यी रंगीचंगी पातहरु हेर्छु
हरेक याममा अनेक रुप फेर्छन्
झर्दा नि सुन्दर , फक्रिदा झन् सुन्दर
भुईभरि पहेंला रंगहरु लतपतिदा
लाग्छ यी झर्ने पातहरुले जिउन जानेका छन्
त्यहीं रंगहरु हेरेर म घोत्लिएर सोच्छु
किन पातजस्तै बन्न सकिन्न होला म ?
शान्त तलाऊबाट सुन्छु
किन कि, तिमी मान्छे हौ !
मान्छे स्वार्थको गन्ध बोकी हिँड्छ
अनि मान्छेकै आलो रगतले खेल्छ
रगतको रंग रातै भए नि सुन्दर हुन्न
र त ,
मान्छे पातजस्तै सुन्दर हुन्न , बुझ्यौ ?