जब भगवानले नारीको रचना गर्दै थिए उनलाई लामो समय लाग्यो। आज छैटौँ दिन थियो र नारीको रचना अझै अपूर्ण थियो। त्यसैले देवदूतले परमेश्वरलाई सोधे, 'भगवान, तपाई यो नारीको रचनामा किन यति धेरै समय लिइरहनु भएको छ?'
भगवानले जवाफ प्रश्नबाटै दिनुभयो, 'हे देवदूत, के तिमीलाई यसका सबै सदगुणहरुको बारेमा थाहा छ जुन यसको सिर्जनाको लागि आवश्यक छन्? आऊ, म बताउछु।'
'यसले सबै प्रकारका परिस्थितिहरू सम्हाल्न सक्छ। यसले एकै साथमा आफ्ना सबै बच्चाहरूलाई सँगै सम्हाल्न सक्छ, र खुसी पनि रहन सक्छ। यसले आफ्नो मायाले सानो चोटदेखि लिएर ठूला ठूला घाउहरु भर्न सक्छ।
यो सबै यसले मात्र आफ्ना दुई हातले गर्न सक्छ। यसमा सबभन्दा ठूलो 'सद्गुण' के हो थाहा छ? बिरामी भए पनि, यसले आफै आफ्नो देखभाल गर्न सक्छ र दिनमा १८ घण्टा काम गर्न सक्छ।'
देवदूत चकित भए र अचम्मले सोधे, 'भगवान! के यो सबै दुई हातले गर्न सम्भव छ र?'
भगवानले भन्नुभयो, 'त्यसैले त, मेरा असंख्य कृतिहरुमा यो एउटा ‘अद्भुत रचना’ हो।'
देवदूत त्यो नारी कृति नजिक गए र त्यसलाई हातले छोएर भने, 'भगवान, यो त एकदम नाजुक छ।'
भगवानले भने, 'हो, यो नाजुक त छ तर यसलाई भित्रबाट एकदम बलियो बनाइएको छ। यससँग सबै परिस्थितिहरूलाई सम्हाल्ने शक्ति छ।'
देवदूतले सोधे, 'के यो सोच्न पनि सक्छ, प्रभु?'
भगवानले भने, 'अवश्य! यो सोच्न पनि सक्छ र अझ बढी बलियो भएर प्रतिस्पर्धा पनि गर्न सक्छ।'
देवदूत फेरि त्यो नारी कृति नजिक गए र त्यसको गाला छुँदै भने, 'प्रभु, यी त भिजेका छन्, यस्तो लाग्छ कतैबाट चुइएको छ।'
परमेश्वरले भन्नुभयो, 'यो चुइएको होइन, यसका आँसु हुन्।'
देवदूत, 'आँसु किन प्रभु?'
भगवान, 'यो पनि यसको एउटा शक्ति हो। गुनासो पोख्ने, प्रेम अभिवृद्धि गर्ने र आफ्नो एकाकीपनलाई हटाउने यसको एउटा माध्यम हो ‘आँसु’।'
देवदूत, 'हे प्रभु, तपाईको सृष्टि अचम्मको छ। तपाईले सबै सोचेरै बनाउनु भएको छ, तपाई महान् हुनुहुन्छ।'
भगवानले भन्नुभयो, 'यो नारी रूपी रचना अद्भुत छ। यो प्रत्येक पुरुषको एउटा शक्ति हो जसले उसलाई प्रोत्साहित गर्छ। अरुलाई खुसी देखेर आफू पनि खुसी हुने उसको बानी हुन्छ। कुनै पनि परिस्थितिमा मुस्कुराई रहन्छ। उसलाई चाहिएको उसले झगडा गरेर पनि लिन्छ।
उसको मायामा कुनै शर्त हुँदैन। तर उसको मुटु भाँचिन्छ जब उसलाई आफ्नैले धोका दिन्छन्। तर उ जुनसुकै परिस्थितिमा पनि सम्झौता गर्न सक्षम हुन्छ।'
देवदूत, 'प्रभु, तपाईको रचना सम्पूर्ण छ।'
परमेश्वरले भन्नुभयो, 'तर, यसमा एउटा त्रुटि छ। यसले आफ्नो महत्त्व बिर्सन्छ।'
(सबै आदरणीय नारीहरुमा समर्पित।)