आज मनमा कति पनि चैन छैन
साङ्ग र अपाङ्ग बिचको बुझाइमा भिन्नताले दङ्ग छु
यो भीडले त भन्छ उनी नेत्रविहीन अनि म देख्न सक्ने र सबल
तर अहँ! यो हुनै सक्दैन, यो बुझाइ गलत छ
एक मिनेट बत्ति जादा मेरा एक पाइला अघि सर्दैन अनि उनका चाहीँ पाइलानै रोकिँदैन
सुन्दरताका लागि मलाई ऐनाको साहारा चाहिन्छ र पनि आफू राम्रो भएको महसुस गर्न सक्दिनँ
तर बिना ऐना छामछुम गर्दै लगाएको लिपिस्टकमा पनि उनी चम्किन्छिन्।
त्यसैले त लाग्छ दृष्टिबिहिन उनी हैन अन्धोपन त म भित्र छ
अपाङ्ग उनी हैनन् अपाङ्गता त म भित्र लुकेको छ।
***
उनी नबोल्ने त्यो निर्जीव बस्तुसित निर्धक्क पाइला सार्छिन्
तर म कसैको ढाडसमा पनि अघि बढ्न डराउँछु
विना दृष्टि जब उनी वरिपरि वातावरणको सुन्दरतालाई सही अन्दाज गछिन्
चराका चिरबिर, खोलाको आवाजले त्यसको गहिराई पत्ता लगाउछिन्
अनि भन्छिन्, ‘प्रकृति कति सुन्दर छ है?’
तर म प्राकृतिक सुन्दरता देखेर पनि यसको तारिफ गर्न सक्दिनँ।
त्यसैले त लाग्छ उनी दृष्टिविहीन हैनन्, अन्धोपन म भित्र छ
अपाङ्ग उनी हैनन् अपाङ्गता त म भित्र लुकेको छ।
***
कति उदार छ उनको हृदय
उनी राता ब्रेलको बोर्ड समात्दै आफ्नो उद्धेश्य दृष्टिविहीनलाई शिक्षीत बनाउने बारे बर्णन गर्छिन्
म आफूसित भएको मास्टर डिग्रीले एक जनालाई पनि सेवा गर्न नसकेको महसुस गर्छु
मलाई लाग्छ सबै जीवनको सार्थकता नबुझेको वैदिक अपांग हो म
अनि अलौकिक दृष्टि बोकेकी सुन्दर साङ्ग संसार हुन् उनी
त्यसैले त म भन्छु उनी त अतभूद देन हुन् प्रकृतिको,
दृष्टिविहीन उनी हैन अन्धोपन त म भित्र छ
अपाङ्ग उनी हैनन् अपाङ्गता त म भित्र लुकेको छ ।
***
साङ्गको लागि बनाइएको भौतिक संरचनामा उनी आफ्ना पाइला चाल्छीन्
भविष्यमा सबै संरचना अपागंतामैत्री हुने सपना पाल्छीन्
विना ज्योती सारा संसार जगाउने उनका कदम प्रति
साथ दिइयोस् सरकार उनलाई बनाइ अपाङ्गमैत्री नीति ।
जीवनकै अमूल्य पाठ सिकाउने उनी जस्तै दृष्टिबिहिनलाई हृदयबाटै नमन।
अपाङ्ग उनी हैनन् अपाङ्गता त म भित्र लुकेका छन्।
भट्ट, राष्ट्रिय अपाङ्ग महासंघ अन्तर्गत प्रदेश नं २ अपाङ्गता पुर्नस्थापनाकी अधिकृत हुन्।