मुखिया बाको फर्मान नमान्ने हिम्मत हामीमा थिएन। माथि भएको सानोघर पनि हामी अब छोड्नु पर्ने भयो। हामीलाई एक हप्ता भित्र गाउँ छोड्नु थियो। माथि गाउँमा बसुन्जेल पनि हामी माथिको गाउँमा घुमफिर गर्न सक्दैन थियौँ।
हामी आफ्नो सामान र गोठमा भएको दुहुनो भैंसी कसरी लाने भन्ने कुरा सोच्दै थियौँ। आमा भन्दै हुनुहुन्थ्यो, 'यो भैसी त बेच्न पाए पनि अलिकति पैसा त आउने थियो।' बाबा र दाइ घरभित्रका समान जम्मा गर्दै हुनुहुन्थ्यो।
म भने मनमा अनेक कुरा सोच्दै थिएँ। मेरो कारण आज आमा-बाबा अनि दाइलाई यसरी दुःख कष्ट भएको छ। फेरि सोच्छु, यदि सबै चुपचाप बस्ने हो भने यो तलमाथि भन्ने शब्द त सधैँ जीवित रहन्छ।
अब त मलाई तल जान कसलाई सोध्नुपर्ने अवस्था थिएन्। आमाबुवाले सबै सामान एक ठाउँमा जम्मा गर्नु भएको थियो। कसरी तल लाने भन्ने चिन्ता उहाँहरुलाई सताएको थियो। न त तल हाम्रो घर थियो। दाइले त सहर जाउँ भन्नु भएको थियो। आमा-बाबालाई सहर जाने मन थिएन्।
अर्को दिन बिहान म तल गाउँमा गएँ। मलाई देखेर सबैजना जम्मा भए। हामी माथि भएको अत्याचारको बारेमा उनीहरूलाई थाहा भइसकेको रहेछ। सबैजना मिली सल्लाह पनि गरेका रहेछन्। हाम्रो लागि गाउँको बीचमा एउटा सानो झुपडी बनाउने।
उनीहरुको एकतादेखि म खुसी भएँ। भोलि सामान झार्न आउन अनुरोध पनि गरेँ। सबैजना आउने कुरा गर्नु भयो। यति भएपछि समान कसरी लाने भन्ने टेन्सन पनि सकियो। सबैसँग बिदा भएर उकालो लागें।
घरपुग्दा साँझ परेको थियो। आमा कराउँदै हुनुहुन्थ्यो। फेरि कतातिर गएर आयो भन्दै। कतै नजा भनी कति भन्न पर्छ तलाई। म चुपचाप बसिरहेँ। आमाले खाना पस्कदै हुनुहुन्थ्यो।
बाबा, म र दाइ खाना खान बस्यौँ, आमा खाना दिदै हुनुहुन्थ्यो। यत्तिकैमा बाबाले दाइलाई भन्नुभयो, ‘ठूला, यसलाई नि सहर लिएर जा भो, यहाँ राख्ने हो भने केही न केही गरी रहन्छ।’
मैले सहर जाने कुरालाई सिधा नाकरेँ। बाबा रिसिनु भयो। खाना खाएर हामी सुत्यौँ।
आज हामी तल गाँउ जाने दिन थियो। तल गाउँका मानिसहरू हाम्रो समान लान सहयोगको लागि आउनु भएको थियो। हामी आफ्नै घरमा भोटे ताल्चा लगाउन बाध्य थियौँ। गोठमा पसेर हामी भैंसी लिएर अनि समान बोकी तलतिर लागियो। मुखिया बा माथिबाट हेर्दै हुनुहुन्थ्यो। महिले हात हल्लाएर बाइ भनेँ। उहाँको रिस अझै मरेको रहेनछ। रिसिँदै उता फर्कनु भयो।
तल गाउँ पुगेपछि हामीहरूलाई सबैले सहयोग गर्नु भयो। जाँदाजाँदै रातपनि परिसकेको थियो। त्यसमाथि जाडोको महिना थियो। चिसो पनि अति थियो। एकछिन हामी सबै मिलेर तल गाउँलेहरूले दिएको झुपडीमा समान मिलायौँ।
