नियति
यो त जीवनको नियति हो
मेरी आमाले भन्नुभयो
जब उहाँले मायाले अंगाल्नु भयो तब म रोएँ
तिमीले प्रत्येक वर्ष फूलबारीमा रोपेका
ती फूलहरु बारे सोच
तिनीहरुले तिमीलाई सिकाउँनेछन् कि
जरुर ओइलाउनु
ठल्नु
उठ्नु
र अग्लिनु पर्छ
फर्कनको लागि।
क्रोध
तिमी ठिक तिम्री आमाजस्तै देखिन्छेऊ
मलाई लाग्छ मसँग उहाँको नरमपन पनि छ
दुवैका आँखा उस्तै छन्
किनकी हामी दुवै थाकेका छौँ
अनि हातहरु
हामी दुवैसँग उस्तै कडा रुखा औँलाहरु छन्
तर तिम्री आमासँग तिम्रोजस्तो क्रोध छैन
तिम्ले ठिक भन्यौ
यो मात्र एउटा यस्तो चिज हो
मैले मेरो पिताबाट पाएको।
निडर
केले बनायो उनलाई यति निडर
यो त होइन, उनीसँग डर नै छैन
वा योभन्दा धेरै पर
उनीसँग डर छ
र उनीसँग डरलाई अंगाल्ने शाहस छ।
आफ्नो
जान देऊ
छोडिदेऊ
हुनदेऊ
यो संसारमा
केही छैन त्यस्तो
जुन तिम्रै हो
मात्र तिम्रो लागि बनको
बस्
मात्र आफ्नो त आफू मात्र हो।