले पनि आफ्नो मुटुमा ढुंगा राखी यो विवाहलाई स्वीकार गर्नै पर्यो।

यस्तो बेमेल जोडीलाई देख्दा जो पनि छक्क पर्ने गर्थ्यो।

यदि बाबुआमाले त्यस्तो केटी ल्याएको भए, मान्छेहरूले दाइजोको लोभमा केटाको बली चढाएको हो भन्थे होलान्  तर जब केटा आफैंले मन पराएर ल्याएको छ भने कसले के भन्ने ? प्रेम अन्धा हुन्छ र हृदयले जे मन परायो त्यही सुन्दर देखिन्छ भन्थे, हो रै छ।

रूप र गुणले शून्य निर्मलाको स्वर पनि नमीठो थियो। तै पनि, उसको प्रभुत्व यति थियो कि कुनै पनि व्यक्तिले उनलाई न तुच्छ वा घृणा गर्न सक्थ्यो, न ठूलो स्वरमा कुरा गर्न सक्थ्यो।  न जनकको अगाडि, न उसको पछाडि नै।

जनकका सोझा सीधा आमाबुबा लामो समय बाँचेनन्। मनमा यो आघात लुकाउँदै, आफ्नो टाउको झुकाएर, उनीहरूले संसारबाट प्रस्थान गरे। व्यवहारमा एकदम शान्त र कोमल देखिने जनक सुरूदेखि अहंकारी र छिटै  रिसाउने बानीको थियो तर उसको मनमोहक मनोवृत्ति थियो।

घन्टौंसम्म ऐनाको अगाडि उभिरहन्थ्यो। उसको ड्रेसिङ टेबल पुरूषको सौन्दर्य प्रसाधनहरूले भरिएको हुन्थ्यो। 

निर्मलालाई त कहिल्यै ऐना हेर्न पनि मन पर्दैन थियो। आफ्नो कपाल एउटा सानो रबर ब्यान्डले बानेर राख्ने गर्थिन्। उनी कहिलेकाहीँ ऐनामा झिकेर आफ्नो थोप्लो वा लिपस्टिक सच्याउँथिन्, त्यत्ति नै हो। 

बिस्तारै दिन बित्दै गए। समय सँगसँगै उनीहरूको पनि परिस्थिति बदलिँदै गयो। आपसी विरोधाभासहरू देखा पर्न थाले।

एक अर्कालाई पाउनका लागि जो जो त्याग गरेका थिए त्यो उनीहरूको मनको अधुरो अचेतन गुफाबाट बाहिर निस्किन थाल्यो।

तिनीहरूको प्रेम आँधीबेहरी थियो। उनीहरूले आफूले चाहेको कुरा पाएका थिए, तर पाएकोमा खुसी हुनुको सट्टा, उनीहरूले आ-आफ्नो घमण्ड देखाउँदै झगडा सुरू गर्न  थाले, ‘मलाई के तिमी भन्दा राम्रो जीवनसाथी मिल्ने थिएन र ?’

प्रेम हराइसकेको थियो, सम्बन्धहरू बोझ बन्न पुगेका थिए। 

निर्मलालाई थाहै भएन कहिले जनकले अरु कसैलाई मन पराउन थालेछ। जो श्रीमानलाई यति कठिनाइको साथ पाएँ, यति जोगाएर राखें, उसलाई अरू कसैले आकर्षित गर्योो भन्ने सोचेर ऊ अत्यन्त पीडामा थिई। 

उनले बाहिरबाट मुस्कुराउँदै असहनीय यातना भोगिरहेकी थिइन्। उनलाई केही गर्न मन पर्दैन थियो। दिमागमा थरी थरीका कुराहरू अनियन्त्रित आँधीबेहरीझैं आउन थाले। 

आफ्नो पतिमा भएको परिवर्तन देखेर उनी रुन्थिन्। अब पतिलाई व्यवस्थित लुगा लगाएर चट्ट परेको हेर्दा ऊमाथि मुग्ध हुनुको सट्टा भित्रै भित्र जलेर खरानीमा परिणत हुने गर्थी। 

एक समय जनकले उनको लागि संसारमा उथलपुथल गरेको अहिले सपना जस्तो देखिन्थ्यो। अब प्रेम सुकिसकेको थियो, हिलो मात्र बाँकी थियो, जसमा ती दुबै ठूलो चर्को आवाजमा भ्यागुताझैं कराइरहन्थे।

'जनक, तिमी किन सुन्दैनौ ? मेरो कुराले तिमी माथि किन प्रभाव पार्दैन? '

'तिमीसँग एउटै मात्र राग छ, त्यही बजाई रहन्छ्यौ सधैं।'

'सुध्री जाऊ न त फेरि, किन गर्छौ यस्तो ?'

