घना जङ्गल ठाउँ–ठाउँमा पहरा र पहरामा हावासँग वयेँली खेलिरहेको बाबियोको झाडी भएकाले स्थानीय भाषामा ठाउँको नाम ‘निङ्कोक्मा’ राखिएको रहेछ। निङ्कोक्माको अर्थ ‘खर खोज्ने ठाउँ’ रहेछ। बाबियो, सिरु, सालिम्वो, कुस सबै खरको परिवारभित्रको प्रजाति रहेकाले निङ्कोक्मा अर्थात् कुसे डाँडाको नामाकरण सार्थक र अर्थपूर्ण लाग्यो।
“दिदी, ९ बजे केर्खा आइपुग्नू ! खानपिनको व्यवस्था यतै गरिएको छ।”
साहित्यकार विवश बलिभद्र कोइरालाले भनेका थिए।
एकहप्ता अघिदेखिको निम्तो थियो त्यो।
त्यसैले हल्का नास्ता मात्र लिएको थिएँ। मैले अटो समातेँ। ६.८ किलोमिटर दूरी पार गर्न लगभग १५ मिनेट लाग्यो। सोचेकि थिएँ– ‘मलाई लिन आउने कोही होला।’ तर कसैलाई भेटिनँ। ट्याक्सी स्टैण्डमा बसिरहेँ।
लगभग आधा घण्टापछि विवश बलिभद्र भाइको फोन आयो ।
“दिदी ! कता हुनुहुन्छ?
“म यहीँ राजमार्गमा छु।”
उनी मेरो नजिक आए। हामी बीचमा अभिवादन साटासाट भयो। दुई पाङ्ग्रेमा आएका रहेछन् उनी। उनको पछाडि बसेर हुँइकिएँ। वेगिएँ म पूर्व जनमुक्ति सेनाद्वारा निर्मित शहीदगेटतर्पm।
केहीबेरमै शहीदगेट पु¥याए उनले।
गेटको दक्षिणतर्फ कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेश सभासद् माननीय धिरेन्द्र शर्मा ‘रमण’ उभिइरहेका थिए।
उनीसँग अभिवादनको औपचारिकता पुरा गरेपछि अगाडि बढ्यौँ हामी। उनलाई लिन कार्यक्रम स्थलबाट मोटरसाइकल पठाइएको थियो।
हामी चारै जना शहीदगेटलाई दक्षिण पारेर उत्तरतर्पm हुइँकियौं। अलि माथि पुग्दा पूर्व जनमुक्ति सेनाको क्याम्प आयो।
विस्तृत शान्ति–सम्झौता पछि उक्त स्थानमा शाही नेपाली सेनाको क्याम्प बसेको रहेछ। हामी सरासर उत्तरतर्पm हुइँकियौं। बिस्तारै गाउँघर देखिन थाले। अझ माथि पुग्दा बाक्लो बस्ती देखियो। त्यहीँ थियो कार्यक्रमस्थल। खानपिनको तयारी पनि भइरहेको थियो।
हामी अगाडिपट्टिको घरमा गएर बस्यौं। सहभागीहरू नआइपुन्जेल हामीबीच अनौपचारिक गफगाफ भए। बिस्तारै सहभागीको आगमन हुन थाल्यो। सबैजना भेला हुँदा दिनको १२ बजिसकेको थियो।
हामीलाई खानाका लागि बोलावट भयो। पुलाउ, अचार, लोकल कुखुराको भुटेको मासु थालभरी आइपुग्यो। निकै भोक पनि लागेको र गाउँको शुद्ध अर्गानिक खाना भएकाले होला यति मिठो लाग्यो कि थपी–थपी खायौँ। खानापछि सबैजना कार्यक्रमस्थल निङ्कोक्मा तर्पm जान तयार भइयो। तलबाट हेर्दा हामी तराईको शिर, चुलीको छातिमा पुग्नुपर्ने स्थलमा रातो झण्डा टाँगेर इङ्गित गरिएको रहेछ।
तराई र पहाडको संगमस्थलमा ठूलो स्वागतद्वार निर्माण गरिएको रहेछ। सम्पूर्ण सवारी साधन त्यहीँ थन्क्याएर गन्तव्यस्थल निङ्कोमा पुग्न लगभग बीस मिनट उकालो चढ्नु पर्ने जानकारी पाइयो। स्वागतद्वारमा किशोरीहरू हातमा खादा लिएर उभिएका थिए। उनीहरूले सबैलाई खादा ओढाएर स्वागत गरे।
