हाम्रो इतिहासले भनि रहेछ
हामी हरदम मौन वर्त लिएर बस्छौँ
हाम्रो वर्तमान बोलि रहेछ
हाँस्नु पर्ने ठाउँमा कहिलै मुस्कुराउन नसकेर
हामी सधैँ रोइ रहेछौँ।
परिवर्तन हुनु
मात्र एउटा झन्झट झैँ लाग्छ हामीलाई
र, हाम्रो यही कायरताले
यहाँ हरेक दिन बिहान सूर्य उदाउनु सँगसँगै
एउटा साथ मर्ने गर्छ!
हो,
हाम्रो इतिहास
अदालतको कटघरामा उभिएर बकि रहेछ-
हामी हरदम मौन वर्त लिएर बस्छौँ
हाम्रो वर्तमानले बोलि रहेछ-
जंग बहादुर जन्मदा
मुस्कुराएर स्वागत गर्ने गलत बानी भएका हामी
जब देशभक्तिका कुरा गछौँ
तब त्यही हामीले
बहादुरताको रामायण रट्ने गरेको
इतिहासको पुस्तक
हामीलाई गिज्याउँदै ताली बजाइ रहेको हुन्छ!