सक्छौं भने आउ किन्न लिलामीमा छ,
मेरो देशको सरकार।
मान या नमान, अतिथिको सलामीमा छ
मेरो देशको सरकार।
हामी साराको सपनालाई कफनले ढाकेर
चिहान भित्रको मलामीमा छ,
मेरो देशको सरकार।
मूर्ख हौं हामी अझै आशा बोकेर बस्ने मुर्दामा,
हाम्रो आस्था र भरोसा जलेको खरानीमा छ,
मेरो देशको सरकार।
गिर्छन् गिराउछन् अझै कति बुझ,
जनता बेच्ने चलानीमा छ,
मेरो देशको सरकार।
हजुर हामी त सीमांकनभित्रको नाम मात्र हो,
बेच्ने बेचाउने खेलभित्रको दलालीमा छ,
मेरो देशको सरकार।
आफैलाई सुम्पेर सपना किन्ने राहदानीमा छ
मेरो देशको सरकार।
उहीँ एअरपोर्टबाट भित्रने काठको बाकसको
कहानीमा छ,
मेरो देशको सरकार।
सक्छौं भने आउ किन्न लिलामीमा छ,
मेरो देशको सरकार।
मान या नमानअतिथिको सलामीमा छ,
मेरो देशको सरकार।