हामी केही उकालो तेर्सो, ओरालो तेर्सो हुँदै निङ्कोक्मा पुग्यौं। जंगलभित्र नवनिर्मित पदमार्गमा हिँड्दा शितल अनुभव भएको थियो। ठाउँठाउँमा चौतारा निर्माण गरिको थियो। हामी ढकमक्क फुलेका पूmलहरूको वासना लिँदै उकालियौँ।
शान्त थियो वातावरण। हामी मुग्ध थियौँ त्यो वातावरणमा। कुनै सरकारी अनुदानविना नै स्थानीय यूवाहरूले पदमार्ग, चौतारा, फूलवारी निर्माण गरेका रहेछन्। यी सब देखेर अत्यन्तै खुसी लाग्यो। उनीरूको आफ्नो गाउँप्रतिको माया, विकासप्रतिको लगाव र समाजिक जिम्मेवारीलाई मनमनै अभिवादन गरेँ मैले।
माथि चुलीमा रातो झण्डा गाडिएको थियो। हिँड्न सक्नेहरू त्यहाँसम्म पुगेर पनि कार्यक्रमस्थल फर्किसकेका थिए। हामी भने अझै उक्लदै थियौं, उकालीमा।
चुलीमाथिका थाप्लोमा सिरानतला भन्ने राई बस्ती रहेको कुरा प्रमुख अतिथिज्यूबाट जानकारी पाएँ। त्यहाँका बासिन्दा बाख्रापालन गर्दारहेछन्।
विशेषतः प्रकृतिलाई नखल्बल्याइ पदमार्ग निर्माण गरिएको रहेछ। त्यसर्थ पनि रुख बिरुवा जस्ताको तस्तै हराभरा वस्त्र पहिरिएर मुसुक्क मुस्कुराउँदै हामीहरूलाई स्वागत गर्न ठिङ्ग उभिइरहे झैँ लाग्थे।
ठूल–ठूला भर्लाको पातका लहरा, अजङ्गको रुखमा चढेर हावासँगै झुलिरहेका देख्दा मन त्यसै आनन्दित भयो। कटुस, खस्रु, खन्यूँ, सिसौ, साल आदिको सघन बस्तीभित्र समतल ठाउँमा झारहरू उखलेर सफा गरी रुख बिरुवालाई रङ्गरोगन गरी आकर्षक तुल्याइएको रहेछ।
ठाउँठाउँमा बाँसको फलैँचा बनाएको साथै तलैबाट आवश्यक कुर्सी, कार्पेट लगि बिच्छाइएको रहेछ। तराई नजिक, गर्मी मौसमको अन्त्य हुनै लागेको अवस्था भए पनि गर्मी पूर्ण रुपमा हटि नसकेकाले हल्का गर्मी नै थियो तथापी हरियाली वनको छायाँमा शितलता महसुस गरियो।
निर्धारित समयभन्दा केही ढिला १ बजे कार्यक्रम सुरू भयो।
कार्यक्रमस्थलबाट वारिपारि स्पष्ट (जङ्गलको कारणले) देख्न नसकिए पनि उत्तरतर्पm अग्लो चुलीको छाति स्पष्ट देख्न सकिन्थ्यो। घना जङ्गल ठाउँ–ठाउँमा पहरा र पहरामा हावासँग वयेँली खेलिरहेको बाबियोको झाडी भएकाले स्थानीय भाषामा ठाउँको नाम ‘निङ्कोक्मा’ राखिएको रहेछ। निङ्कोक्माको अर्थ ‘खर खोज्ने ठाउँ’ रहेछ।
बाबियो, सिरु, सालिम्वो, कुस सबै खरको परिवारभित्रको प्रजाति रहेकाले निङ्कोक्मा अर्थात् कुसे डाँडाको नामाकरण सार्थक र अर्थपूर्ण लाग्यो। निङ्कोक्मा देखि उकालो लगभग २ घण्टाको पैदल यात्रापछि उक्त चुलीको थाप्लो सिरान तलामा पुगिने रहेछ।
सिरानतलाबाट अधिकांश तराई क्षेत्र, पहाडी भू–भाग देख्न सकिन्छ। अति नै रमण्ीय लाग्छ यी दृश्यहरू देख्दा।
पानीको अभाव रहेको हुँदा अन्य खेती नगरिएको, विगतमा पिउने पानीको एउटा कुवा रहेको र एउटा बालक उक्त कुवामा डुबि दुर्घटना भएको हुँदा हाल जेनेरेटरबाट तल खोलाको पानी तानेर गुजारा गर्दै गरेको उक्त स्थानलाई पदमार्ग निर्माण गरी होमस्टेको अवधारणा राखिएको कुरा प्रमुख अतिथिद्वारा जानकारी पाइयो। चुलीबारे धेरै कुराको ज्ञान आर्जन गरियो ।