‘तिमी सुध्री जाऊ, नत्र एक दिन पछुतो हुनेछ तिमीलाई’ जनक क्रोधको साथ कराउँथ्यो, अनि जो व्यंग्यात्मक वाणको हानाहान हुन्थ्यो भयानक गृहयुद्ध जस्तो, अन्त्य नहुने गरी।

अब थाकी र हारिसकेकी निर्मलाले निश्चित मानी सकेकी थिई कि त्यसै बोक्सीले जनकलाई वशमा गरेको हुनुपर्छ। उनी सबैलाई बताउँथिन्, उसलाई सार्वजनिक श्राप दिन्थिन्। थाहा छैन उनका शब्दहरू कति सत्य थिए।

केही कणहरू बोएका र छरिएका पनि थिए जसबाट बाहिर आउन उनीहरूको नियन्त्रणमा थिएन। सम्बन्धको पानामा यति धेरै प्वालहरू थिए कि टालो लगाउने ठाउँ पनि बाँकी थिएन। 

अन्ततः निर्मला आफ्नो साथी सृजनालाई भेट्न पुगिन्। उनी धेरै निराश थिइन्। 

भेट्नेबित्तिकै कुनै भूमिका बिना उनी स्तब्ध आवाजमा बोल्छिन्, ‘तैंले ठिक भन्थिस् सृजु! यदि त्यतिबेला मैले तेरो कुरा मानेको भए आज यस्तो अवस्था हुने थिएन।’

‘हो त नि, तर त्यतिबेला त तेरो टाउकोमा प्रेमको भूत न सवार थियो।’

‘बुद्धि बिग्रेको थियो मेरो, के गर्ने ? अब त यस्तो लाग्छ कि कसैले कसैलाई माया नगरोस्, माया गरे पनि उनीहरूले विवाह कहिल्यै नगरून्।’

सृजनाले निर्मलालाई चकित भएर हेरिरहेकी थिई। जनकसँग विवाह नगर भन्दा निर्मला उनीसँग रिसाएकी थिई।

आज, यति धेरै वर्षपछि, उनले आफ्नो राम्रो नराम्रो छुट्याउन थालेकी छे, तर अब धेरै ढिलो भइसकेको छ। जीवनमा पछाडि फर्कन सकिँदैन। निर्मलाको आँखाबाट निरन्तर अश्रुप्रवाह जारी थियो।

शरीरमा बहुमूल्य पोशाक र गहना, चल र अचल सम्पत्तिको मालिक हुँदाहुँदै पनि आज निर्मलालाई केही पनि आफ्नो महशुस भइरहेको थिएन। आफैंले रचेको विपत्तिको आँधीबेहरीबाट गुज्रँदै डर र त्रासले व्याकुल निर्मला बारम्बार एउटै  कुरा दोहोर्याइ रहेकी थिई :

‘मलाई मार्नेछन् तिनीहरूले, एक दिन तँ हेर्नु।’

‘तँ यसो किन भन्दै छस् ? जनकले त तँलाई कति धेरै माया गर्छ। तेरो लागि सबै बन्धनहरू तोडेको थिएन र उसले? याद गर, तँ एकदिन अफिसमा नआउँदा के गरेको थियो उसले  … '

सृजनाको कुरा रोक्दै निर्मलाले लामो सास फेरिन् र भनिन्, ‘त्यो अर्कै जनक थियो सृजु...! अब त उसले धेरै चोट पुर्याउँछ। मलाई देख्न पनि चाहँदैन।’

उसलाई दुःख थियो कि जीवन जुन रूपमा आएको थियो  उसलाई सुन्दर बनाउन सकिन र हातमा आएको चन्द्रमालाई रोक्न सकिन। 

आफ्नो असक्षमताको बोझ सधैंजसो अरूको काँधमा राख्न चाहिन् निर्मलाले, ‘सृजु, तैंले बुझाउने प्रयास गर न जनकलाई, तेरो भनेको मान्छ कि!’

