ऊ तिम्रो छिमेकको मियो
तिमी आउने आशमा
घिट्केसोलाई थमाउँदै थियो
वर्षौं भोको पेटले कुर्दा
आखिर
महाप्रस्थानमै होमिनुपर्यो
तिमी आउने साइत नजुर्दा
तिम्रो दरबारकै रैतिले
खोजेका थिए साथ
हराउँदा देशको माथ
अझै पनि आशको
त्यान्द्रोलाई पछ्याउँदै
बसेकी छिन् फार्ने
भरोषामा रात
अहिले,
जनता इन्तु न चिन्तु बनेका छन्
चित्कार सुनिन्छन् यत्रतत्र सर्वत्र
गुहार गुहार बचाउ भनेका छन्
आफैं पुरिन हो या जनता पुर्न
नेताहरू भने खाडल खनेका छन्
यौनपिपासु गिद्धहरूले
लुछिरहँदा चेलीहरूको गाथ
कुर्सीको आशमा बस्यौ
मिलाई हातमा हात
चेलीको माइतीघर दुख्दा
सिंहदरबार छेउको माइतीघर टाढा भो
आफ्नो स्वार्थको लागि
दुश्मनसँगको सम्बन्ध नि गाढा भो
नेता भन्छन्,
चीर निद्रामा रहने मन थियो
के गर्ने भागबण्डाले ब्युँझाइदियो
साँच्ची हामी त्यतिबेला कहाँ थियौ?
अहिले हामी यहाँ छौ
बल्ल थाहा पाइयो र पो
हजुरहरूलाई सूचना दियौं