ती मडारिएका काला बादल मेघ बनेर बर्सेको हेर्न मन छ
छिया छिया भएको यो मुटु
ज्वालामुखीको त्यो राप झै बिस्फोटन भएर
दन्केको हेर्न मन छ।
मुटु भित्र तड्पिएर बसेका ती अदृश्य घाउहरुलाई
आगोको तापमा राखेर जलेको हेर्न मन छ।
धेरै धेरै शहनशीलताको परीक्षा दिए धुजा धुजा
बनाएर ती कापीलाई च्यात्न मन छ।
विश्वासको पछेउरीमा लुकेर धैर्यको काधमा
लुक्ने कोसिस गरेँ
छुरा चलाउनेलाई चकनाचुर बनाउने मन छ।
साँच्चिकै शितल र शान्त त्यो पवनलाई आधीबेरीमा
परिवर्तन गर्न मन छ।
निर्मल र शान्त गंगालाई किन-किन तुफानमा परिणत
भएको देख्न मन छ।
थाहा छैन किन किन मलाई पनि शिवलाई झैँ
गरेर त्यो विष पिउन मन छ।
अनि पागल झै चिच्याउदै कराउदै बिना गन्तव्यको यात्रामा
निस्कन मन छ, किन किन किन!