उत्तरतिर हिमाल हाँसेको बारीमा चरी नाचेको,
बिना मास्क मानिसहरु सदा हतार कुदेको,
पहिलेको जस्तो अब समय कहिले आउछ हँ!
अर्काको कुरा काट्न भए नि जम्मा हुन मानिस,
चिया र भट्टी पसल अनि चौतारी कहिले धाउँछन् हँ!
कर्मचारी र नेता कुरा लगाउन जम्मा हुन्छन् कहिले हँ!
समयको फेरोले, भाइरस मोरोले
मानिसको मजा लुट्यो यहाँ,
यस्तै भैरहे मानिस जिउछ कसरी खुसीले,
पहिलेको जस्तो अब समय कहिले आउँछ हँ!
अत्यासै लागिसक्यो एकले अर्कालाई धित मारेर नहेरेको,
युगलहरु पार्क, सिनेहल रेष्टुरेन्ट
अनि मल र कलेज नधाएको,
पहिलेको जस्तो अब समय कहिले आउँछ हँ!