‘हुँदैन...हुँदैन..! म यो कसरी गर्न सक्छु ? एकचोटि तँलाई बुझाउने कोशिस गरेकी थिएँ, त्यसबेलाबाट आज भेट्न आइस्। त्यसै पनि भन्छन् कहिल्यै पतिपत्नीको झगडामा बोल्नु हुँदैन रे।’ कान समात्दै सृजनाले भनिन्, ‘तिमीहरू आफैं यस समस्याको समाधान खोज, विगतका तीतो कुरा बिर्सिएर नयाँ जीवन सुरू गर।’

त्यसबेला धेरै शुभकामनाहरूको साथमा निर्मलालाई बिदा गर्दा सृजनालाई कहाँ थाहा थियो र आज आफ्नो सखीलाई यस अवस्थामा भेट्छु होला भनेर! 

साँझले आफ्ना किरणहरू समेटिरहेको थियो। निर्मलाले आफ्नो अन्तिम सासहरू गनिरहेकी थिई र पल-पल निर्मलाको शरीर शिथिल भइसकेको थियो। 

सृजना भक्भकाउँदै  रून थालिन्, तर जब उनले अश्रुपूरित दृष्टिले जनकलाई हेरी उनको रूवाइ घाँटीमा नै अड्कियो। चिरवियोगको यस कठिन समयमा पनि जनकको अनुहारमा कुनै झिम्का थिएन, कुनै शोकको छाया थिएन। 

निर्मलाबाट छुटकारा पाएर उसले शान्तिको सास फेरेजस्तो देखिन्थ्यो। धिक्कार छ, पालेको कुकुर बिरालोको विछोड त बर्दास्त हुँदैन भने, यहाँ त आफ्नै पत्नीको यति धेरै वर्षको विछोड हुँदा पनि कुनै दुःख छैन। 

यदि निर्मलाले नभनेको भए सृजनाले यस्तो अवस्थालाई सामान्य मान्ने थिइन। तर अब उनलाई सबै गडबडी महशुस भइरहेको थियो। डाक्टरहरूले पनि यस्तै भन्दै थिए, यो सामान्य मृत्यु थिएन। त्यसो भए के थियो त ? बाटोबाट हटाउने दुष्चक्र? तर यस्ता दुष्ट र चलाख व्यक्तिहरूको झूट त मेसिनले पनि पक्रन सक्दैन र सत्य बोल्नेहरू झूटा हुन् भनेर प्रमाणित हुन्छन्।

सायद कसैलाई थाहा हुने छैन कि निर्मलालाई के भएको थियो होला भनेर। जे भयो, राम्रो त भएन, तर के गर्न सकिन्छ ? सृजना निराश भइन्। यो जीवन कस्तो क्षणिक छ। यहाँ स्थायी केही पनि रहेन छ।

अझै थाहा छैन हामी केको घमण्ड गर्छौं ? आज निर्मला छैनन् र त्यै जनकको आँखामा आँसुको एक थोपा पनि छैन।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १४:२१
सिफारिस
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

प्रेम प्रस्ताव स्वीकार गर्लिन् त?
शुभकामना!
तिमी जस्तो पो जीवनसाथी!
वाह! पत्थर तिमी महान् छौ
ओ अनुभूतिहरू!
हे युवा हो!

विचार

सम्पादकीय
बालेन शाहको अराजकता सम्पादकीय
जीवन क्षेत्री
भरतपुरले फेरि यसरी छक्यायो गैंडाकोटलाई जीवन क्षेत्री
जीवन क्षेत्री
नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात! जीवन क्षेत्री
नवराज पराजुली
ओशो! नवराज पराजुली

ब्लग

बलराम तिमल्सिना
ताल्चा लागेका दुई कोठा! बलराम तिमल्सिना
दिपक घिमिरे
सरकारको नुन खाने रहर! दिपक घिमिरे
केशवकुमार मलाशी
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?' केशवकुमार मलाशी
विष्णु ज्ञवाली
प्राइभेट जागिर भर्सेस लाेक सेवा विष्णु ज्ञवाली

साहित्यपाटी

सुबास भण्डारी
प्रेम प्रस्ताव स्वीकार गर्लिन् त? सुबास भण्डारी
Hamropatro inner
Hamropatro inner
नारायण खड्का
शुभकामना! नारायण खड्का
आशिष खनिया
तिमी जस्तो पो जीवनसाथी! आशिष खनिया
जीवनदास सुनार
वाह! पत्थर तिमी महान् छौ जीवनदास सुनार

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP