कविता
यो साल खत्तम भो नि, कोरोनाले गर्दा।
देशको अर्थतन्त्र डामाडोल भो नि, कोरोनाले गर्दा।
गरिब दरिद्रता झन् झन् बढ्यो नि, कोरोनाले गर्दा।
व्यापार अनि व्यवसाय चौपट भो नि, कोरोनाले गर्दा।
महंगी, कालाबजारी अचाक्ली बढ्यो नि, कोरोनाले गर्दा।
मालसामान सबैको अभाव भो नि, कोरोनाले गर्दा।
साथीभाइहरुसँग भेट्घाट नभएको पनि धैरै भो नि, कोरोनाले गर्दा।
घुमघाम, पिकनिक नगएको पनि धैरै भो नि, कोरोनाले गर्दा।
स्कुल, कलेज नखोलेको पनि धैरै भो नि, कोरोनाले गर्दा।
अब त बहाना धैरै भो नि कोरोनाको।
खै त जनतालाई कोरोना विरुद्धको खोप लगाउन सुरु भएको?
खै त सडक बजारमा भीडभाड कम हुन सकेको?
खै त हामीले आफ्नो बानिमा सुधार गर्न सकेको?
के पहिला महंगाइ थिएन र?
के पहिला सरसामान सस्तो थियो र?
के पहिला मालसामानहरुको अभाव थिएन र?
के पहिले देशको अर्थतन्त्रमा सुघार आएको थियो त?
अब त बहाना धैरै भो नि कोरोनाको।
बहाना धैरै नबनाऊ अब कोरोनाको।
आशा गरौँ, अब आउने सालमा हुन्छ सब ठिक ठाक।