झुटो आरोपका फरेबले,
सत्य भित्र असत्य भएको छु,
मेरा विचार मन परेन,
स्वभाव ठिक लागेन होला।
निकृष्ट जति नै खल्लो लागे पनि याद भन्नेछ,
निराशा भित्रका उदाश शब्द चढाउदा,
यसलाई हजुरीया नसम्झनु,
अनि फोहोरको डंगुरमा नमिल्काउनु।
मन बुझ्ने भावना छैन यहाँ,
दुखी आत्माले तड्पिएका चरित्रसँग,
सिसा बाटोमा पैताला राखेको छु,
अपहेलाना र कु-प्रचारका आरोप भित्र,
रमाएर उत्सव मनाउने सँगै,
मन साटेनु पर्ने बाध्यता मा छु।
शब्दमा पराग छैनन्,
मिठास भित्र सुगन्ध नभएपछि,
आदरताबाट खस्किएर लेख्दै छु,
तर यसलाई हार नसम्झनु।
झुटा आरोपले इच्छाहरु जलेका छन्
मनहरु फाटिएका छन्,
बर्खाको कचिलोमा रुझेका खुसी
भावन भित्रका छलाङहरु
हिउँदको सर्दिमा कठयाङिग्रएका छन्,
झुटो आरोपले।