बेहोस भयो हाम्रो साथी हस्पिटल लगियो,
उसको लागि हामी सबै मिली प्रार्थना गरियो।
जबसम्म होस आएन, हामी हस्पिटलमा बसियो,
उसको जब होस् आयो, उसलाई हेरी कोठा तिर लागियो।
आँखा मिच्दै बिहान डिउटी तिर दौडियो,
सकी नसकी दिनभरी काम हामीले गरियो।
बल्ल तल्ल डिउटी सकेर रुममा पुगियो,
धूलो बालुवा भएको शरीर नुवाइ धुवाइ गरियो।
फेरि हामी साथी हेर्न हस्पिटलमा पुगियो,
आइसियूमा छ भन्ने हामीहरूले बुझियो।
आइसियूमा जान हामीलाई अनुमति भएन,
हस्पिटलमा बस्नुको अर्थ पनि रहेन।
अनि,
केही दिनपछि आइसियूको साथी हाम्रो नआउने भयो,
जिउदो होइन, अब ऊ त मुर्दा साथी रह्यो।
बरफको घर्रा भित्र उसको शरीर गयो,
प्रदेशको ठाउँमा अब के गर्ने मन अलमल्ल भयो।
उसको सम्झनाले हामीलाई रुममा सताउँछ,
उसको शरीर बरफले पत्थर जस्तो भएको छ।
के गर्न सक्छौँ हामी, हाम्रो हातमा केही छैन,
कहिलेसम्म रहने हो उसको लास बरफमा थाहा छैन।
यो बेलामा सम्बन्धित निकाय सकृय हुन पर्यो,
जसरी हो उसको लागि पहल गर्नु पर्यो।
घरतिर कति रुदै होलान् विरहमा उसको परिवार,
जबसम्म लास लगिदैन, लाग्छ हाम्लाई छ हाम्रै वरपर।
बिन्ती गर्छौं हामी सबै लास नेपाल छिटो जाओस्,
उसको आत्मा लामो समय भड्किन नपरोस्।
उसको गल्ती के थियो र श्रम बेच्न यहाँ आएको
अन्तिम संस्कारको पर्खाइमा बरफमा भित्र रहेको।