म भित्रको देश, मिथिला मधेस।
मिथिलाञ्चलको शेष हुँ, छठ मैयाको विशेष हुँ।
महर्षि राजा जनकले राज्य गरेको क्षेत्र विशेष।
जानकी माताको जन्म भएको प्रदेश हुँ।
धरतीको यस पावन धरतीमा।
श्रीरामले स्वयंवर मा जिते माता सीते।
मिथिला वैभवको छ स्वर्णिम इतिहास।
बाल्मीकिले रामायणमा गरेकाछन् यसको बेलिबिस्तार।
तालतलैया,मन्दिर उत्सव, जनकपुरको पहिचान।
विवाह पन्चमी,परिक्रमा यात्रा यहाँका हुन उत्सव महान।
माता जानकीको भाकलले पूर्ण हुन्छ मनोकामना।
टिकमगढकी रानीले नौलखा मन्दिर बनाईन पूर्ण भए पछि कामना।
ब्रह्मर्षि अष्टावक्रको विद्वत्ताले चिनिन्थ्यो मिथिला देश।
अष्टावक्रगीताले दियो विश्वलाई ज्ञान,सिद्धी र मोक्ष प्राप्तिको उपदेश।
मिथिलासँग थाई नरेशका पूर्वजको बेग्लै छ सम्बन्ध।
जनक वंशिय हु भनी वर्णन गरे आफ्नो कृति "महाजनक"मा।
कला साहित्यको उर्वर भूमि रहेको छ मेरो यो प्रदेश।
मिथिला-मधुवनी कला कृतिले चित्रण गर्छ सदैव।
सप्तरीको छिन्नमस्ता शक्तिपिठको महिमा ।
शत्रु नाशगरि, पूर्ण गर्दछिन् सबै मनोकामना।
महोत्तरी जलेश्वरमा जलमूनि छन् भोलेबाबा ।
देवधर,बाबाधाम र जलेश्वरको छ पारस्परिक सम्बन्ध यहाँ।
कावरियाहरुले जल चढाई गाँसेको छन् दुई देशको यो सम्बन्ध।
बारा गढीमाईको शक्तिले बल्छ दियो आफैं मेलामा।
लाग्दैन झिंगा,भाकलको वलिमा,अदभुत छ माताको महिमा।।
सिराहा सप्तरी लाई चिनाउछ माल्दा आँपले पनि।
विभिन्न अन्न बालीले भरिपूर्ण छन् तराईका खेत खलियान ।
यहाँका गाउँहरुमा आथित्यताको आफ्नौ छ मौलिकता ।
पर्सा सुवर्णपुर को घरवासमा पाईन्छ ति सबै कुरा।
विरगंजका घन्टाघर र घडिउर्वा पोखरी नै हुन मुख्य आकर्षण ।
विर शम्सेरले बसाएको नाका संगैको यो व्यापारिक केन्द्र।
जितपुर सिमरा देखि विरगंज सम्म छन् उधोग, कलकारखाना।
नेपाली उत्पादन कम्पनीको औधौगिक ठेकाना।
बारा सिम्रौनगढले बोकेको छ त्रिहुत राज्यको इतिहास।
राजा नान्यदेवका पालाका यहाँ भेटिन्छन् कलाकृति अनेक।
पर्साको पर्सागढी र ठोरी छन् ऐतिहासिक धार्मिक स्थल।
श्रीरामको जीवन संग ठोरीको गाँसिएको छ सम्बन्ध अनेक।
हाथीहरुको बथान नै हो पर्सा राष्ट्रिय निकुञ्जको पहिचान।
कोसी ब्यारेज तल हेर्न सकिन्छ डोल्फिन र पंक्षीहरुको बथान।
जनकपुरकी लस्सी र बरमझियाको पेडा।
नही खाया,यो क्या खाया भन्छन् यहाँ सारा।
सहलेश राजाको स्वागतमा फुल्दछ फुल लहानमा।
अदभुत छ यसको आर्कषण, फुल्दछ एकै दिन वर्षमा।
सबै धर्मको फुलबारी हो यो आठ जिल्लाको प्रदेश।
बहुआयामिक,बहुसंख्यिक जनशक्ति छन् यहाँ अनेक।
मेरो भेषभूषा र रंङ रुपले नझुकिनु है सवै।
यसै देशको माटोमा जन्मि, ह्रुकेको हु सदैव।
मलाई बुझ्न हेर्नपर्छ म भित्रको देश- मिथिला मधेस।