आसेपासेले सत्तरी करोड माग्यो
तिम्ले काखमै राखेर बचायौ
नाटकै भो।
देशको सम्पत्ति ओम्नी र यतिलाई सुम्पियौ
तिमी हेलिकप्टरमा केक बोकेर कुद्न थाल्यौ
नाटकै भो।
यात्रु नपाएर रिक्सा थन्केको बेला रेल ल्यायौ
त्रिपाल ओढाएर अलपत्र पार्यौ
नाटकै भो।
कोरोनाले विश्व रोइरहेको बेला अध्यादेश ल्यायौ
दुनियाँको गाली खायौ
नाटकै भो।
दुईतिहाई भन्दै जनताले आशा गरेको बेला
झ्याप्प आफ्नै खुट्टामा बन्चरो हान्यौ
नाटकै भो।
हो कमरेड! नाटकै हो
जनताको आँखामा छारो हाल्ने
कम्युनिस्टहरुको नाटकै भो।