चुलाचुली, कमल गाउँपालिका–१ का वडाध्यक्ष पूर्ण कुमार लावती ‘धु्रब’को सभापतित्वमा सुरु भएको कार्यक्रका प्रमुख अतिथि प्रदेश नं. १ का सभा सदस्य धिरेन्द्र शर्मा ‘रमण’, विशिष्ट अतिथि पूर्व संविधानसभा सदस्य खेम नेपाली, विशेष अतिथि प्रज्ञा प्रतिष्ठान सदस्य प्राज्ञ सुभद्रा भट्टराई, इतिहासविद्/साहित्यकार/कलाकार श्री ज्ञानोदय लावती साथै अन्य सम्पूर्ण कवि, कलाकार, पत्रकारहरूलाई अतिथिका रुपमा आसनग्रहण गराई व्याज वितरण गरिएको कार्यक्रममा “प्रकृतिसँग साहित्य” भन्ने नारा सहितको ठूलो व्यानर पढेर प्रमुख अतिथिबाट कार्यक्रम उद्घाटन गरियो।
कार्यक्रमस्थलको अलि वरबाट दक्षिणतर्फ नियाल्दा तलतिर केही होचा थुम्काथुम्की मानव बस्ती र अलिपर आँखाले भ्याएसम्म रुतुवामाई वृक्षरोपणको हरियो वन पूर्वपश्चिम लम्पट पैmलिएर रहेको दृश्य देख्दा यस्तो लाग्थ्यो कि कुनै सिद्धहस्त कलाकारले उचित रङ्गहरूको संयोजनद्वारा तयार गरेको कलात्मक चित्र हो।
कोभिड–१९ को कहरमा परेर ८ महिनासम्म कंक्रिटको जङ्गलमा घरमै कुँजिएर बसेको तन–मन हरियाली वनजङ्गलको बीचमा बस्न पाउँदा अति नै शान्ति प्राप्त भएको महशुस गरियो।
मानवनिर्मित प्रदूषणका कारण विश्व विकराल विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा प्रकृतिसँगको सानिध्यता, पर्यावरणसँगको साक्षात्कारले कार्यक्रम ज्यादै अर्थपूर्ण रहयो।
व्यानरमा उल्लेखित स्थानीय आदिवासी किरात लिम्बूरूको मौलिक जातीय भाषा निङ्कोक्मा (कुसेडाँडा) लाई जोड दिएर सम्बोधन गरिएको पाउँदा खुसी लाग्नु स्वभाविक थियो।
कार्यक्रमस्थलमा निम्त्याइएका पाहुनाहरूका उपस्थिति साथै तल गाउँबाट स्थानीय बासिन्दा बुवा–आमा, दिदी–बहिनी, युवा–युवती, बाल–बच्चाहरूको बाक्लो उपस्थितिले निङ्कोक्मामा मेलापर्व लागेको भान भयो। साहित्यकार विवश बलिभद्र कोइरालाबाट सञ्चालन गरिएको कार्यक्रममा उद्धव ओझाको स्वागत मन्तव्य थियो।
धरान इटहरीबाट साहित्यकारहरू, देवान किराती, जी.वी. गजल, बिराट अनुपमको उपस्थिति थियो भने काँकरभिट्टाबाट प्राज्ञ सुभद्रा भट्टराई, शनिश्चरे बिर्तामोडबाट कुमार भट्टराई, कृष्ण बराल, लिला अनमोल, दमकबाट सुमित्रा बाङ्देल ‘चेली’, राजकुमार ‘अनिश्चित’, मेचीपुत्र, झिलझिलेबाट बिराट किराती, उर्लावारीबाट कवि कृष्ण उदासी र कवि दिलिप राई ‘सगर’ र झापा बुधवारेबाट कवि मुनाराज शेर्माको उपस्थिति थियो।
कार्यक्रममा दुई सर्जक– हिमाल सुब्बा ‘गुराँस’ को “सृजनाका पूmल” कविता संग्रह र कवि तिलक राईको “सिउँडीको पूmल” कविता संग्रह विमोचन भयो। संयोग पनि कस्तो दुईटै कविता संग्रहको विमोचन दुईटै संग्रहको नाम “सृजनाका फूल” र “सिउँडीको फूल” जुर्न गएछ।
