बजारमा मिठो बोसोको
स्वाद लिन तम्तयार भिड
कहिले अमिलो टर्रो
कहिले अदुवा खुर्सानी पिरो
प्रत्येक दिन नयाँ नयाँ स्वाद
पुरानो रहर पुरानो कहर झैँ
बेस्वाद
स्वादे जिब्रो चाखिरहन्छ
सुगन्ध बास्ना आउँदा
जिब्रोमा तलतल पानी
हत्यारा डकैती र अपराधी बनाउँछ।
सुखको घडा घोलिएर
भ्रष्ट भइ लोकलाज गन्हाउँछ।
तर
विभिन्न डिस तयार छन्
पोलेको कि झानेको?
उसिनेको कि फ्राइ?
पुच्छर कि टाउको?
खुट्टा कि गर्धन?
फेद कि टुप्पो?
मट्का कि पेपर कप?
दाउरा कि कोइला कटियामा?
ग्यासमा कि इलेक्ट्रिक ओभनमा?
स्टिलमा कि चरेसमा?
साँदेको बदाम कि सलादमा?
प्रत्येक बिहान आँखा
खोल्नु अघि जिब्रो चलबलाउँछ।
जिब्रो बोकेर हिँड्नेहरु
युद्ध बोकेर हिँडेको देख्छु।
पानीको स्वाद नपाउने
तर
विश्वभरिबाट खोजी खोजी
ल्याइएका मदिराको नशाले
बेहोस बनाइएको युगमा
स्वादिलो सुर्यास्त किरणले
सौन्दर्यमा पौडिनेहरु
बिरलै भेटिन्छन्।