छिमेकी आयो
स्वार्थको भकारी बोकी
विस्तारवाद र अधिनायकवादको सिंहमा चढेर
मिठो बोल्यो
अनि धावा बोल्यो हाम्रो देशमा
हाम्रो स्वाभिमानमा
हाम्रो राष्ट्रियतामा
हाम्रो अटल र अडिग शिरमा
केही उत्पाद
केही विश्वासघात सहित।
ऊ हाम्रो जमिन काटी
आफूतिर जोड्दै छ
निर्लज्ज भई
भन्दै छ- बुद्ध मेरै हो
लुछ्दै छ
शक्ति र दम्भको आडमा
हाम्रो स्वर्णिम गाथालाई
चक्रब्यूहमा पार्दैछ चन्द्रसूर्यलाई
हामीलाई थाहा छ
ऊ प्रत्येक पल
हाम्रो नझुकेको शिर
झुकाउन उद्दत छ
पुर्खाको रगत
मेटाउन तल्लीन छ।
ऊ नचाउछ आफ्नो तालमा
हाम्रा केही भाइ भारद्वाजलाई
मदारीले डमरुको तालमा
बाँदरलाई नचाए जसरी
अनि फसाउँछ पासोमा
र लगाउछ आगो
हाम्रो सुन्दर बगैँचामा।
प्रिय साथी
त्यसैले
स्वाधीनताका लागि
अब उठ्नु छ र जुट्नु छ
देखाउनु छ खुकुरीको धार
भाच्नु छ दुष्ट छिमेकीको
दानवरुपि नङग्रा
फहराउनुछ चन्द्रसूर्य
सगरमाथाको शिरमा
अनि इतिहासको पन्नामा
लेख्नु छ नयाँ गाथा वीर गोर्खालीको।