मृत्यु अस्पतालको खाटमा छ
ऊ औषधी लिएर खाटसम्म जान तयार छ
मृत्यु अस्पतालको कोरिडोरमा छ
ऊ सेतो एप्रोन फहराउदै बाटो हिड्न तयार छ।
ती हातहरु बचाउन सक्छन्
ती हातहरु मर्न पनि तयार छन्
तर बाच्ने आशा राखेर आएकाहरुलाई
काल आफै फकाउन आओस्
मार्न तयार छैनन्।
अस्पतालमा हरकोही आउन्
बुद्ध आउन् या हिट्लर
शन्त आउन् या सोभराज
जब अस्पतालको घेरामा पर्छन्
उनीहरु केबल बिरामी बन्छन्
डाक्टरका हातहरु उठ्छन्
ती हातहरु बचाउन सक्छन्
ती हातहरु मर्न पनि तयार छन्
तर बाच्ने आशा राखेर आएकाहरुलाई
मार्न तयार छैनन्।
भूकम्प आओस् या
बाढी पहिरो आओस्
कहिले आफै भित्रको निदरीले
चौबिस घण्टा ड्युटीपछि पनि आठ घण्टा ओपिडी भ्याओस्
कहिले कोरोनासँग आउन्
कहिले क्षयरोग
कहिले क्यान्सरसँग आउन्
जब अस्पतालको घेरामा पर्छन्
उनीहरु केबल बिरामी बन्छन्
ती बाच्ने आशा राखेर आएकाहरुलाई
दुखले सेतो एप्रोन लगाउन पाएकाहरु
ठूलो जोखिम मोल्न तयार छन्
तर कदापि मार्न तयार छैनन्।