खै किन हो हतार भयो?
दुई गाँस टिप्न पनि हतार भयो,
सुतेपछि उठ्न हतार,
उठेपछि काममा जान हतार,
कति हो कति यो हतार,
अब ता हजुर जीवननै हतार भयो।
सबैलाई हतार गर्नु पर्ने खै किन हो!
यात्रामा साथीले साथीलाई भन्दै छ,
बाटो छोड मलाई हतार छ भन्छन्,
पसलमा गयो साउजुलाई हतार,
ड्राइभरलाई गाडी चलाउनमा,
लौ न हतारले कहाँ पुर्याउने हो?
हतारमै स्वदेशबाट प्रदेश ल्यायो,
आखिर पुग्ने ठाउँ त्यही हो।
जीवनलाई सास फेर्न पनि हतार भयो,
खै कहाँ पुग्ने हतार हो यो?
जति हतार भएपनि पुग्ने अखिर त्यही हो।
बिरामीलाई हस्पिटल पुग्न हतार
हतारै हतारमा डक्टरलाई क्लिनिकमा पुग्न,
अब त के भनौँ, आफ्नतालाई कल गर्यो,
भरे बोलौला कामको हतार छ भन्छन्।
न्यायलयमा न्यायाधीशलाई फैसलाको हतार
खै हातरले कसैलाई नछोड्ने भयो,
हतारले नै जीवन बित्न हतार भयो,
आखिर पुग्ने ठाउँ त्यही हो।
नेतालाई छिटो पदमा पुग्न,
ठेक्कदारलाई ठेक्का पाउन हतार,
जनतालाई बिरोधका नारा गाउन,
आखिर पुग्ने गन्तव्य सबैको त्यही हो।
प्यासीलाई पानी पाउन हतार
प्रेमिलाई प्रेमिका भेटन्,
बटुवालाई गन्तव्य पुग्ने हतार,
जति हतार भए पनि पुग्ने ठाउँ त्यही हो।