कार्यक्रम उद्घाटन, त्यसपछि सिर्जना वाचन कार्यक्रम हुँदैगर्दा मध्य भागमा कृति विमोचन कार्यक्रम थियो र कृति समीक्षा छोटकरीमा कवि सुन्दर कुरुप र कवि मुनाराज शेर्माबाट सम्पन्न भएको थियो। त्यसपछि पुनः सिर्जना वाचन कार्यक्रम रह्यो।
कार्यक्रम अति रोचक रहेको हुँदा कार्यक्रममा ध्यान केन्द्रित भई सिर्जना वाचनमा डुब्दा टाढा–टाढाका साहित्यकारहरू बिदा माग्दै सुटुक्क हिँडिसकेको पत्तै पाइएन।
सिर्जना वाचनको बीचमा एउटा गजलगायक जीवन राईले राज सिग्देलको “ऊ जितेर गई या हारेर गई, नतिजा आफैंतिर पारेर गई...” गाएर सुनाए। कार्यक्रमको बीचबीचमा ट्रयाकमा गीत गाउने काम पनि भयो।
सबै सर्जकहरूको सिर्जना कार्यक्रम समापनपछि विशेष, विशिष्ट, प्रमुख अतिथिहरूको मन्तव्य पछि सभाध्यक्षज्यूको मन्तव्य साथै कार्यक्रम समापनको घोषणा पछि सबैजना अघि हिँडिआएको बाटो तर्फ फर्किएर तेर्सो ओरालो झर्दैगर्दा बाटोको पश्चिमपट्टि सानो भुल्केडाँडामा चियानास्ताको व्यवस्था गरिएको रहेछ।
वारि, पारि, तल निकै ठाउँ अवलोकन गर्न सकिने उक्त स्थान साँच्चै रमणिय रहेछ। चिउरा, भूजा, खसीको मासु, कोक, डिउ, पेप्सी र साकाहारीको लागि फलपूmल साथै रुची हुनेहरूका लागि लोकल आराखाको समेत व्यवस्था रहेछ।
समय निकै घर्किसकेकाले हतार–हतार नास्ता गरेर तेर्सो–तेर्सो ओरालो झरेर अघि माथि जाँदा स्वागत गरिएको स्वागतद्वार पुगियो।
अगाडिपट्टि अतिथिहरूलाई स्वागत गर्दै सिरिजंगा लिपि र नेपाली देवनागरी लिपिमा ठूलो अक्षरले लेखिएको “स्वागतम्” र फर्किँदा निङ्कोक्मा (कुसेडाँडा) अवलोकन भ्रमण गरिदिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद लेखिएको गेट पार गरी तेर्सो मूलबाटोजस्तो ठाउँमा सवारी साधनहरू बिसाएको हुँदा एकछिन कोसँग फर्किने भन्ने सोचमा उभिएर हेर्दा स्थानीय बासिन्दा, आगन्तुक पाहुनाहरूको निक्कै बाक्लो उपस्थिति देखियो।
एउटा सानो छाप्रोमा चना, चट्पटेको पसल पनि रहेछ। मानिसहरू धमाधम नास्ता खाइरहेका थिए।
साहित्यकार भाइ विवश बलिभद्र कोइरालाले स्थानीय भाइ पुरण जबेगूलाई महेन्द्र राजमार्गसम्म मोटरसाइकलमा पुर्याइदिन अनुरोध गर्नुभयो।
म भाइसँग कुराकानी गर्दै बाइकमा हुइँकिएर महेन्द्र राजमार्ग आइपुग्दा झमक्कै साँझ परिसकेको थियो। कोभिड–१९ को कारणले यातायात ठप्प जस्तै भएको अवस्थामा एकक्षण बस कुरिहेरेँ। सडक शून्य थियो।
निक्कैबेरमा एउटा अटो आयो। गाउँसम्म मान्छे पु¥याई फर्किरहेको रहेछ र धन्न त्यही अटोमा चढेर घर आइपुगेँ। एउटा अविस्मरणीय कार्यक्रम “प्रकृतिसँग साहित्य” भव्य भयो। कोरोनाको कहरमा कंक्रिटको जङ्गलमा उकुस–मुकुस भएको मन प्रकृतिको हरियाली, शान्त काखमा रम्न पाएर तङ्ग्रिएको महशुस भयो।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गरिएको यो रचनात्मक कार्यक्रमका लागि आयोजक परिवार फाल्गुनन्द वडा कार्यालय चुलाचुलीप्रति हार्दिक आभार व्यक्त गर्दछु।