जेका लागि लडेर मृत्यु वरणी हिजो गरेका थिए
ती मुद्धा अझ ठूल्ठुला भइ बियो उमारी हुर्के बढे।
कस्तो मृत्यु भयो र को शहिद भो सन्तान फेरि मरे
के नै त्याग भयो र लड्न उही मुद्दा फेरि आईपरे।
खाडी देश अझैपनि उठिरहे नेपालको मूल्यमा
नेपाली जनको यसै दुख छ के काट्छौ अझै घाउमा।
कालापानी अझैपनि रहिरह्यो, सुस्ता अझैँ बेचियो
शिक्षा फेरि अझै पनि रहिरह्यो बेरोजगारी भयो।
हाम्रो देश अझैपनि पसिरयो प्रयोगशाला भित्र
हाँस्दै रुन्छ र भन्छ भो अति भयो निकालिदेऊ मित्र।
पुस्ता आइसकेछ त्याग दिएको यो सोच गल्ती भयो
खानु, मर्नु र साँस फेर्न दिएको भन्दै यसै गै गए।
भो गर्यौ अब ठिक छैन अरुको हुँदैन पर्नु भर
गर्नु नै अब पर्छ त्याग त अरु प्रकार खोजी गर।
मार्सी धान झुलेर खेतभरको धर्ती पहेलो बनोस्
घिराम्लो हरियो र फर्सी लहरा मिलेर फुल्ने गरोस्।
गर्छु काम ममा इमान भएको दह्रो मुटु भित्र छ
खुसी भो मन चम्किलो छ रङ नेपाली सबै मित्र हुन्।
हे रोगी मन फेरि जाउ परको शान्ती लिइ फर्किअ
पापी जाल बुनी फसाउन बसे तिमी कतै तर्किअ।
घिराम्लो हरियो र फर्सी लहरा मिलेर फुल्ने गरोस्
मार्सी धान झुलेर खेत भरको धर्ती पहेलो बनोस्।
(लेखक धुलिखेल अस्पतालमा कार्यरत छन्।)