सामान मिलाउँदा रात धरै बितिसकेको थियो। अनि दाइलाई भोलि सहर जानपर्ने थियो। बुबाआमले मलाई सहर पठाउन धेरै कोशिश गर्नुभयो। फेरि पनि मैले गाउँ रोजेँ।
बिहानीको मिर्मिरेसँगै दाइ सहर लाग्नु भयो। म भने गाउँमा घुम्न आतुर थिएँ। ती सिँगानवालीसँग कुरा गर्न पनि। चिसोको समय गाउँमा कुइरो लागेको थियो। चिया पिएपछि म गाउँतिर निस्किएँ।
गाउँमा मानिसहरू आ-आफ्नो काममा व्यस्त थिए। कोही गोरुलाई घाँस कुडो गर्दे थिए। कोही हलो कुटो मिलाउँदै थिए। गाउँमा बंगुरहरु खोरभित्र कराउँदै थिए। नारीहरू तिनलाई दानापानी दिदै हुनुहुन्थ्यो।
बिहानी ढल्किदै गयो। सूर्यको किरणले कुइरो विस्तारै हट्दै गयो। यतिबेला म सिँगान वालीको घरमा थिएँ। उनको वास्तविक नाम अन्तरा रहेछ। घाँस काट्न जाँदा दुई रुखको बीचमा बसेर उनलाई आमाले जन्म दिनु भएको रहेछ। अनि उनको नाम अन्तरा भएको रहेछ। दुई रुखको अन्तरमा जन्मिएकी हुँदा।
आजभोलि मेरो जीवन हालोकुटो, कोदालोसँग खुब रमाइलोसँग चलेको छ। बिहान पाँच बजे उठ्छु। गाउँमा सानो निःशुल्क कक्षा संचलन पनि गरेको छु। दिउँसो त म आफै एक घण्टा पैदल यात्रा गरी पढ्न जान्छु। मलाई थाहा थियो। जबसम्म गाउँमा शिक्षाको उल्यालो आउँदैन, परिवर्तन सम्भव छैन्।
मेरो मस्तिष्कमा नयाँ-नयाँ विचार पनि आउँदै थियो। उमेर पनि बढ्दै गएकोले होला। एकदिन हामी तल्लो गाउँबासी सबै जम्मा भएका थियौं। अन्तरा पनि अब अलि बुझ्ने भएकी थिइन्। उनका कुरा सबै जानाले सुन्ने गर्थे। म उनलाई राम्रोसँग सिकाएको थिएँ।
सोही कुरा अन्तरा भन्न लागिन् 'आमा-बाबा, दाजुभाइ, दिदीबहिनी अब हामी माथिको गाउँको दास भएर कतिसम्म बस्ने? हामी आफूलाई कहिलेसम्म दासी बनाउने? हामी अब यो गाउँलाई दास मुक्त पार्न सकिन्छ। यसको लागि हामी अबदेखि माथिल्लो गाउँमा हलो जुवा बोकेर जाने छेनौं। यही आफ्नो गाउँमा पसिना बगाउँदै काम गर्नेछौँ।'
गाउँलेहरू एकआपसमा मुख हेराहेर गरे। यस्तैमा म बोलेँ, 'हजुरहरू चिन्ता नलिनु, हामी सबै मिली उन्नत खेती गर्न सकिन्छ। त्यसको लागि हाम्रो हाम्रो जमिन पनि त छ नि। यसमा सबै मिली काम गर्ने हो भने हामीलाई एक वर्ष खान केही गाह्रो पर्दैन्, हजुरहरुलाई पनि अरूको गाउँमा सिर झुकाउन जान पर्दैन्। दाइले सहरबाट उन्नत बीउहरू पठाउँछु भन्नु भएको छ।'
मेरो कुरा मान्न सबै तयार भए। हाम्रो बाजो जमिन पनि काम आउने भयो। अब यो गाउँलाई एकपल्ट पत्रपत्रिकहरूमा लेख लेखेर चर्चामा ल्याउन पाए हुन्थ्यो, भन्ने सोच मनमा आएको थियो।
आज हाम्रो विद्यालयको वार्षिक उत्सव थियो। तामझाम नभएपनि सहरबाट केही पत्रकार आउनु भएको थियो। मैले उहाँहरुलाई अनुरोध गरेँ, आफ्नो ठाउँमा आएर लेख्दिनको लागि। ठूला मानिएका पत्रकारहरु जान नमाने पनि, स-साना पत्रिकाका पत्रकार लिएर गएँ वार्षिक उत्सव सकिएपछि।
पत्रकारहरुलाई हामी सक्दो सत्कार पनि गरियो। उहाँहरू पनि हाम्रो गाउँको दुःखको कथाबेथा लेखेर लानु भयो। हामी सबै खुसी थियौं। गाउँमा धेरै सुधार आएको थियो।
हाम्रो गाउँको बारेमा जब पत्रिकामा लेख आयो। मुखिया बाको गाउँमा हल्लाखल्ला मच्चियो। एक त तलका मानिस दासी बन्न छोडी सकेका थिए। मुखियाको हैकम कम् हुँदै गएको थियो। अब अन्तरालाई सहरमा पढ्ने अवसर मिलेको थियो पत्रकारले गाउँको बारेमा लेख लेख्दिएपछि।
म भने बाह्र पास गरेपछि सहर पढ्न जान पर्ने हुँदा पढाइ छोडी सकेको थिएँ। कतिले मलाई गाली पनि गरेका थिए, मैले गाँउ जो रोजेँ। सहरमा गएर आफूलाई हराउन चाहिनँ। म गाउँलाई हराभरा भएको हेर्न चाहेँ। राम्रो पनि हुँदै गएको थियो। देशमा पनि परिवर्तन आउँदै थियो। तुलनात्मक रुपमा मुखियाको गाउँभन्दा हाम्रो गाउँमा खुसी धेरै थियो। हामी गाउँमा बंगुरपालानदेखि लिएर जेमा आम्दानी हुन्छ कोशिश गरेका थियौं।
यसरी दिन बित्दै थिए सहरमा पढ्न गएकी अन्तरा पनि गाउँ फर्किसकेकाले गाउँलेहरू छोरी पढेको देख्दा खुसीको सीमा थिएन। सबैको सहयोगले हामी तल्लो गाउँबासी खुसी थियौं।
केही समयपछि हाम्रो गाउँमा मुखियाको छोरा झर्दै गरेको हामी सबैले देख्यौँ। उनी पनि सहरमा पढाइ सकेर आएका थिए। उनी नै आउने दिनमा माथिल्लो गाउँका मुखिया पनि थिए। उनलाई देखेर अन्तरा अलमल परिन्। उनी अब के बोल्ने भनेर मेसो नपाए झैँ गरिन्। मुखियाको छोरा पनि गाउँ घुमि गफगाफ गरी घरतिर लागे।
त्यो दिनदेखि अन्तरा अलि उदास भएको देखिन्थ्यो। मलाई पनि अचम्म लागेको थियो, किन अन्तरा उदास छन् भनेर। हामी बारीमा तरकारीमा घुम्दै थियौँ।
‘बहिनी अन्तरा के भो तिम्लाई? उदास छौ त,’ मैले सोधेँ। समय जो बताउला के भयो भनेर। बाँकी कुरा सोध्नभन्दा पहिला अरु पनि आउनु भयो। हामी बीचमा रोकियौं।
हामीलाई एकदिन माथि गाउँमा बोलाइयो। किन हो राम्रोसँग थाहा पनि थिएन्। जब हामी मुखियाको गाउँमा पुगियो, हामीलाई बस्ने ठाउँ र माथिको गाउँले बस्ने ठाउँ अलग/अलग थियो। हामी पनि गुपचुप योजना बनाएका थियौं। आवश्यक परे बोल्न्नको लागि।
यसपालि भने मुखिया बाको अनुहार पहिला जस्तो हँसिलो थिएन्। मनमा केही लुकाएको जस्तो थियो। उनका छोरा पनि सँगै थिए। सबैजना जम्मा भएपछि मुखिया बा बोल्न थाल्नु भयो।
‘मेरो छोरालाई तल्ला गाउँकी अन्तराले सहरमा फसाएकी रहिछ। मेरो छोरो उसलाई अन्जानमा माया गर्न पुगेछ। यसको सजाय अन्तराले पाउनु पर्छ।’
