सधैं हरियाली सुन्दर निर मानहुँकोट
मादी सेती बुल्दी संगम शिर मानहुँकोट
चारै दिशा मनै हर्ने हरियाली रन वन
व्यास गुफा मठ मन्दिर शिव पञ्चायन
नमूना सहर दमौली बजार हेर्दा अति राम्रो
नेपालको मध्यभाग पहिचान हाम्रो
दमौली छेउमै पश्चिम तिर मानहुँ कोट
मादी सेती बुल्दी संगम शिर मानहुँकोट
कलेस्ती र छाब्दी साँगे विशाल ती फाँट
जहाँ गए नि देखिनु मनको आँखाबाट
एकतामा बाँधिएर भाषा धर्म जाति
सबै मिली उठाउँनुछ तनहुँलाई माथि
उस्तै सुन्दर दक्षिणमा काहुँको त्यो कोट
मादी सेती बुल्दी संगम शिर मानहुँकोट