लम्पसार परेका सपनाहरू माझ
चाहना अनि आशाहरू
यसरी भनूँ कि
उनी बाटो हराएको बटुवा जस्तै
विश्मृतमा रहेका हरेक शब्दलाई खोज्दै
विचित्रको संसार बीच
आज खोज्दै छन् उनी एउटा देश,
जहाँ,
'चन्द्रबत्ती' को अँध्यारोमा जन्मिए उनका हजुरबुवा
जसले
महेन्द्रको 'कु' सँगै बिताए अर्को एक युग
पंचायती व्यवस्थाको साक्षी बने उनका पिता
जो,
प्रजातन्त्रको लडाइमा सरिक भए
उनी,
जो,
गणतन्त्रको आगमनसँगै हुर्किए
जहाँ बाडियो सुन्दर, शान्त अनि सबल देशको सपना
जहाँ सुनाइयो मिठा मिठा रूमानी गाथाहरू,
तर,
उनै आज
त्रसित छन्, भविष्यसँग
अस्पष्ट छन, वर्तमानसँग
रुष्ठ छन्, राजनैतिक तह, तपक्का अनि प्रणालीसँग
र पनि
झिनो आशा माझ
कुहिरोको काग झैँ
खोज्दैछन्
एउटा देश
देश नेपाल।