सबै गाउँले जिब्रो निकालेर अचम्मित भए। म भने मनमनै खुसी भएँ। म अन्तरा नजिक थिएँ। उनलाई नआत्तिन भनेँ। मुखियाको छोरा भने अलि चिन्तित देखिएका थिए।
अब मेरो अनि पूरा गाउँको मौका आएको म बुझी रहेको थिए। मुखिया बा सजाय के दिने भन्दै हुनुहुन्थ्यो। बीचमा केही बोल्ने विचार गरेँ।
मुखिया बा, हजुरको छोरा बच्चा हो र? अनि अर्कोको कुरा मायामा जातभात पनि त हुँदैन। माया त माया हो।’
सबैजना हाँसे, मुखिया बा रातोपिरो हुनुभयो।
‘ए! फेरि त बोल्न थलिस्, बच्पनमा के भएको थियो? धेरै नकारा फेरि गाउँ जो छोडेर डाँडो काट्नु पर्ला।’ मुखिया बा म माथि रिस पोख्नु भयो।
मैले फेरि थपेँ, 'मुखिया बा, म त हलो समाउँदा गाउँबाट तल गाउँतिर झर्न परेको थियो। अहिले त हुजुरको छोराले त तल्लो गाउँकी छोरीको हात नै समाएका छन्, माया रूपी भावनामा।’
'त्यसो भनेर हुन्छ, अन्जान भएर गरेको कुरालाई माफ गर्न सकिन्छ। मेरी आमालाई के भयो कुन्नि? मेरो छोरो नि अन्जान थियो त्यतिबेला मुखिया बा। कि तपाईको छोरोलाई तलको बस्तीमा पठाउनु, होइन भने यो तलमाथि तगारो हटाउनु,’ आमाको जोसदेखि हामी सबै अचम्मित भयौँ।
यहाँको अवस्था अलि गम्भीर बन्दै थियो। गाउँलेहरू परिवर्तन चाहन्थे। मुखिया बा पुनारो तानाशाही प्रवृत्ति चाहनु हुन्थ्यो। सबै गाउँले चुप बस्ने अवस्थामा थिएनन्। यो पनि मुखियालाई थाहा थियो। उहाँको पनि पहिला र अहिलेमा धेरै परिवर्तन भएको थियो, बोलीमा।
अनि छोराको दबाब पनि।
मुखिया बाका छोरा बोल्न चाहेका थिए। मुखिया भने नबोल्न इशारा गर्दै हुनुहुन्थ्यो। बुवा छोड्नु, अब कतिसम्म यो जातपात गरी बस्ने। काटे रगत एउटै छ। हामी नेपाली नै त हौ नि। मुखियाको छोराको बोलेपछि उहाँ झन् आत्तिनु भयो। गाउँलेहरू पनि सिर ठाडो गरी मुखिया बालाई हर्दै थिए।
अनि छोरा पनि बद्लिएपछि उहाँको केही चल्ने अवस्था थिएन्। यस कुराको ख्याल गरी होला, मुखिया बा त जानेको गर भन्दै जानु भयो। हामी उहाँको त्यो अवस्थालाई मौन रुपमा आफ्नो गल्ती मानेको बुझियो।
अब तल्लो गाउँ माथिल्लो गाउँ भन्ने शब्द हराएर हाम्रो गाउँ भन्ने शब्दको उदयमान भएको थियो। सहरका ठूला पत्रिकामा पनि आजभोलि हाम्रो गाउँको कथाबेथा हेडलाइनमा लेख्ने गर्छन्। म, आमा दाजु, बाबा, अन्तरा अनि मुखिया बाको छोरा मिली हाम्रो घरको भोटे ताल्चा खोलियो। जो मेरो बच्चपनको विद्रोहले गर्दा लागेको थियो।
गाउँभरि खुसियाली छायो। म आफू सहर गएर राम्रो शिक्षा नलिएर, आफू टुकिमुनिको अँध्यारोमा भएपनि गाउँलाई भने उज्यालो बनाउन सफल भएँ। यसैमा म अति सन्तुष्ट र हर्षित पनि छु।
यो पनिः
बच्पनको विद्रोह